शिक्षामा फड्को मार्दै बझाङका सामुदायिक विद्यालय
काठमाडौं । कालिका आधारभूत विद्यालय बिस्खेत थलाराका शिक्षक गगनबहादुर शाहीलाई विद्यालय हिजोआज आफ्नै घरजस्तै लाग्छ । छ घण्टामात्रै विद्यालय समय भए पनि उहाँको दैनिकी विद्यालय तथा विद्यार्थीसँगै बित्ने गर्छ ।
खुला तथा सफा ठाउँ, मन मिल्ने सहकर्मी एवं विद्यार्थी अधिकांश समय विद्यालयमै हुने भएकाले शाही पनि विद्यालयबाट बाहिर जान खासै मन गर्दैनन् । दशकअघि र अहिले विद्यार्थीलाई पढाउँदा आफैँलाई फरक महसुस भइरहेको उनले बताए । “विद्यालयमा त पहिले पनि पढाइन्थ्यो । तर पहिलेको भन्दा केही वर्षयता निकै फेरिएको छ”, शाहीले भने, “उहिले कतिबेला विद्यालय समय सकिएलाजस्तो लाग्थ्यो । आजभोलि विद्यालय समय चाँडै बित्न थाल्योजस्तो लाग्छ ।”
उनका अनुसार विद्यालयमा आजभोलि सबै जना घरपरिवारका सदस्यजस्तै लाग्ने गर्छन् । “विद्यार्थी तथा शिक्षक परिवारका सदस्यजस्तै लाग्छन् । पहिले पढाउँदा निकै टाउको दुख्थ्यो । विद्यार्थीलाई बुझाउनै सकिँदैनथ्यो । आजभोलि शैक्षिक सामग्री, बसाइ व्यवस्थापन, शिक्षक–विद्यार्थीबीचको घनिष्टताले सिकाउन निकै सहज भएको छ”, उनले भने ।
विद्यालयमा शाहीको शालीनतालाई सबैले सम्मान गर्छन् । उनी पनि आफ्नो सिकाइ तथा व्यवहार परिवर्तन गरेको जस सिकाइ परियोजनालाई दिन्छन् । उनी भन्छन्, “विद्यार्थीप्रतिको मेरो व्यवहार परिवर्तन हुनुको जस सिकाइ परियोजनालाई दिन्छु । पहिले बालबालिका र मेरो दूरी निकै टाढा हुन्थ्यो । अहिले पारिवारिक सदस्यको जस्तै छ ।” परियोजनाले विभिन्न तालिम नदिएको भए यो परिवर्तन आउन नसक्ने उनले बताए । “मलाई ज्ञान, सीप सबै थियो तर प्रयोग गर्न नजानेको रहेछु, अहिले परियोजना देउताजस्तै खडा भएर आयो ।”
शाहीको जस्तै अनुभव भगवती आधारभूत विद्यालयका शिक्षक जन्मदेव ओझाको छ । ओझा पनि विद्यालयको समयभन्दा बढी शिक्षक विद्यार्थीसँगै दिन बिताउँछन् । जिल्लामा शिक्षकका लागि क्षमता विकास तालिम लिएपछि आफूलाई अध्यापन गराउन सहज भएको उनले बताए ।
तालिममा कक्षाकोठा व्यवस्थापन र सामग्री निर्माण तथा व्यवस्थापन गर्दा शिक्षक–विद्यार्थीबीचको सम्बन्ध सौहाद्र्रपूर्ण हुने उनको बुझाई छ । “शिक्षकले यता भने विद्यार्थी उता जान्थे”, उनले भने, “विद्यार्थीले नपढेमा, शिक्षकले भनेको अटेर गरेमा डण्डा चलाउनुपथ्र्यो । आजभोलि पठनपाठन सहजताका लागि पर्याप्त शैक्षिक सामग्री कक्षाकोठामै छन् । ती सामग्री हेरेर पढाउँदा विद्यार्थीले पनि बुझ्छन् । हामीलाई पनि पढाउन सजिलो हुन्छ ।”
केही वर्षयता भने विद्यालयमा विद्यार्थीमाथि दमन पूर्णरूपमा बन्द गरेको उनले बताए । “गर्न चाहेमा विद्यालयलाई घरजस्तै बनाउन सकिँदोरहेछ”, उनले भने । थलारा गाउँपालिकाका दुई विद्यालयमात्रै नभई पालिकाका सबै विद्यालयको मुहार फेरिएको छ । प्रविधिमैत्री, उपकरणमैत्री, आधुनिक सिकाइमैत्री वातावरणमा बालबालिका रमाएर पढ्न थालेका छन् । विद्यालय परिवर्तनको श्रेय सिकाइ परियोजनालाई जान्छ ।
