सीप कार्यक्रममा सूचीकृत हुन आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु शैक्षिक सत्रका लागि शिक्षामा सीप कार्यक्रममा प्रशिक्षण दिन चाहने सङ्घसंस्था तथा व्यक्तिहरूलाई विद्यालयमा सूचीकृत हुन अनुरोध गरेको छ ।
उक्त कार्यक्रम कामपाले आफ्नो कार्यक्षेत्रमा रहेका ५६ माविमा गत वैशाख १२ गतेदेखि सुरु गरेको थियो । माध्यमिक तह कक्षा ९ र १० मा शिक्षामा सीप सञ्चालन हुने सामुदायिक विद्यालयका लागि प्रशिक्षक सूचीकृत हुन आग्रह गरिएको कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले जानकारी दिनुभयो । हाल कामपामा २९ वटा सामुदायिक विद्यालय छन् ।
उहाँका अनुसार पाठ्यपुस्तकबाट प्राप्त सैद्धान्तिक ज्ञानसँगै जीवनोपयोगी, सीपमूलक, व्यावहारिक शिक्षा प्रदान गरेर विद्यालय तह पूरा गर्दा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्न यस प्रकारको कार्यक्रम थालनी गरिएको हो ।
यस कार्यक्रमका लागि १० विषय राखिएको छ । कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), काष्ठकला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), पाक कला, फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान (वायरिङ एन्ड इलेक्ट्रिकल), विपद् पूर्वतयारीका लागि भवन निर्माणको रैथाने ९परम्परागत० कला, मोबाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधा तालिमका विषयहरु हुन् ।
दश विधामध्ये मूर्तिकला विधा तालिमका लागि कामपा र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानबीच सम्झौता भइसकेकाले बाँकी नौ विधाका लागि मात्रै सूचीकृत गर्न पाइनेछ ।
दश क्षेत्रमा तालिम कक्षा सञ्चालन गरिरहेको व्यक्ति तथा संस्था सूचीकृत हुनयोग्य हुनेछन् । सूचीकृत सेवा प्रदायक संस्थाको अनुभवलाई ४० अङ्कमा, जनशक्तिको योग्यता, अनुभव र प्रशिक्षक प्रशिक्षण तालिमलाई ४० अङ्कमा, प्रविधि हस्तान्तरणसम्बन्धी प्रतिविद्वतालाई १० अङ्कमा र आर्थिक तथा प्राविधिक क्षमतालाई १० अङ्कमा मूल्याङ्कन गरेर प्रशिक्षक छनोट गरिनेछ ।
जनशक्तिको योग्यता, अनुभव र प्रशिक्षक प्रशिक्षण सूचकमा, तालिम संयोजकको शैक्षिक योग्यता स्नातकोत्तर भए पाँच अङ्क र स्नातक भए तीन अङ्क दिइनेछ । तालिम संयोजन गरेको अनुभवलाई प्रतिवर्ष एक अङ्क र बढीमा पाँच अङ्क दिइनेछ । ट्रेनिङ इन्स्टिच्युट फर टेक्निकल इन्स्ट्रक्चर (टिआइटिआई) वा मान्यता प्राप्त संस्थाबाट प्रशिक्षक प्रशिक्षण प्राप्त योग्यतालाई पाँच अङ्क दिइनेछ ।
Comments
अरु समाचार
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
काठमाडाैं । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार...
-
हिमालय इङ्ग्लिस स्कूलका प्रिन्सिपल खनाल ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ बाट सम्मानित हुँदै
विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित हिमालय इङ्ग्लिस स्कूलका संस्थापक प्रिन्सिपल कमल खनालले इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५ प्राप्त गर्ने भएका...
-
जेन–जी आन्दोलनमा उत्तर पुस्तिका जल्याे, पुनःपरीक्षा लिने त्रिबिकाे तयारी !
काठमाडौं । गत भदौ महिनाको २२ र २३ गतेको जेन–जी आन्दोलनमा उत्तर पुस्तिका नष्ट भएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको पुनःपरीक्षा सञ्चालन...
-
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक !
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार...












