शिक्षा मन्त्रालयले निजी विद्यालयहरूलाई भन्यो – अनलाइन क्लास बन्द नगर्नू
काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयहरूलाई शिक्षण सिकाइ कार्यलाई निरन्तरता दिन आग्रह गरेको छ।
निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन र नेसनल प्याब्सनले अनलाइन क्लास बन्द गरेको मन्त्रालयले विषम परिस्थितिमा सिकाइ सहजीकरण कार्य नरोक्न भनेको हो।
प्याब्सन र नेसनल प्याब्सनले साउन १ गतेदेखि अनलाइन क्लास बन्द गरेका छन्। शिक्षक तथा कर्मचारीलाई बेलतबी बिदा दिएका छन्।
मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले निजी लगानीका विद्यालयहरूले स्थगन गरेका सिकाइ सहजीकरण कार्यलाई निरन्तरता दिन अनुरोध गरेका हुन्।
आइतबार विज्ञप्ति निकालेर प्रवक्ता शर्माले मौद्रिक नीतिमा शिक्षालगायत व्यवसायले लिएको ऋणको साँवा र ब्याज लकडाउनको अवधिमा भुक्तानी गर्न कठिनाइ भएको अवस्थालाई दृष्टिगत गर्दै कर्जा भुक्तानीको म्याद थप र कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्ने व्यवस्था गरिएको पनि उनले बताएका छन्।
निजी लगानीका विद्यालयमा उत्पन्न समस्याका विषयमा मन्त्रालयले सरोकारवालासँग परामर्श गरिरहेको शर्माले उल्लेख गरेका छन्।
निजी विद्यालय सञ्चालकहरूले सरकारले राहतको व्यवस्था तथा सहुलियत दिनुपर्नेलगायत माग राखेका छन्।
‘वैकल्पिक प्रणालीको माध्यमबाट सिकाइ सहजीकरण गर्न विद्यालयले व्यवस्थापकीय प्रबन्धको विषयमा स्थानीय तहको अनुमति लिने भन्ने व्यवस्था जेठ १८ मा मन्त्रालयबाट जारी वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिकाको बुँदा नम्बर १८ ‘झ’ मा उल्लेख रहेको पनि मन्त्रालयको भनाइ छ।
सिकाइ सहजीकरण कार्यक्रम कार्यान्वयनमा कुनै व्यवहारिक समस्या आए शिक्षण संस्थाले सम्बन्धित स्थानीय तहसँग परामर्श गरी निर्देशनअनुसार गर्न सक्ने विषयमा मन्त्रालयबाट यसअघि नै प्रष्ट पारिएको शर्माले बताएका छन्।
Comments
अरु समाचार
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
काठमाडाैं । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार...
-
हिमालय इङ्ग्लिस स्कूलका प्रिन्सिपल खनाल ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ बाट सम्मानित हुँदै
विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित हिमालय इङ्ग्लिस स्कूलका संस्थापक प्रिन्सिपल कमल खनालले इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५ प्राप्त गर्ने भएका...











