एमाले महाधिवेशन: चौतर्फी घेराबन्दी तोड्न सफल होला ?
मुलुकको सबैभन्दा ठूलो पार्टीका रूपमा रहेको एमालेको १०औं महाधिवेशन आज (शुक्रबार) देखि आर्थिक र पर्यटकीय नगरी चितवनको नारायणगढमा सुरु हुँदै छ । यतिखेर आमनागरिकको चासो सो पार्टीको महाधिवेशनमा केन्द्रित छ । विशेषतः यो पार्टीमा आउने नयाँ नेतृत्व र उसले लिने आगामी नीति तथा कार्यक्रमले देश र जनताको भविष्यसमेत निर्धारण गर्ने भएकाले यो महाधिवेशनलाई सर्वत्र चासोका रूपमा हेरिएको छ । यद्यपि, सो पार्टीको गत असोजमा काठमाडांैमा सम्पन्न विधान महाअधिवेशनले पार्टीले लिने नीति तथा कार्यक्रम तय गरे पनि त्यसलाई कार्यान्वयन गर्न आवश्यक पर्ने नयाँ नेतृत्व चयन गर्ने अवसर चितवन महाधिवेशनलाई छ ।
समाजवादतर्फको यात्रा तय गर्ने प्रमुख लक्ष्य लिएको एमालेलाई आफ्नो सो लक्ष्य पूरा गर्न पुनः सरकारमा जानुपर्ने आवश्यकता छ । यसका लागि एमालेले तय गरेको समाजवादको यात्रालाई गन्तव्यमा पु¥याउन सोहीअनुसारको दृढ आत्मविश्वासी नेतृत्व चाहिन्छ । महाधिवेशनले अहिलेको परिस्थितिसँग सजिलैसँग जुध्न सक्ने र एमालेलाई संकटबाट सहजै अवतरण गराई पार्टीलाई पुनः पहिलो नम्बरमा नै राखिरहन सक्ने नेतृत्व चयन गर्नेमा दुई मत छैन ।
तर, एमालेमाथि अहिले चौतर्फी घेराबन्दी छ । सरकारमा रहेका सबै शक्तिहरू पाएसम्म एमालेलाई सखाप पार्ने र आरामपूर्वक अनन्त कालसम्म सरकार चलाउने दाउमा छन् । विशेषगरी एमाले नेतृत्वले लिँदै आएको राष्ट्रियताप्रतिको दृढ अडान तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा जारी भएको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली नक्साका कारण पनि दक्षिणी शक्ति एमाले नेतृत्वसँग रुष्ट छ । यस्तै, पछिल्लो समय एमाले नेतृत्व कहिल्यै पनि अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको ‘एसम्यान’ बनेन, उसको बोलीमा लोली मिलाएन । उल्टो बाह्य शक्तिकेन्द्रहरूसँग आँखामा आँखा जुधाएर बहस पैरवी गर्न सक्ने खुवी एमाले नेतृत्वले देखायो । त्यसैले पनि नेपाललाई आफ्नो वशमा राख्न खोज्ने शक्तिकेन्द्रहरू एमाले नेतृत्वसँग बेखुस हुनु स्वाभाविक छ ।
अहिले एमालेमाथि आन्तरिक तथा बाह्य रूपमा नै चरम घेराबन्दी छ । एमालेको जारी महाधिवेशनपश्चात् ती सबै घेराबन्दीहरूलाई तोड्दै आमनेपाली जनताको मनमनमा राज गर्न सक्नेगरी पार्टीलाई नवीन र सशक्त रूपमा अगाडि बढाउनुपर्ने चुनौती नयाँ नेतृत्वको काँधमा आउनेछ
अहिले एमालेमाथि आन्तरिक तथा बाह्य घेराबन्दी व्यापक छ । एमालेको जारी महाधिवेशनपश्चात् ती सबै घेराबन्दी तोड्दै आमनेपाली जनताको मनमनमा राज गर्न सक्नेगरी पार्टीलाई नवीन र सशक्त रूपमा अगाडि बढाउनुपर्ने चुनौती नयाँ नेतृत्वको काँधमा आउनेछ । एमालेले के कुरा प्रस्ट रूपमा बुझ्न जरुरी छ भने । आमजनताको मन जित्न सकियो भने आन्तरिक तथा बाह्य शक्तिकेन्द्रका सबैखाले घेराबन्दी सहजै परास्त गर्न सकिन्छ । एमालेको जारी महाधिवेशनले यही सन्देश दिन सक्नुपर्छ । प्रस्ट छ, एमालेको १०आंै महाधिवेशनले हालका अध्यक्ष केपी शर्मा ओलीलाई अझै शक्तिशाली अध्यक्षका रूपमा स्थापित गर्नेछ । एमालेको महाधिवेशनको माहोल, नेतृत्वको स्पष्ट कार्यदिशा र आमकार्यकर्तामा पुनरोदय भएको उच्च मनोबलका कारण एमालेले अहिले भोग्दै आइरहेको संकटलाई सहजै अवतरण गर्न सक्ने वातावरण देखिएको छ ।
एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ४१ महिने सरकारको पालामा मुलुकमा विकास र समृद्धिको बहार ल्याउने प्रयत्न नगरेका होइनन् । जनतामा अनगिन्ती आशा र भरोसा पनि जगाएकै हुन् । तर, उनले ल्याउन खोजेका योजना र कार्यक्रम कार्यान्वयन गराउने क्रममा अपनाउनुपर्ने पारदर्शिता र सुशासनमा भने केही कमीकमजोरी भएकै हुन् । यद्यपि, त्यो कमीकमजोरी अक्षम्य किसिमका थिएनन् । सुधार गर्ने खालका थिए । तर, उनले विकास निर्माणमा बसालेका जग तथा उनले राष्ट्रियताप्रति देखाएको अडानलाई उल्टो रूपमा चित्रण गरियो । आफ्नै दलका केही नेताहरूलाई प्रयोग गरेर ओलीलाई पदच्युत गरियो । त्यति मात्रै होइन, उनको दल एमालेलाई फुटाउने कामसमेत गरियो । मुख्य नेतृत्वको हैसियतमा यो अवस्थालाई समयमा नै समाधान गर्न नसक्नुमा ओलीको पनि केही दोष पक्कै थियो । आन्तरिक तथा बाह्य शक्तिका अगाडि ओलीका तत्कालीन प्रयास काम लागेनन् र उनी सत्ताच्युत हुन पुगे । तर, सत्ताच्युत भए पनि ओली निराश भएर बसेनन् । उच्च मनोबलका साथ उनी धुलो टकटकाउँदै आपूm मात्रै उठेनन्, आमकार्यकर्तालाई पनि सोही शैलीमा उठाउन सफल देखिए । आज जोसुकैले जेसुकै भने पनि देशव्यापी रूपमा एमालेमा बहार आएको देखिन्छ । चितवन महाधिवेशनमा देखिएको कार्यकर्ताको ओइरोबाट यसको पुष्टि हुन्छ ।
त्यसैका कारण चितवनमा जारी १०आंै महाधिवेशनबाट ओली झनै शक्तिशाली अध्यक्ष भएर नेपाली राजनीतिमा उदय हुने निश्चित छ । ओलीको आत्मविश्वास देख्दा उनले आगामी निर्वाचनमा आफ्नो दललाई पहिलो बनाउने गरी अगाडि बढेको देखिन्छ । ओली एकपटक पुनः आमकार्यकर्ता र जनतालाई आश्वस्त पार्ने र निर्वाचनमा बहुमत ल्याउने योजनामा देखिन्छन् । सोहीअनुसार उनले आफ्नो दल एमालेलाई विधान महाधिवेशन तथा राष्ट्रिय महाधिवेशनमार्फत चलायमान बनाउन थालिसकेका छन् ।
सत्ताच्युत भए पनि ओली निराश भएर बसेनन् । उच्च मनोबलका साथ उनी धुलो टकटकाउँदै आपूm मात्रै उठेनन्, आमकार्यकर्तालाई पनि सोही शैलीमा उठाउन सफल देखिए । आज देशव्यापी रूपमा एमालेमा बहार आएको देखिन्छ । चितवन महाधिवेशनमा देखिएको कार्यकर्ताको ओइरोबाट यसको पुष्टि हुन्छ । त्यसैका कारण चितवनमा जारी १०आंै महाधिवेशनबाट ओली झनै शक्तिशाली अध्यक्ष भएर नेपाली राजनीतिमा उदय हुने निश्चित छ
विरोधीका सबै खाले दाउ र षड्यन्त्रलाई परास्त गर्दै जनताको मन जितेर आगामी निर्वाचनमा पुनः बहुमतका साथ सरकारमा फर्कने योजनामा उनी देखिन्छन् । यद्यपि, एमाले र अध्यक्ष ओलीका लागि यो योजना सफल बनाउन फलामको च्युरा चपाएझंै कठिन छ ।
