सुनचाँदी व्यवसाय अर्थतन्त्रको बलियो आधार
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुुर शाहीले सुनचाँदी व्यवसायलाई अर्थतन्त्रमा बलियो बनाउनेतर्फ सरकार लागिपरेको बताएका छन् । शनिबार ललितपुरको गोदावरीमा आयोजित नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च तेस्रो साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले सो कुरा बताएका हुन् ।
‘नेपालको अर्थतन्त्रलाई बलियो बनाउनका लागि हामीले कुन साधनको रूपमा लिने, कसरी उपयोग गर्ने, उत्पादनबाट फाइदा लिने यी सबैलाई मध्यनजर गरेर यसको सही व्यवस्थापनका लागि सरकार अगाडि बढेको छ, शाहीले भने, ‘सरकारको तर्फबाट गरिने कानुनी व्यवसथापन र व्यवसायीक वातावरण बनाउन पनि लागिपरेको छ ।’
कार्यक्रममा नेपाल रत्न आभुषण महासंघका अध्यक्ष सुनचाँदीस्पष्ट नीति नहुँदा व्यवसायमामा समस्या परेको बताउँदै नेपाली मौलिक गरगहना विश्वबजारमा पु¥याउनुपर्ने बताए । ‘२ अर्व डलरको मौलिक गरगहनाको बजार छ । यसलाई विश्वबजारमा पुर¥याउनुपर्छ ।
मौलिक गहना बनाउने कालिगढको अभाव रहेको भन्दै अध्यक्ष महर्जनले उनीहरूले दोस्रो पुस्तालाई मालिक गहना बनाउन सिकाउनुपर्ने बताए ।
नेपाल सुनभचाँदी व्यवसायी मञ्चका अध्यक्ष गणेशप्रसाद लकान्द्रीले सुनचाँदी व्यवसायमा देखिएको चुनौतीमा सबैले हातेमालो गरेर समाधान गर्नुपर्ने बताए । ‘व्यवसायमा धेरै चुनौती छ । सबै मिलेर समस्या समाधान गर्नुपर्छ ।’
लकान्द्रीले व्यवसायीले बिनागल्ती झुटो मुद्दा खेप्नुपरेको बताए । कच्चा पदार्थको अभाव, नेपाल राष्ट्र बैंकको सूचिमा सुनचाँदी व्यवसायीको नाम उल्लेख नहुने लगायतले अझै कष्ट खेप्नुपरेको उनले बताए । भने, ‘स्थापनाकालदेखि नै व्यवसायीहरुका समस्या र तिनको सहज समाधानका लागि क्रियाशील रहँदै आएको मञ्चले व्यवसायमा आवश्यक कच्चा पदार्थको सहज उपलब्धताको अभाव झेल्नु परेको छ । मञ्च गतवर्षको तुलनामा सहजताका साथ अगाडि बढेको पनि अध्यक्ष लकान्द्रीले बताए ।
मञ्चका महासचिव खेम तिरुवाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक कार्य प्रगतिको प्रतिवेदन प्रस्तुत गरे । व्यवसाय सञ्चालकहरूले माग अनुसारको वैधानिक निकायबाट सर्वसुलभ रूपमा आवश्यक कच्चा पदार्थ प्राप्त गर्नुपर्छ भन्ने विषयमा मञ्चले निरन्तर माग गर्दे आएको जानकारी दिए ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












