शिक्षामन्त्री र केएमसी प्रिन्सिपलबीच सवाल-जवाफ: बढी शुल्क लिएको पाइए सम्बन्धन खारेज गर्ने चेतावनी
काठमाडौं । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरूले निरन्तर आन्दोलन गरिरहेका बेला आज शिक्षामन्त्री देवेन्द्र पौडेल दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अनुगमनमा पुगेका छन् ।
उनले तोकिएभन्दा बढी शुल्क लिएको प्रमाणित भए कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिए ।
शिक्षामन्त्री पौडेलले कलेजका प्रिन्सिपल डा. रतिन्त्रनाथ श्रेष्ठलाई केएमसीले बढी शुल्क लिएको व्यापक गुनासोपछि आफू आएको बताए । मन्त्रीले ‘पीडित विद्यार्थीले कलेजले बढी फी लिएको उजुरी मन्त्रालयमा दिएपछि म यहाँ आएको हुँ’ कलेजका प्रिन्सिपलले उनीसँग बढी रकम असुल नगरेको दाबी गरे ।
उनले मन्त्री पौडेललाई बुँदागत रूपमा कुन शीर्षकमा कति बढी रकम लिएको प्रमाणित गर्न चुनौती दिए । उनले भने,‘हामीले बढी शुल्क लिएका छैनौं । चिकित्सा शिक्षा आयोगको ऐनमा नै समस्या छ । ऐनले होस्टल अनिवार्य नभनेको भए हामी पनि होस्टल अनिवार्य गर्दैन थियौं । विद्यार्थीबाट यो विषयमा बढी शुल्क लियो भनेर देखाउन चुनौती दिन्छौं ।’
मन्त्री पौडेलले भने दुवै पक्षलाई फीसम्बन्धी कागजात अध्ययन गरी भोलि बिहान १० बजेसम्म मन्त्रालयलाई रिपोर्ट बुझाउन सीडीओलाई निर्देशन दिएका छन् । उनले भने, ‘हामीले बढी शुल्क लिएको प्रमाण भेटियौं भने हामी ऐनअनुसार कारबाही गर्छौं ।’
चिकित्सा शिक्षा आयोगबाट निर्धारितभन्दा बढी शुल्क लिएको गुनासो आएको भन्दै बुधबार मन्त्रालयले पटक-पटकको निर्देशन अवज्ञा गर्ने मेडिकल कलेजहरूको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको थियो ।
केएमसी विद्यार्थीहरूले केही दिनदेखि आयोगले तोकेको भन्दा बढी शुल्क तिर्न कलेजले दबाब दिएको भन्दै आन्दोलन गरिरहेका छन् ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वैशाख २९ गतेभित्र एसइई नतिजा प्रकाशन गर्ने बोर्डको तयारी
काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा निर्धारित समयसीमाभित्र सार्वजनिक गर्ने तयारी तीव्र पारेको छ। बोर्डले...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...