सबैभन्दा ठूलो दल र सबैभन्दा बढी कम्युनिस्ट नेता कार्यकर्ता रहेको दल भएकाले पनि अहिले सबैभन्दा ठूलो प्रहार एमालेमाथि नै भइरहेको छ । केन्द्रमा सरकार चलाइरहेको पाँच दलीय गठबन्धनको मुख्य उद्देश्य पनि कसरी हुन्छ एमालेलाई पत्तासाफ गराउनमा नै केन्द्रित छ । हिजो जसरी असंवैधानिक रूपमा अध्यादेश ल्याएर एमालेलाई फुटाउने काम गरियो र फुटाए लगत्तै असंवैधानिक किसिमले नै अध्यादेश फिर्ता लिने काम गरियो । पर्दाभित्र एमालेलाई कमजोर बनाउने र सिध्याउने खेल अहिले पनि जबरजस्त रूपमा भइरहेका छन् । त्यसैले पनि एमालेको चितवन महाधिवेशनले एमाले अझै एकजुट र शक्तिशाली हुन पुगेको छ भन्ने सन्देश दिन अध्यक्षलगायतका महŒवपूर्ण पदमा सर्वसम्मत नेतृत्व चयन गर्न सक्नुपर्छ । यसका लागि अध्यक्षले उदार दिल बनाएर सबै पक्षलाई समेट्न सक्नुपर्छ । सबै प्रकारका गुटबन्दी सदाका लागि नारायणी नदीमा नै विर्सजन गरी पार्टीलाई अनुशासित र गतिशील बनाउनुपर्छ । निर्वाचनमा जित्नु र सरकार बनाउनु प्राविधिक कुरा मात्रै होइन यसका लागि त राजनीतिक दलहरू आमजनताको असल सारथी बन्नै पर्छ । जनताको चहराइरहेको घाउमा मलमपट्टि लगाउन सक्नुपर्छ । देशको ठूलो कम्युनिस्ट पार्टी भएको नाताले पनि एमाले र उसको नेतृत्व अब जनताको असल सारथी बन्नैपर्छ । उसले आपूmभित्रको लोकतन्त्र अझै संस्थागत गर्न जरुरी छ भने पार्टीभित्र एकपटक पुनः शुद्धीकरण अभियान थाल्नुपर्छ । अध्यक्षले पनि समन्वयकारी भूमिकालाई आत्मसात् गर्न सक्नुपर्छ ।
एमालेले महाधिवेशन गरिरहँदा आपूmहरू र कार्यकता मात्रै हाइटेक छन् भनेर मक्ख भएर बस्नुहँुदैन । मुख्य कुरा आमजनताले गाँस बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा र रोजगार राम्ररी पाइरहेका छन् कि छैनन् ? भन्ने’boutमा दिनहुँ जसो चासो लिएर जनताका ती समस्या समाधानका लागि देशव्यापी अभियान थाल्न महाधिवेशनले नयाँ योजना र कार्यक्रम तय गर्नुपर्छ । अब पार्टीलाई विकास, समृद्धि र सुशासनसँग एकाकार गर्दै अगाडि बढाउन सके मात्रै पार्टी सफल हुन सक्छ । एमालेको चितवन महाधिवेशनले छनोट गर्ने नेतृत्वले यो विषयमा गम्भीरतापूर्वक सोच्नुपर्छ ।
महाधिवेशनलगत्तै स्थानीय, प्रादेशिक र स्थानीय गरी तीनवटै निर्वाचन पनि छिटै आउँदै छ । त्यसैले एमाले नेतृत्वले प्राविधिक रूपमा मात्रै होइन भावनात्मक रूपमा नै जनताको मन जित्न सक्नुपर्छ । जनताको मन जित्न सके मात्रै सबै प्रकारका घेराबन्दी सजिलै तोड्न सकिनेछ । किनकि लोकतान्त्रिक शासन व्यवस्थामा निर्णायक शक्ति भनेकै जनता जनार्दन हुन् । ठूलो कम्युनिस्ट र लोकतान्त्रिक पार्टी एमाले वास्तविक अर्थमा लोकतान्त्रिक बन्न सकोस् । जनताको असल सारथी बन्दै विकास, समृद्धि र सुशासनलाई आफ्नो मूल मर्म बनाउन सकोस् । १०आंै महाधिवेशनले यही मार्गचित्र कोर्न सकोस्, शुभकामना ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...
-
म्याद सकिएका औषधि व्यवस्थापनमा अनियमितता, फार्मेसी अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरको फार्मेसी युनिटका फार्मेसी अधिकृत दिपा ढुङ्गानासहित आठ जनाविरुद्ध दुई करोड ९१ लाख ३४...