युएमएनको सहयोग तथा प्रगतिशील युवा समाजको आयोजनामा सञ्चालित सिकाइ परियोजना लागू भइसकेपछि थलारा गाउँपालिकाका सामुदायिक विद्यालय रूपान्तरण भएको थलारा गाउँपालिकाका उपाध्यक्ष रामबहादुर खातीले बताए । उनले भने, “परियोजना लागू भएपछि शिक्षामा निकै योगदान भएको छ । परियोजना थप भए अझै थलारामा शिक्षाले फड्को मार्ने थियो ।”
उनका अनुसार सामुदायिक विद्यालय विद्यार्थीको आनीबानी, सरसफाइ, शैक्षिक सामग्रीको व्यवस्थापनमा धेरै सुधार भएको छ । आफूले अनुगमन गर्दा बालबालिकाले करेसाबारी, फूलबारी बनाउनुपर्छ भन्ने सिकाइ भएको उनले बताए ।
प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लवराज जोशी पनि आफूले सामुदायिक विद्यालयमा गरेको प्रयासले केही परिवर्तन भएको बताउँछन् । उनले भने, “सबैको सहकार्यमा आफ्नो पहिलो चरणमा काम पूरा गरेका छौँ । विद्यालय फेरिनुमा धेरैको सहयोग रहेको छ ।” उनका अनुसार गुणस्तरीय शिक्षाको पहुँचमा वृद्धि गर्ने लक्ष्यका साथ पालिकामा काम गरेका हौँ । केही हदसम्म लक्ष्य पूरा भएको उनले बताए ।
परियोजनाको अवधिभर सिकाइ आदान–प्रदानमा शिक्षकको घुम्ती बैठक, दुई सय ५४ जना विद्यालय व्यवस्थापन समिति सदस्य तथा शिक्षकले तालिम प्राप्त गरेका छन् । जोशीका अनुसार १६ वटा विद्यालयमा शौचालय निर्माण तथा मर्मत, १३ वटा विद्यालयमा खानेपानी व्यवस्था, छवटा विद्यालयका १४ वटा कक्षाकोठा मर्मत तथा सुधार, १२ जना अभिभावकलाई शिक्षासम्बन्धी तालिम, १२ जनालाई दक्ष प्रशिक्षक तालिम, छवटा स्थानमा पढाइ क्लब गठनलगायतका काम गरेको छ ।
Comments
अरु समाचार
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
काठमाडाैं । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार...
-
हिमालय इङ्ग्लिस स्कूलका प्रिन्सिपल खनाल ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ बाट सम्मानित हुँदै
विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित हिमालय इङ्ग्लिस स्कूलका संस्थापक प्रिन्सिपल कमल खनालले इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५ प्राप्त गर्ने भएका...
-
जेन–जी आन्दोलनमा उत्तर पुस्तिका जल्याे, पुनःपरीक्षा लिने त्रिबिकाे तयारी !
काठमाडौं । गत भदौ महिनाको २२ र २३ गतेको जेन–जी आन्दोलनमा उत्तर पुस्तिका नष्ट भएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको पुनःपरीक्षा सञ्चालन...
-
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक !
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार...












