एमाले महाधिवेशन: चौतर्फी घेराबन्दी तोड्न सफल होला ?
मुलुकको सबैभन्दा ठूलो पार्टीका रूपमा रहेको एमालेको १०औं महाधिवेशन आज (शुक्रबार) देखि आर्थिक र पर्यटकीय नगरी चितवनको नारायणगढमा सुरु हुँदै छ । यतिखेर आमनागरिकको चासो सो पार्टीको महाधिवेशनमा केन्द्रित छ । विशेषतः यो पार्टीमा आउने नयाँ नेतृत्व र उसले लिने आगामी नीति तथा कार्यक्रमले देश र जनताको भविष्यसमेत निर्धारण गर्ने भएकाले यो महाधिवेशनलाई सर्वत्र चासोका रूपमा हेरिएको छ । यद्यपि, सो पार्टीको गत असोजमा काठमाडांैमा सम्पन्न विधान महाअधिवेशनले पार्टीले लिने नीति तथा कार्यक्रम तय गरे पनि त्यसलाई कार्यान्वयन गर्न आवश्यक पर्ने नयाँ नेतृत्व चयन गर्ने अवसर चितवन महाधिवेशनलाई छ ।
समाजवादतर्फको यात्रा तय गर्ने प्रमुख लक्ष्य लिएको एमालेलाई आफ्नो सो लक्ष्य पूरा गर्न पुनः सरकारमा जानुपर्ने आवश्यकता छ । यसका लागि एमालेले तय गरेको समाजवादको यात्रालाई गन्तव्यमा पु¥याउन सोहीअनुसारको दृढ आत्मविश्वासी नेतृत्व चाहिन्छ । महाधिवेशनले अहिलेको परिस्थितिसँग सजिलैसँग जुध्न सक्ने र एमालेलाई संकटबाट सहजै अवतरण गराई पार्टीलाई पुनः पहिलो नम्बरमा नै राखिरहन सक्ने नेतृत्व चयन गर्नेमा दुई मत छैन ।
तर, एमालेमाथि अहिले चौतर्फी घेराबन्दी छ । सरकारमा रहेका सबै शक्तिहरू पाएसम्म एमालेलाई सखाप पार्ने र आरामपूर्वक अनन्त कालसम्म सरकार चलाउने दाउमा छन् । विशेषगरी एमाले नेतृत्वले लिँदै आएको राष्ट्रियताप्रतिको दृढ अडान तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा जारी भएको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली नक्साका कारण पनि दक्षिणी शक्ति एमाले नेतृत्वसँग रुष्ट छ । यस्तै, पछिल्लो समय एमाले नेतृत्व कहिल्यै पनि अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको ‘एसम्यान’ बनेन, उसको बोलीमा लोली मिलाएन । उल्टो बाह्य शक्तिकेन्द्रहरूसँग आँखामा आँखा जुधाएर बहस पैरवी गर्न सक्ने खुवी एमाले नेतृत्वले देखायो । त्यसैले पनि नेपाललाई आफ्नो वशमा राख्न खोज्ने शक्तिकेन्द्रहरू एमाले नेतृत्वसँग बेखुस हुनु स्वाभाविक छ ।
अहिले एमालेमाथि आन्तरिक तथा बाह्य रूपमा नै चरम घेराबन्दी छ । एमालेको जारी महाधिवेशनपश्चात् ती सबै घेराबन्दीहरूलाई तोड्दै आमनेपाली जनताको मनमनमा राज गर्न सक्नेगरी पार्टीलाई नवीन र सशक्त रूपमा अगाडि बढाउनुपर्ने चुनौती नयाँ नेतृत्वको काँधमा आउनेछ
अहिले एमालेमाथि आन्तरिक तथा बाह्य घेराबन्दी व्यापक छ । एमालेको जारी महाधिवेशनपश्चात् ती सबै घेराबन्दी तोड्दै आमनेपाली जनताको मनमनमा राज गर्न सक्नेगरी पार्टीलाई नवीन र सशक्त रूपमा अगाडि बढाउनुपर्ने चुनौती नयाँ नेतृत्वको काँधमा आउनेछ । एमालेले के कुरा प्रस्ट रूपमा बुझ्न जरुरी छ भने । आमजनताको मन जित्न सकियो भने आन्तरिक तथा बाह्य शक्तिकेन्द्रका सबैखाले घेराबन्दी सहजै परास्त गर्न सकिन्छ । एमालेको जारी महाधिवेशनले यही सन्देश दिन सक्नुपर्छ । प्रस्ट छ, एमालेको १०आंै महाधिवेशनले हालका अध्यक्ष केपी शर्मा ओलीलाई अझै शक्तिशाली अध्यक्षका रूपमा स्थापित गर्नेछ । एमालेको महाधिवेशनको माहोल, नेतृत्वको स्पष्ट कार्यदिशा र आमकार्यकर्तामा पुनरोदय भएको उच्च मनोबलका कारण एमालेले अहिले भोग्दै आइरहेको संकटलाई सहजै अवतरण गर्न सक्ने वातावरण देखिएको छ ।
एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ४१ महिने सरकारको पालामा मुलुकमा विकास र समृद्धिको बहार ल्याउने प्रयत्न नगरेका होइनन् । जनतामा अनगिन्ती आशा र भरोसा पनि जगाएकै हुन् । तर, उनले ल्याउन खोजेका योजना र कार्यक्रम कार्यान्वयन गराउने क्रममा अपनाउनुपर्ने पारदर्शिता र सुशासनमा भने केही कमीकमजोरी भएकै हुन् । यद्यपि, त्यो कमीकमजोरी अक्षम्य किसिमका थिएनन् । सुधार गर्ने खालका थिए । तर, उनले विकास निर्माणमा बसालेका जग तथा उनले राष्ट्रियताप्रति देखाएको अडानलाई उल्टो रूपमा चित्रण गरियो । आफ्नै दलका केही नेताहरूलाई प्रयोग गरेर ओलीलाई पदच्युत गरियो । त्यति मात्रै होइन, उनको दल एमालेलाई फुटाउने कामसमेत गरियो । मुख्य नेतृत्वको हैसियतमा यो अवस्थालाई समयमा नै समाधान गर्न नसक्नुमा ओलीको पनि केही दोष पक्कै थियो । आन्तरिक तथा बाह्य शक्तिका अगाडि ओलीका तत्कालीन प्रयास काम लागेनन् र उनी सत्ताच्युत हुन पुगे । तर, सत्ताच्युत भए पनि ओली निराश भएर बसेनन् । उच्च मनोबलका साथ उनी धुलो टकटकाउँदै आपूm मात्रै उठेनन्, आमकार्यकर्तालाई पनि सोही शैलीमा उठाउन सफल देखिए । आज जोसुकैले जेसुकै भने पनि देशव्यापी रूपमा एमालेमा बहार आएको देखिन्छ । चितवन महाधिवेशनमा देखिएको कार्यकर्ताको ओइरोबाट यसको पुष्टि हुन्छ ।
त्यसैका कारण चितवनमा जारी १०आंै महाधिवेशनबाट ओली झनै शक्तिशाली अध्यक्ष भएर नेपाली राजनीतिमा उदय हुने निश्चित छ । ओलीको आत्मविश्वास देख्दा उनले आगामी निर्वाचनमा आफ्नो दललाई पहिलो बनाउने गरी अगाडि बढेको देखिन्छ । ओली एकपटक पुनः आमकार्यकर्ता र जनतालाई आश्वस्त पार्ने र निर्वाचनमा बहुमत ल्याउने योजनामा देखिन्छन् । सोहीअनुसार उनले आफ्नो दल एमालेलाई विधान महाधिवेशन तथा राष्ट्रिय महाधिवेशनमार्फत चलायमान बनाउन थालिसकेका छन् ।
सत्ताच्युत भए पनि ओली निराश भएर बसेनन् । उच्च मनोबलका साथ उनी धुलो टकटकाउँदै आपूm मात्रै उठेनन्, आमकार्यकर्तालाई पनि सोही शैलीमा उठाउन सफल देखिए । आज देशव्यापी रूपमा एमालेमा बहार आएको देखिन्छ । चितवन महाधिवेशनमा देखिएको कार्यकर्ताको ओइरोबाट यसको पुष्टि हुन्छ । त्यसैका कारण चितवनमा जारी १०आंै महाधिवेशनबाट ओली झनै शक्तिशाली अध्यक्ष भएर नेपाली राजनीतिमा उदय हुने निश्चित छ
विरोधीका सबै खाले दाउ र षड्यन्त्रलाई परास्त गर्दै जनताको मन जितेर आगामी निर्वाचनमा पुनः बहुमतका साथ सरकारमा फर्कने योजनामा उनी देखिन्छन् । यद्यपि, एमाले र अध्यक्ष ओलीका लागि यो योजना सफल बनाउन फलामको च्युरा चपाएझंै कठिन छ ।
सबैभन्दा ठूलो दल र सबैभन्दा बढी कम्युनिस्ट नेता कार्यकर्ता रहेको दल भएकाले पनि अहिले सबैभन्दा ठूलो प्रहार एमालेमाथि नै भइरहेको छ । केन्द्रमा सरकार चलाइरहेको पाँच दलीय गठबन्धनको मुख्य उद्देश्य पनि कसरी हुन्छ एमालेलाई पत्तासाफ गराउनमा नै केन्द्रित छ । हिजो जसरी असंवैधानिक रूपमा अध्यादेश ल्याएर एमालेलाई फुटाउने काम गरियो र फुटाए लगत्तै असंवैधानिक किसिमले नै अध्यादेश फिर्ता लिने काम गरियो । पर्दाभित्र एमालेलाई कमजोर बनाउने र सिध्याउने खेल अहिले पनि जबरजस्त रूपमा भइरहेका छन् । त्यसैले पनि एमालेको चितवन महाधिवेशनले एमाले अझै एकजुट र शक्तिशाली हुन पुगेको छ भन्ने सन्देश दिन अध्यक्षलगायतका महŒवपूर्ण पदमा सर्वसम्मत नेतृत्व चयन गर्न सक्नुपर्छ । यसका लागि अध्यक्षले उदार दिल बनाएर सबै पक्षलाई समेट्न सक्नुपर्छ । सबै प्रकारका गुटबन्दी सदाका लागि नारायणी नदीमा नै विर्सजन गरी पार्टीलाई अनुशासित र गतिशील बनाउनुपर्छ । निर्वाचनमा जित्नु र सरकार बनाउनु प्राविधिक कुरा मात्रै होइन यसका लागि त राजनीतिक दलहरू आमजनताको असल सारथी बन्नै पर्छ । जनताको चहराइरहेको घाउमा मलमपट्टि लगाउन सक्नुपर्छ । देशको ठूलो कम्युनिस्ट पार्टी भएको नाताले पनि एमाले र उसको नेतृत्व अब जनताको असल सारथी बन्नैपर्छ । उसले आपूmभित्रको लोकतन्त्र अझै संस्थागत गर्न जरुरी छ भने पार्टीभित्र एकपटक पुनः शुद्धीकरण अभियान थाल्नुपर्छ । अध्यक्षले पनि समन्वयकारी भूमिकालाई आत्मसात् गर्न सक्नुपर्छ ।
