सङ्घीय संसद्का १२ भवन द्रुत गतिमा निर्माण हुँदै
काठमाडौं । संघीय संसदका निर्माणाधीन १२ भवनको काम द्रुत गतिमा भइरहेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि ठूला बैठक कक्षसहित सानाठूला गरी १२ भवन एकै साथ निर्माण अघि बढिरहेका छन् ।
प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको टोलीले आज सिंहदरबार परिसरमा निर्माणाधीन भवनको अवलोकन गरेको छ । सो अवसरमा सहरी विकासमन्त्री सीता गुरुङले भवन निर्माणमा देखिएको चुनौती, समाधानका लागि गरिएका प्रयास र हालसम्मको प्रगतिबारे संसदीय टोलीलाई जानकारी गराए ।
निर्माणाधीन सङ्घीय संसद्को हालसम्मको भौतिक प्रगति ७७ प्रतिशत पुगेको सो अवसरमा जानकारी दिए । अवलोकनका क्रममा मन्त्री गुरुङले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै पहिलो प्राथमिकता राखेर सङ्घीय संसद्को नयाँ भवन निर्माण अघि बढाएको बताए ।
“भवन निर्माणलाई अघि बढाउने सिलसिलामा आएका चुनौतीलाई पन्छाएर ५० प्रतिशतबाट बढाएर अहिले भौतिक प्रगति ७७ प्रतिशत पु¥याइएको छ”, मन्त्री गुरुङले भने, “छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । समस्याको पहिचान र समाधानका लागि अहोरात्र प्रयास गरिराखेका छौँ ।”
भ्याट बाहेक रु छ अर्ब ९२ करोडको लागतमा अघि बढेको उक्त परियोजनाको वित्तीय प्रगति ६८.१ प्रतिशत पुगेको छ । उक्त भवन निर्माणका लागि हाल दैनिक तीन सयभन्दा बढी कामदार खटिएको आयोजना कार्यालयले जनाएको छ । लक्ष्यअनुरुप नै जिम्मेवारी पूरा गर्न दु्रत गतिमा काम गरिरहेको बताउँदै मन्त्री गुरुङले भवनको जिम्मेवारीलाई पूरा गर्न निर्माण तथा अनुगमनलाई नियमित गर्दै चुस्त बनाइएको जानकारी दिए ।
समिति सभापति रामहरि खतिवडाले पहिले नै तयारी हुनपर्ने भवन कोभिड–१९ सङ्क्रमणलगायत विभिन्न कारण र परिस्थितिले निर्माण प्रभावित हुँदैआएको प्रतिक्रिया दिए। कठिन मानिएको दुवै सदनको सभाकक्षको छानाको कार्य अघि बढिसकेको पनि त्यस अवसरमा जानकारी दिइएको थियो ।
खतिवडाले भने, “भवन निर्माणको हालको कार्य प्रगति सन्तोषजनक छ । मन्त्रिसहितको टोलीबाट भइरहेको मेहनत र प्रयासलाई धन्यवाद दिन्छौँ । आगामी बजेट अधिवेशन यो भवनबाट सुरु गर्ने वातावरणका लागि अनुरोध गरिएको छ ।” दुई सत्रमा कामदार खटाएर छिटोभन्दा छिटो काम पूरा गर्न निर्देशन दिइएको बताउँदै उनले आजसम्मको प्रगतिलाई हेर्दा निर्धारित समयमा निर्माण सम्पन्न गर्नाका लागि थप मेहनत गर्नुपर्ने देखिएको उल्लेख गरे ।
प्रतिनिधिसभाको भूइँ तलाको भित्री निर्माण र प्लास्टरको काम अन्तिम चरणमा पुगेको तथा अरु कार्य भने तदारुकताका साथ अघि बढिरहेको छ । आयोजना निर्देशक मचाकाजी महर्जनका अनुसार आयोजनाको भौतिक प्रगति ७७ प्रतिशत पुगेको र पछिल्लो सम्झौता बमोजिम आगामी चैत १५ गतेसम्म भवन हस्तान्तरण गरिसक्नु पर्नेछ ।
अत्याधुनिक सुविधा सम्पन्न र विश्वमै उत्पादन भएका नयाँ प्रविधि जडान गरिने भनिएको उक्त भवन निर्माण सहरी विकास तथा भवन निर्माण विभाग मातहतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयबाट भइरहेको छ ।
Comments
अरु समाचार
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...
-
चलचित्र पत्रकार संघ सुनसरीमा नयाँ नेतृत्व, अध्यक्षमा सुवास संकल्प श्रेष्ठ र सचिवमा मनोज दाहाल चयन
धरान । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको तेस्रो अधिवेशनले चलचित्र पत्रकार सुवास संकल्प श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा...
-
प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताको आधार अपनाउन वरिष्ठ अधिवक्ता भट्टराईको जोड
काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति वरिष्ठताको आधारमा हुनुपर्नेमा जोड दिएका छन्। उनले हाल वरिष्ठताको मापदण्ड...












