सरकारले माग सम्बोधन नगरे, आइतबारदेखि अनलाइन कक्षा बन्द गर्ने प्याब्सनको चेतावनी
सरकारको निर्देशन विपरीत शुल्क नउठाउन प्याब्सनको निजी विद्यालयलाई आग्रह
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)ले सरकारको निर्देशन विपरीत शुल्क उठाउन थालेका बेला प्याब्सनले यस्तो आग्रह गरेको छ ।
केही विद्यालयहरूले सरकारको निर्देशन विपरीत लुकीछिपी शुल्क नलिन निजी विद्यालयहरूलाई आग्रह गरेको हो ।
प्याब्सन अध्यक्ष टीकाराम पुरी भने ‘हामी विद्यालय सञ्चालकहरू साँच्चै असहज अवस्थामा छौं’, ‘तर शिक्षा मन्त्रालयलाई अवधारणा पत्र बुझाइसकेको अवस्थामा कुनै पनि विद्यालयले चोरबाटोबाट शुल्क नलिन आग्रह गर्दछु ।’
विद्यार्थीलाई पढाएबापत अभिभावकसँग शुल्क उठाउनु विद्यालयको अधिकार नै भएकाले सरकारसँग कुरा गरिसकेपछि शुल्क लिइने पुरी बताउँछन् ।
आइतबारदेखि अनलाइन कक्षा बन्द गर्ने चेतावनी
निजी विद्यालय सञ्चालकहरूले गत बुधबार राहत प्याकेजसहितको प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाएको छ । शुक्रबार साँझसम्म सरकारले आफूहरूको माग पूरा नगरे पठनपाठन ठप्प पार्ने प्याब्सनले चेतावनी दिएको छ ।
‘हाम्रो माग पूरा नभए शनिबार बैठक बसेर आइतबारदेखि सम्पूर्ण अनलाइन कक्षा बन्द गर्ने निर्णय गर्छौं’ प्याब्सन अध्यक्ष पुरी भन्छन् । वैशाखदेखि शिक्षकहरूलाई तलब खुवाउन नसकेको उनको भनाइ छ ।
बैंकको व्याज, किस्ता र भाडा तिर्न नसकिरहेका बेला शुल्क उठाउन नपाउने भएपछि अनलाइन कक्षा सञ्चालन गर्नुको तुक नभएको पुरीको भनाइ छ ।
यो पनि पढ्नुहोसआफूखुसी शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशनचैत होइन वैशाखको शुल्क नलिने
कोभिड–१९ महाकारीका कारण लगाइएको लकडाउनलाई मध्यनजर गरेर सरकारले चैत महिनाका शुल्क मिनाहा गर्न निर्देशन दिएको थियो । प्याब्सनले भने चैतको सट्टा वैशाखको शुल्क मिनाहा गर्ने प्रस्ताव गरेको छ ।
‘चैतको शुल्क लिइसकेकाले फिर्ता गर्नु भन्दा वैशाखको छुट दिन्छौं’ अध्यक्ष पुरी भन्छन्, ‘यो वर्ष ११ महिनाको मात्रै शुल्क लिन्छौं ।’
शिक्षा मन्त्रालयले भने अनलाइन कक्षा, विद्यार्थी भर्ना वा कुनै पनि शीर्षकमा शुल्क नलिन निर्देशन दिएको छ ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वैशाख २९ गतेभित्र एसइई नतिजा प्रकाशन गर्ने बोर्डको तयारी
काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा निर्धारित समयसीमाभित्र सार्वजनिक गर्ने तयारी तीव्र पारेको छ। बोर्डले...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...












