‘एमालेलाई बदनाम गराउने र अख्तियार प्रमुखलाई फसाउने षड्यन्त्र हुँदैछ’
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले एमालेलाई बदनाम गराउने र अख्तियार प्रमुखलाई फसाउने योजना बनेको जनाउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले यस्तो कुरा बताउनु भएको हो । उहाँले बुधवार एकजना प्रहरी उच्चअधिकृत, गृहमन्त्री र प्रधानमन्त्रीबीच शंकास्पद भेटघाट भएको पनि जनाउनु भएको छ । आवश्यक परे आईजीपी फेरेर भएपनि एमालेलाई बदनाम गराउने र अख्तियार प्रमुख राईलाई फसाउने षड्यन्त्र भएको बस्नेतको दाबी छ ।
वर्तमान आइजीपीलाई भूटानी शरणार्थी प्रकरणमा फसाएर भएपनि फेर्ने योजना बनेको, सोअनुसार माओवादी कार्यकर्ता र केही मिडियाले प्रचार गरेका पनि बस्नेतले जनाउनु भएको छ । यस्तै केशव दुलाललाई प्रहरी कस्टडीमा हुँदा पनि राजेश वज्राचार्य र प्रेम राईलाई टोपबहादुर रायमाझीको पीए लिला जीसीमार्फत पैसा दिएको जबर्जस्ती बयान गराइएको थियो भन्ने उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ । बस्नेत लेख्नुहुन्छ,’ केशव दुलाल र लीला जीसीबीच प्रहरीले भेटघाट गराउँदा एक अर्कामा नचिन्ने बताउँदै कुनै आर्थिक कारोबार नभएको बताएका थिए । तसर्थ उक्त बयानमा कुनै लेनदेनको कुरा उल्लेख गरिएन ।’
प्रहरीमा जाहेरी दिएका गजेन्द्र बुढाथोकी र आरोपी सन्देश शर्मा बीचको टेलिफोन कुराकानीको अडियोमा ६ करोड रुपैयाँ दिएको दाबी गरिएका मध्येका बालकृष्ण खाँण गिरफ्तार भएका छन् । तर मन्जु खाँण र आरजु देउवालाई भने छानबिनको दायरामा नराखिएको उहाँको टिप्पणी छ । बस्नेत भन्नुहुन्छ,’ तिनै केशव दुलाललाइ प्रहरीले पुनः सरकारी वकिलको उपस्थितिमा लिएको थप बयानमा एमाले नेता रामबहादुर थापा , राजेश बज्राचार्य र प्रेम राईलाई पैसा दिएको कुरा बताए । उनी र सन्देश शर्माले नै अडियोमा नाम लिएका आरजु र मंजुलाई बचाएर बयान दिएका छन् । दुलालले नै पुलिसको बयानमा कुनै भीआईपी चिन्दिनँ पिडित भनिएका कसैसँग पैसा लिएको छैन, कसैलाई पैसा दिएको छैन, म आफू र केही साथी अमेरिका जान खोजेका हौं भनेका छन् ।’
सरकारी वकिलको कार्यालयमा उनले दिएको बयानमा बिभिन्न व्यक्तिलाई ८ करोड रुपैयाँ दिएको भनेका र आफू अमेरिका जान खोजेको कसैसँग पैसा नउठाएका मान्छेले ८ करोड दिने कुरा असम्भव भएको उहाँ बताउनु हुन्छ । दुलाल काँग्रेसको नेता हुन् । जाहेरीमा किटानी गरिएका अरुण रेग्मी र अन्यले पूर्वमन्त्री खाँण र पूर्वसचिवहरुलाई चिनेको छ भनेर पैसा मागेको छैन भनेका छन् । देउवाले बुधवार दिउँसो आफू निकटका व्यक्तिहरुलाई ढुक्क हुनु खाँण फस्दैनन् सबै सेटिङ्ग गरिसकेको छु भनेको बुझिएको पनि बस्नेतले फेसबुकमा लेखेको स्टाटसमा उल्लेख छ ।
बयानमा खाँणलगायतलाई बचाउने नियत प्रष्ट भएको जनाइएको छ । खाँणमार्फत काँग्रेसका एकजना सामान्य नेता जीतजंग बस्नेतले एक कार्यक्रममा भाषण गर्दा यो कुराको संकेत गरेका जनाइएको छ । यस्तै रविको पासपोर्टको विषयमा मुद्धा नचलाउने निर्णय गर्ने महान्याधिवक्ता दिनमणी पोख्रेल र उच्च प्रहरीको योजनामा यो बयान तयार गरिएको देखिएको पनि सामाजिक सञ्जालमा एमाले नेता बस्नेतले प्रष्ट पार्नु भएको छ । नेता बस्नेतले भूटानी शरणार्थी प्रकरणलगायतका षडयन्त्र चिर्न जरुरी भएको र यस्ता षड्यन्त्रको प्रतिवाद गरिने चेतावनी दिनु भएको छ ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
जिल्ला न्यायाधीश बेलबासे ४ दिनका लागि उच्च अदालतमा नियुक्तिका लागि सिफारिस
काठमाडौं । जिल्ला न्यायाधीश हिमाल बेलबासे उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन् । अनिवार्य अवकाश पाउन चार दिन...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
आज न्याय सेवा आयोगको बैठकः सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्का सचिव सिफारिस गर्ने तयारी
काठमाडौं । न्याय सेवा आयोगको बैठक आज (मंगलबार) बस्दैछ । हाल सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्को सचिव पद तीन महिनादेखि...
-
आज प्रतिनिधिसभाको बैठक, सम्बन्धित मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय...
-
आफूविरुद्ध तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरिएको डिआइजी खत्रीको दाबी, कानूनी उपचारमा जाने चेतावनी
काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) भूपेन्द्र बहादुर खत्रीले आफ्नो चरित्र हत्या गर्ने गरी...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...












