जान्दा देवी नेपाल इनर्जीले बायोमास पेलेट स्टोभ, बर्नर प्रवर्द्धन तथा बजारीकरण गर्दै
काठमाडौं । जान्दा देवी नेपाल इनर्जीले (जेडिएनइ)ले नवीकरणीय ऊर्जा तथा हाइड्रो मेकानिकल उपकरण लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
जेडिएनइले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) को ‘नेपाल नविकरणीय ऊर्जा कार्यक्रम (एनआरइपि)’ मार्फत आर्थिक सहयोग लिई मधेश प्रदेशमा लघु, साना तथा मझौला उद्यमहरूका लागि बायोमास पेलेट स्टोभको प्रवर्द्धन तथा बजारीकरण गरिरहेको प्रवर्द्धनकर्ता कदममणी नेपालले न्युन नेपाललाई जानकारी दिए ।
यस परियोजना अन्तर्गत जेडिएनइले मधेश प्रदेशमा बायोमास पेलेट चुलो, बायोमास पेलेट बर्नर, बायोमास कम्बो फ्राइर, बायोमास खुवा मेकरको परिचय र बिक्री वितरण गर्नेछ ।
बायोमास पेलेट स्टोभ र बर्नरहरूको प्रयोगले परम्परागत इन्धन (डिजेल, पेट्रोल, एलपीजी, कोइला) माथिको परनिर्भरता घटाउन ठुलो भूमिका खेल्ने छ । यी वैकल्पिक इन्धनका स्रोत उपयोग गरि लघु, साना तथा मझौला उद्यमीहरूले हाल खपत भइरहेको ग्यास भन्दा झन्डै ५० प्रतिशत कम मूल्यमा सोहि बराबरको ऊर्जा प्राप्त गर्न सक्नेछन् ।
विश्वमा विगत २० वर्षदेखि औद्योगिक रुपमा बायोमास ऊर्जा उत्पादन तथा उपयोग भइरहेको छ । नेपालमा भने भर्खरै मात्र सुरु भएको छ । औद्योगिक रुपमा बकस रिनुवेबल इनर्जीले सर्लाहीको इश्वरपुरमा वार्षिक ३० हजार मेट्रिक टन बायोमास पेलेट तथा ५ हजार मेट्रिक टन ब्रिकेट उत्पादन क्षमता भएको कारखाना स्थापना गरेको छ ।
बायोमास पेलेटबाट उपयोग हुने चुलो तथा बर्नर व्यवसाय तथा उद्यमीहरूबीच परिचित गराउन जेडिइनइले महत्वपुर्ण भूमिका निर्वाह गरिरहेको छ । बायोमास पेलेट स्टोभ र बर्नरहरूको उपयोगबाट मधेश प्रदेशका उद्यमीहरूले आफ्नो कार्बन फुटप्रिन्टलाई उल्लेखनीय रूपमा कम गर्न तथा जलवायु परिवर्तनसँग लड्ने नेपालको प्रतिबद्धता पूरा गर्न योगदान पुर्याउनेछन् ।
पेलेट उत्पादनले ऊर्जामा आत्मनिर्भर हुने लक्ष्यलाई पूरा गर्न मदत पुर्याउँनुका साथै महँगो र प्रदूषित जीवाशेष इन्धन आयात घटाउछ । मधेशमा बायोमास पेलेट स्टोभको प्रयोगबाट नविकरणीय ऊर्जाका स्रोतहरू आत्मसात गर्ने, हरियाली र अधिक दिगो भविष्य निर्माण गर्ने कम्पनीको संकल्पको प्रमाण हो । यस परियोजनाले आगामी दिनमा वातावरण संरक्षण तथा ऊर्जामा आत्मनिर्भर हुन सहयोग गर्नेछ । यो कार्यक्रम मधेशसँगै अन्य प्रदेशमा पनि विस्तार गर्ने कम्पनीको लक्ष्य छ ।
वनको झाडी, काठको धुलो, दाउरा, उखुको छोक्रालगायत अन्य कृषिजन्य वस्तुहरूको उपयोग गरि बायोमास पेलेट तथा ब्रिकेटको उत्पादन गरिन्छ । बायोमास पेलेट गोलाकार ६ देखि १२ एमएम व्यास भएको बटकुला आकारको रुपमा उत्पादन हुन्छ भने बायोमास ब्रिकेट ७० देखि ९० एमएम व्यासको बेलानाकारको रुपमा बन्छ ।
पेलेटको आकार सानो हुने भएकाले सिधै कोइला तथा दाऊराको ठाउँमा उपयोग गर्न सकिन्छ । ग्यासको सट्टामा पेलेट चुलोको उपयोग गरि ग्याँसको क्षमता बराबर यसले घरेलु, होटेल रेस्टुरेन्टमा तथा मेसको लागि खान पकाउन प्रयोग हुन्छ । दूधजन्य खुवा बनाउन, नमकीन बनाउन उपयोग गर्न साथै, औद्योगिक क्षेत्रमा दुध डेरीको बॉयलर तताउन, कागज, चिया, साबुन, टाइल, फार्मा, कपडालगायत उद्योगको भट्टी तताउन यसको प्रयोग गर्न सकिन्छ ।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











