एमालेले चिताएको सात दिनमा यो सरकारको जरो उखेलेर फालिदिन्छ
बझाङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभरि एमालेको पक्षमा जनलहर उर्लिएको बताएका छन् ।
एमालेलाई जिताउनका लागि जनता चुनावको प्रतीक्षामा रहेको उनको दाबी छ ।
बझाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले एमालेको सरकार केही समयका लागि मात्र ढलेको उल्लेख गरे ।
ओलीले भने, ‘परमादेशका माध्यमबाट सरकार अलिकति समयका लागि, तर जनताको मनबाट ढलेन, उखेलिएन । त्यसैले तपाईँहरू चुनावको प्रतीक्षामा हुनुहुन्छ, एमालेलाई जिताउनका लागि । आज देशभरि जनलहर उर्लिएको छ एमालेको पक्षमा ।’
उनले थपे, ‘एमाले सरकारमा छैन, प्रतिपक्षमा छ । एमालेले मन्त्री बनाउँदैन । कसैलाई राजदूत नियुक्त गर्दैन । तर, सत्तारुढ पार्टीका कार्यकर्ताहरू खोलो पहिरो भएर एमालेमा प्रवेश गरिरहेका छन् ।’
ओलीले चुनाव रोक्न सरकारले धेरै कोसिस गरेको बताए । कानून परिवर्तन गरेर, अध्यादेश ल्याएर चुनाव पर सार्न खोजिएको उनको दाबी छ ।
उनले गठबन्धन सरकारलाई प्रतिगामी संज्ञा दिए ।
‘अहिलेका प्रधानमन्त्री जहिले सरकारमा जानुहुन्छ लोकतन्त्र बुझाउनुहुन्छ । म आग्रह गर्न चाहन्छु, यसपालि त्यस्तो प्रयास नगर्नुस्,’ उनले भने ।
ओलीले थपे, ‘म उहाँको लुट मण्डलीलाई चेतावनी दिन्छु । वैशाख ३० गतेको निर्वाचन व्यवस्थित र निर्विघ्न सम्पन्न होस भनेर धेरै कुरा सहेका छौँ । यो सरकारले आफूलाई अजम्बरी बुटी पाएको सरकार नसोचे हुन्थ्यो । एमालेको चिताएको सात दिनमा यो सरकारको जरा उखेलेर फालिदिन्छ । तर चुनाव नबिथोलियोस भनेर चुप बसेका छौँ ।’
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
जिल्ला न्यायाधीश बेलबासे ४ दिनका लागि उच्च अदालतमा नियुक्तिका लागि सिफारिस
काठमाडौं । जिल्ला न्यायाधीश हिमाल बेलबासे उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन् । अनिवार्य अवकाश पाउन चार दिन...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
आज न्याय सेवा आयोगको बैठकः सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्का सचिव सिफारिस गर्ने तयारी
काठमाडौं । न्याय सेवा आयोगको बैठक आज (मंगलबार) बस्दैछ । हाल सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्को सचिव पद तीन महिनादेखि...
-
आज प्रतिनिधिसभाको बैठक, सम्बन्धित मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय...
-
आफूविरुद्ध तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरिएको डिआइजी खत्रीको दाबी, कानूनी उपचारमा जाने चेतावनी
काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) भूपेन्द्र बहादुर खत्रीले आफ्नो चरित्र हत्या गर्ने गरी...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...












