गगन थापाको प्रश्न : कक्षा १२ परीक्षा स्थगित, अन्य सञ्चालन गरिनुको आधार के हो ?
काठमाडौँ । पूर्वस्वास्थ्य मन्त्री तथा कांग्रेस सांसद गगन थापाले परीक्षा सञ्चालनमा सरकारले एकरुपता नअपनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
कोरोना संक्रमणको जोखिम रहेको भन्दै कक्षा १२ को परीक्षा स्थगित गर्ने तर अरु परीक्षा भने नरोकिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।
सोमबार उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन ! यसको आधार र तर्क के हो ? यस विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के छ ? प्रधानमन्त्रीज्यू कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्यो ।’
स्वास्थ्य मन्त्रालयको सिफारिसमा शनिबार साउन ३१ गतेदेखि हुने परीक्षा राष्ट्रिय परीक्षा बोर्डले स्थगित गरेको थियो । सीसीएमसीमा सबैभन्दा बढी स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षा स्थगित गराउन जोडबल गरेका थिए ।
त्रिविले भदौ पहिलो सातामा तोकिएका परीक्षा सञ्चालन गर्ने प्रस्ट्याएको छ । स्वास्थ्य मन्त्रालयले भने सबै परीक्षा स्थगित गर्न सुझाव दिएको थियो । परीक्षा बोर्डको बैठकले १२ को परीक्षा स्थगित गर्यो तर ११ को परीक्षाको विषयमा केही बोलेन । विद्यालयहरुमा पनि परीक्षा सञ्चालन भइरहेको छ । बोर्ड बैठकमा शिक्षा सचिव रामप्रसाद थपलियासहित शिक्षा मन्त्रालयका उच्च अधिकारीहरु पनि सहभागी थिए ।
संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य समेत रहेका सांसद थापाले परीक्षाहरु रोकेर राख्न नहुने समेत बताएका छन् । स्वास्थ्य मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले गराउनुपर्ने उनको धारणा छ । उनले परीक्षा स्थगित गरिएको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको समेत ध्यानार्कषण गराएका छन् । स्वास्थ्य मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्न नसके वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गरिनुपर्ने उनको सुझाव छ ।
शिक्षा मन्त्रालयका अधिकारीहरुले परीक्षा स्थगित गर्दा शैक्षिकसत्र नै गुम्ने जोखिम रहेको औंल्याएका छन् । बाहिरको दबाबका कारण परीक्षा स्थगित गर्नुपरेको उनीहरुको भनाइ छ । कोरोना संक्रमणकै कारण बोर्डले विद्यार्थीले पढेकै विद्यालयमा परीक्षा दिन पाउने व्यवस्था मिलाएको थियो । स्थगित परीक्षा १५ दिनको सूचना दिएर पुन: संचालन गरिने जनाइएको छ ।
Comments
अरु समाचार
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
काठमाडाैं । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार...
-
हिमालय इङ्ग्लिस स्कूलका प्रिन्सिपल खनाल ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ बाट सम्मानित हुँदै
विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित हिमालय इङ्ग्लिस स्कूलका संस्थापक प्रिन्सिपल कमल खनालले इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५ प्राप्त गर्ने भएका...
-
जेन–जी आन्दोलनमा उत्तर पुस्तिका जल्याे, पुनःपरीक्षा लिने त्रिबिकाे तयारी !
काठमाडौं । गत भदौ महिनाको २२ र २३ गतेको जेन–जी आन्दोलनमा उत्तर पुस्तिका नष्ट भएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको पुनःपरीक्षा सञ्चालन...
-
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक !
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार...












