देश कता जादैछ भन्ने, शिक्षकले दिने शिक्षामा निर्भर हुन्छः मन्त्री पोखरेल
देशको विकासका लागि प्राविधिक जनशक्ति उत्पादनमा जोड
काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकलाई बनाउने जिम्मा शिक्षकको हातमा नै रहेको बताएका छन्।
माध्यामिक विद्यालय शिक्षक युनियन (हिस्टान)को आज राष्ट्रिय एकता महाधिवेशनको उद्घाटन गर्दै उनले शिक्षाले नै मुलुकलाई कता जान्छ भन्ने रहेकाले शिक्षकले दिने शिक्षाले मुलुकलाई डोर्याउने बताए।
‘देश कता जान्छ भन्ने शिक्षाले नै निर्धारित गर्दछ, शिक्षा कस्तो दिने भन्ने शिक्षकको हातमा हुन्छ’, उनले भने, ‘जुन मुलुकमा विकासमा कायापलट भएको छ, त्यहाँ शिक्षकले राम्रो शिक्षा दिएका कारणले भएको छ, हाम्रो देशमा पनि शिक्षकले गुणस्तरीय शिक्षा दिएर मुलुकको समृद्धिका लागि भूमिका खेल्नुपर्दछ।
‘ उनले एउटा शिक्षक शिक्षाका लागि मात्र शिक्षक भएकाले त्यो शिक्षकले शिक्षा सुर्धान मात्र आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने बताए। उनले शिक्षामा मात्रात्मक विकास भएकाले अब गुणात्मक शिक्षा प्रदान गर्न शिक्षकलाई आग्रह गरे।’गुणात्मक शिक्षालाई केन्द्रविन्दुमा राखेर काम गर्नुहोस्, गुणात्मक शिक्षा दिएर शिक्षाको गुणस्तर शिक्षकले बढाउनुपर्दछ’, उनले भने।
मन्त्री पोखरेलले भर्खरै अस्थायी शिक्षकको समस्या समाधान गरेकाले अब द्वन्द्वपीडित शिक्षकका माग समाधान गर्न सरकार लागिपरेको समेत जानकारी दिए। शिक्षकको पक्षमा सरकार सधैँ रहेकाले शिक्षकका समस्या आपसी छलफलबाट समाधान गर्ने उनको भनाइ थियो। मन्त्री पोखरेलले भर्खरै ल्याइएको शिक्षानीतिका आधारका उच्च शिक्षा ऐन, सङ्घीय शिक्षा ऐन र प्राविधिक ऐन ल्याउन थालेको समेत बताए। उनले शिक्षकका धेरै सङ्गठन भएकाले सरकारलाई काम गर्न समस्या परेकाले एउटै छाता सङ्गठन बनाउनसमेत आग्रह गरे।
नेपाली कांग्रेसका नेता डा रामशरण महतले मुलुकमा शिक्षा र स्वास्थ्यमा प्रगति भएको भन्दै बजारले माग गर्ने खालका प्राविधिक जनशक्ति उत्पादन गर्नुपर्ने बताए। उनले शिक्षाको गुणस्तर उठाउनका लागि सरकार, शिक्षक र व्यवस्थापन मिलेर काम गर्नुपर्नेमा जोड दिए। हिस्टानका निवर्तमान अध्यक्ष दीपकराज सुवेदी र नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले सबै शिक्षक सङ्गठन गोलबन्द हुनुपर्ने भन्दै शिक्षकका समस्या राज्यले सम्बोधन गर्नुपर्ने बताए।
कार्यक्रममा शिक्षक आन्दोलनमा सहयोग पुर्याएको भन्दै कांग्रेसका नेता महत, पूर्वशिक्षामन्त्री स्वर्गीय धनीराम पौडेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, हिस्टानका पूर्वअध्यक्ष डिल्ली सिग्देल र दीपकराज सुवेदीलाई सम्मान गरिएको थियो।
माध्यामिक विद्यालय शिक्षक युनियन, नेपाल र नेपाल सामुदायिक उच्च माध्यामिक शिक्षक युनियनबीच एकता भएको हो। हिस्टानका अध्यक्ष पुष्पप्रसाद न्यौपानेले एउटै मुद्दा भएकाले दुई शिक्षक सङ्गठनलाई एक बनाइएको जानकारी दिए। उनका अनुसार आजको एकता महाधिवेशनले ११५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...
-
म्याद सकिएका औषधि व्यवस्थापनमा अनियमितता, फार्मेसी अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरको फार्मेसी युनिटका फार्मेसी अधिकृत दिपा ढुङ्गानासहित आठ जनाविरुद्ध दुई करोड ९१ लाख ३४...












