सुनचाँदी व्यवसाय अर्थतन्त्रको बलियो आधार
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुुर शाहीले सुनचाँदी व्यवसायलाई अर्थतन्त्रमा बलियो बनाउनेतर्फ सरकार लागिपरेको बताएका छन् । शनिबार ललितपुरको गोदावरीमा आयोजित नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च तेस्रो साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले सो कुरा बताएका हुन् ।
‘नेपालको अर्थतन्त्रलाई बलियो बनाउनका लागि हामीले कुन साधनको रूपमा लिने, कसरी उपयोग गर्ने, उत्पादनबाट फाइदा लिने यी सबैलाई मध्यनजर गरेर यसको सही व्यवस्थापनका लागि सरकार अगाडि बढेको छ, शाहीले भने, ‘सरकारको तर्फबाट गरिने कानुनी व्यवसथापन र व्यवसायीक वातावरण बनाउन पनि लागिपरेको छ ।’
कार्यक्रममा नेपाल रत्न आभुषण महासंघका अध्यक्ष सुनचाँदीस्पष्ट नीति नहुँदा व्यवसायमामा समस्या परेको बताउँदै नेपाली मौलिक गरगहना विश्वबजारमा पु¥याउनुपर्ने बताए । ‘२ अर्व डलरको मौलिक गरगहनाको बजार छ । यसलाई विश्वबजारमा पुर¥याउनुपर्छ ।
मौलिक गहना बनाउने कालिगढको अभाव रहेको भन्दै अध्यक्ष महर्जनले उनीहरूले दोस्रो पुस्तालाई मालिक गहना बनाउन सिकाउनुपर्ने बताए ।
नेपाल सुनभचाँदी व्यवसायी मञ्चका अध्यक्ष गणेशप्रसाद लकान्द्रीले सुनचाँदी व्यवसायमा देखिएको चुनौतीमा सबैले हातेमालो गरेर समाधान गर्नुपर्ने बताए । ‘व्यवसायमा धेरै चुनौती छ । सबै मिलेर समस्या समाधान गर्नुपर्छ ।’
लकान्द्रीले व्यवसायीले बिनागल्ती झुटो मुद्दा खेप्नुपरेको बताए । कच्चा पदार्थको अभाव, नेपाल राष्ट्र बैंकको सूचिमा सुनचाँदी व्यवसायीको नाम उल्लेख नहुने लगायतले अझै कष्ट खेप्नुपरेको उनले बताए । भने, ‘स्थापनाकालदेखि नै व्यवसायीहरुका समस्या र तिनको सहज समाधानका लागि क्रियाशील रहँदै आएको मञ्चले व्यवसायमा आवश्यक कच्चा पदार्थको सहज उपलब्धताको अभाव झेल्नु परेको छ । मञ्च गतवर्षको तुलनामा सहजताका साथ अगाडि बढेको पनि अध्यक्ष लकान्द्रीले बताए ।
मञ्चका महासचिव खेम तिरुवाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक कार्य प्रगतिको प्रतिवेदन प्रस्तुत गरे । व्यवसाय सञ्चालकहरूले माग अनुसारको वैधानिक निकायबाट सर्वसुलभ रूपमा आवश्यक कच्चा पदार्थ प्राप्त गर्नुपर्छ भन्ने विषयमा मञ्चले निरन्तर माग गर्दे आएको जानकारी दिए ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