एमालेले महाधिवेशन गरिरहँदा आपूmहरू र कार्यकता मात्रै हाइटेक छन् भनेर मक्ख भएर बस्नुहँुदैन । मुख्य कुरा आमजनताले गाँस बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा र रोजगार राम्ररी पाइरहेका छन् कि छैनन् ? भन्ने’boutमा दिनहुँ जसो चासो लिएर जनताका ती समस्या समाधानका लागि देशव्यापी अभियान थाल्न महाधिवेशनले नयाँ योजना र कार्यक्रम तय गर्नुपर्छ । अब पार्टीलाई विकास, समृद्धि र सुशासनसँग एकाकार गर्दै अगाडि बढाउन सके मात्रै पार्टी सफल हुन सक्छ । एमालेको चितवन महाधिवेशनले छनोट गर्ने नेतृत्वले यो विषयमा गम्भीरतापूर्वक सोच्नुपर्छ ।
महाधिवेशनलगत्तै स्थानीय, प्रादेशिक र स्थानीय गरी तीनवटै निर्वाचन पनि छिटै आउँदै छ । त्यसैले एमाले नेतृत्वले प्राविधिक रूपमा मात्रै होइन भावनात्मक रूपमा नै जनताको मन जित्न सक्नुपर्छ । जनताको मन जित्न सके मात्रै सबै प्रकारका घेराबन्दी सजिलै तोड्न सकिनेछ । किनकि लोकतान्त्रिक शासन व्यवस्थामा निर्णायक शक्ति भनेकै जनता जनार्दन हुन् । ठूलो कम्युनिस्ट र लोकतान्त्रिक पार्टी एमाले वास्तविक अर्थमा लोकतान्त्रिक बन्न सकोस् । जनताको असल सारथी बन्दै विकास, समृद्धि र सुशासनलाई आफ्नो मूल मर्म बनाउन सकोस् । १०आंै महाधिवेशनले यही मार्गचित्र कोर्न सकोस्, शुभकामना ।
Comments
अरु समाचार
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
कांग्रेस नेतृ विनिता खड्काले भनिन्- सत्य अलिक ढिलो होला, तर पराजित हुँदैन
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ विनिता खड्काले राजनीति र जीवनमा कहिलेकाहीँ नसोचेका परीक्षाहरू आउने उल्लेख गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
कांग्रेस उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न, को-को भए विजयी ?
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार...
-
पूर्व प्रधानन्यायाधीशदेखि उच्च पदस्थ व्यक्ति जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोप, अख्तियारमा उजुरी
काठमाडौँ। “स्याउको कार्टुनमा करोडौँ रकम ओसार्ने चोलेन्द्र शमशेर जबरामाथि अनुसन्धान गर्ने हिम्मत देखाउने सरकारले सर्वोच्च अदालतबाटै ५ हजार रोपनी सरकारी...
-
‘विपद्को समयमा सरकार फराकिलो सोचका साथ अघि बढ्नुपर्छ’
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्निर्माण तथा पुनःस्थापनामा जुट्न...
-
बूढीगण्डकी बाढीबाट प्रभावितको सहयोगमा जुट्न पार्टीका सदस्यहरूलाई लामिछानेको निर्देशन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोरखाको चुमनुब्री क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको...
-
विराटनगरमा हुने ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’ को तयारी पूरा
विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा विराटनगरमा सञ्चालन हुन लागेको ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन-२०८३’ को सम्पूर्ण तयारी पूरा भएको छ ।...












