कोरोना संक्रमितलाई परीक्षामा रोक्ने लोकसेवाको निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ । कोरोना संक्रमितहरुलाई परीक्षामा वञ्चित गराउन नहुने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
संक्रमित भएमा परीक्षाबाट वञ्चित हुनेगरी लोकसेवा आयोगले जारी गरेको मापदण्डविरुद्ध निवेदन परेको हो ।
अधिवक्ताहरु शैलेन्द्र हरिजन र प्रवीनकुमार यादवले दर्ता गरेको निवेदनमा संक्रमितलाई छुट्टै केन्द्र वा सुरक्षित उपाय गरेर परीक्षामा सामेल हुन पाउने व्यवस्था गर्न माग गरिएको छ । लोकसेवा आयोगलाई विपक्षी बनाई दर्ता गरिएको निवेदनमाथि बिहीवार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ ।
लोकसेवा आयोगले कोरोना संक्रमणको जोखिमका कारण गत चैतमा रोकिएका विभिन्न तहका परीक्षाहरु सुरु गर्न सूचना निकालेको थियो । आगामी कार्तिक १८ गतेदेखि शाखा अधिकृत, नासुका लागि परीक्षा कार्यक्रम तोकिएर सूचना निस्किएको छ ।
परीक्षा सञ्चालनका लागि लोकसेवाले ‘संक्रमणको विशेष अवस्थामा परीक्षा(सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड २०७७’ जारी गरेको थियो । मापदण्डको बुँदा नम्बर ८ मा ‘परीक्षार्थी आफू कोरोना संक्रमण भए/नभएको स्वयंले घोषणा गर्नुपर्ने र संक्रमित भएमा परीक्षा केन्द्रमा प्रवेश गर्न नहुने’ भन्ने व्यवस्था छ ।
त्यही व्यवस्थाका कारणले परीक्षार्थीको हक हनन हुने निवेदनमा दाबी गरिएको छ । ‘उक्त व्यवस्थाको कारणले गर्दा परीक्षार्थीको संविधानप्रदत्त मौलिक हकमा आघात हुने स्पष्ट छ’ निवेदनमा भनिएको छ, ‘यसले नागरिकलाई दोहोरो मार पर्ने भयो । शारिरीक र मानसिक रुपमा लड्नुपर्ने अवस्थाले गर्दा परीक्षामा सहभागी हुन नपाउने भयो भने अर्कोतर्फ अध्ययन र मेहनत खेर जाने भयो ।’
काठमाडौंमा कोरोना संक्रमण फैलिरहेको, सावधानीका बीचमा पनि सजिलै सर्ने भएकाले जो कोही परीक्षार्थी पनि अवसरबाट वञ्चित हुनसक्ने भन्दै निवेदनमा लोकसेवाको मापदण्डका कारण ‘संविधानले प्रदान गरेको समानता र रोजगारीको अधिकारबाट वञ्चित हुने’ दाबी छ ।
संक्रमणका कारण परीक्षा दिन नपाउनेहरु अर्को वर्ष उमेरहदका कारण अवसरबाट वञ्चित हुनसक्ने भन्दै त्यस्तो मापदण्डले कतिपयलाई निकै क्षति हुने दाबी छ । निवेदनमा लोकसेवाको उक्त मापदण्ड खारेजका लागि तत्काल अन्तरिम आदेश जारी हुनुपर्ने माग गरिएको छ । अधिवक्ताद्वयले कोही संक्रमित भएमा उनीहरुलाई छुट्टै परीक्षा केन्द्र तोकेर अनि सुरक्षाका उपाय अपनाएर जाँच दिने व्यवस्था मिलाउन आदेशको माग गरेका छन् ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वैशाख २९ गतेभित्र एसइई नतिजा प्रकाशन गर्ने बोर्डको तयारी
काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा निर्धारित समयसीमाभित्र सार्वजनिक गर्ने तयारी तीव्र पारेको छ। बोर्डले...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...












