नयाँ नक्सामा गलत तथ्य समेटिएपछि सरकारले पाठयपुस्तक वितरणमा रोक लगाएको होः मन्त्री अर्याल
काठमाडौं। नेपालको नयाँ नक्सा भित्र समेटिएका लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रका बारेमा गलत तथ्य समेटिएपछि सरकारले पाठयपुस्तक वितरणमा रोक लगाएको स्पष्टिकरण दिएको छ।
गत जेठ ३१ गते संविधान संसोधनमार्फत नेपालको निशान छाप पनि संसोधन गरेपछि भारतद्वारा अतिक्रमित भूमीको बारेमा पाठयपुस्तकमा गलत तथ्य र तथ्यांक छापिएपछि पाठयपुस्तक वितरणमा रोक लगाईएको हो।
भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले पाठयपुस्तकमा राखिएका तथ्यांकहरु सच्याएर मात्रै वितरण गरिने जानकारी दिइन्।
“मन्त्रीपरिषदको निर्णय अनुसार प्रकाशित नक्सा र संविधान संशोधनको विषयमा त्यस्तो कुनै गलत नभए पनि पाठयपुस्तक भित्रका केही तथ्यहरु गलत भएको पाईयो,” मन्त्री अर्यालले देखापढीसँग भनिन्, “पाठयपुस्तकमा भएका गलत तथ्यांक र तथ्यहरु सच्याएर मात्रै पुस्तक वितरण गरिने छ।” उनका अनुसार गलत तथ्य र तथ्यांक भएका पुस्तकहरुको पहिचान गर्ने र सच्याएर मात्रै पाठयपुस्तक वितरण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले नयाँ नक्सासहित समेटिएको पुस्तक वितरण गर्न रोक प्रधानमन्त्री ओलीले रोक लगाएको भन्ने विभिन्न खाले टिका–टिप्पणी आईरहेको बेला मन्त्री अर्यालले यस्तो जानकारी दिएकी हुन्।
त्यसो त शिक्षा मन्त्रालयले प्रकाशन गरेका पाठयपुस्तकमा भएका त्रुटि पहिचान गर्न तथा सच्याएर प्रकाशन गर्नका लागि परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, शिक्षामन्त्री पोखरेल र भूमी व्यवस्था मन्त्री अर्याललाई जिम्मेवारी तोकिएको छ।
“पराराष्ट्र मन्त्री, शिक्षामन्त्री र भुमी सुधार मन्त्रीले पाठयपुस्तकमा के के त्रुटी भएको हो ? के के सच्याउनु पर्ने हो ? सो बारेमा सामुहिक छलफल गरी सम्मानीय प्रधानमन्त्रीलाई जानकारी दिनेछौं,” शिक्षामन्त्री पोखरेलले भने, “तीन मन्त्रीले निर्क्योल गरेपछि मात्रै पाठयपुस्तक वितरण हुनेछ, अहिलेलाई भने स्थगित गरेका छौं।” उनका अनुसार त्रुटि पत्ता लगाउन र सच्याउन लागि मन्त्रीत्रयको संयुक्त बैठक बसेर निष्कर्ष निकाल्ने छ।
Comments
अरु समाचार
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
काठमाडाैं । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार...
-
हिमालय इङ्ग्लिस स्कूलका प्रिन्सिपल खनाल ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ बाट सम्मानित हुँदै
विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित हिमालय इङ्ग्लिस स्कूलका संस्थापक प्रिन्सिपल कमल खनालले इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५ प्राप्त गर्ने भएका...
-
जेन–जी आन्दोलनमा उत्तर पुस्तिका जल्याे, पुनःपरीक्षा लिने त्रिबिकाे तयारी !
काठमाडौं । गत भदौ महिनाको २२ र २३ गतेको जेन–जी आन्दोलनमा उत्तर पुस्तिका नष्ट भएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको पुनःपरीक्षा सञ्चालन...
-
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक !
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार...












