सेवा आयोगका अध्यक्षमाथि आक्रमण गर्नेलाई कारबाही गर्न प्रगतिशील प्राध्यापक सङ्गठनको माग
काठमाडौँ । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा.महेशराज दाहाल माथिको आक्रमण गर्नेलाई अविलम्ब कारबाही गर्न माग गरेको छ ।
बुधवार सङ्गठनका अध्यक्ष वेदराज केसी र महासचिव पद्यप्रसाद खतिवडाले विज्ञप्ति जारी गर्दै आयोग अध्यक्ष दाहालमाथि गरिएको अमानवीय व्यवहारको छानबिन गरी दोषीलाई अविलम्ब कारबाही गर्न माग गरेका हुन् ।
जेठ २९ गते पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष दाहालको निजी निवासमा एक हुल व्यक्तिहरू गुण्डागर्दी शैलीमा प्रवेश गरी आफूलाई सत्ताधारी राजनीतिक दलका विद्यार्थीको रूपमा प्रस्तुत गर्दै सेवा आयोगका अध्यक्षमाथि कालो मोसो छर्कने जस्तो अति अमानवीय घटनाको नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन घोर भर्त्सना गर्दछ’, सङ्गठनले विज्ञप्तिमार्फत भनेको छ ।
साथै शिक्षाको बागडोर सम्हालेका विश्वविद्यालयका पदाधिकारी माथि निरन्तर हुने आक्रमणहरूप्रति नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनले निरन्तर विरोध र खबरदारी गर्दै आएको जनाएको छ । सत्ताको उत्कट चाहना पूर्तिका लागि जे गर्न पनि तयार हुने प्रवृत्तिकै कारण नेविसङ्घकै नामबाट विगत देखि नै विश्वविद्यालयका पदाधिकारीमाथि कालो मोसो दल्ने, भक्तपुर क्याम्पस प्रमुखको कुर्सी र नेमप्लेट रूखमा लगेर झुन्ड्याउने लगायतका दण्डहीनता रोक्न पनि सङ्गठनले सरकारसँग माग गरेको छ ।
यस्तो छ विज्ञप्ति
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वैशाख २९ गतेभित्र एसइई नतिजा प्रकाशन गर्ने बोर्डको तयारी
काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा निर्धारित समयसीमाभित्र सार्वजनिक गर्ने तयारी तीव्र पारेको छ। बोर्डले...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...












