नाम चलेका विराटनगरका सामुदायिक विद्यालयको नतिजा एसईईमा कमजाेर
विराटनगर।अंग्रेजी माध्यमबाट अध्यापन हुने विराटनगरका नाम चलेका सामुदायिक विद्यालयमध्ये विराटनगरका पोखरीया माध्यमिक, आदर्श मावि र सत्यनारायण माविले यसवर्ष शतप्रतिशत नतिजा हासिल गर्न सकेनन् । विभिन्न नीजि विद्यालयमा अध्ययनरत विद्यार्थीलाई भर्ना लिएर अंग्रेजी माध्यमको अध्यापन सुरु गरेका यी विद्यालयमा वर्षेनी नीजि विद्यालयहरूका सयौं विद्यार्थी भर्ना हुने गरेका थिए ।
अभिभावकले खर्च बचत गर्न होस् या सामुदायिक विद्यालयको सर्टिफिकेटको महत्व हुन्छ भन्ने प्रचारप्रसारले वर्षेनी सयौं विद्यार्थी नीजि छाडेर यीनै नाम चलेका विद्यालयमा भर्ना हुने गरेका थिए । तर यसपालिको एसईईको नतिजाले भने अभिभावकको आशालाई निराशामा परिणत गर्ने देखिन्छ । यस वर्षको सामुदायिक विद्यालयहरूको नतिजा हेर्ने हो भने आदर्श माविबाट ३ सय ७९ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए ।
तिमध्ये ८४ जना विद्यार्थीले एनजी अर्थात अनुत्तीर्ण हुन पुगेका छन्। आदर्श माविका ७७ दशमलव ७७ प्रतिशत विद्यार्थी उत्तिर्ण हुँदा २२ दशमलव २३ प्रतिशत विद्यार्थी अनुत्तिर्ण भएका छन्। यस्तै पोखरीया माविका ४ सय २९ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए । तिमध्ये ९४ जना विद्यार्थी अनुत्तीर्ण भएका छन्। यस पोखरीया माविका २१ दशमलव ९४ प्रतिशत विद्यार्थीले एनजी ल्याएपछि आदर्श माविको नतिजा ७८ दशमलव ०६ प्रतिशतमा मात्र देखियो ।
यस्तै विराटनगरकै सत्यनारायण माविका ३ सय २५ विद्यार्थीले एसईई परीक्षा दिएकोमा ९० जना अनुत्तीर्ण हुन पुगेका छन् । जसको नतिजा प्रतिशतमा ७२ प्रतिशत उत्तिर्ण र २८ प्रतिशत अनुत्तीर्ण हुन पुगेका छन् । यस्तै संस्थागत अर्थात निजी विद्यालयतर्फ एभरेष्ट इङ्लिस बोडिङ स्कुल र सगरमाथा माविले शतप्रतिशत नतिजा हासिल गर्दा विराटनगरकै नाम चलेको बि.के.भी.एम. र सेन्ट जोसेफ स्कुललाई समेत यस पटक नराम्रो झड्का लागेको छ। बि.के.भी.एम.का २ सय ६१ विद्यार्थीले एसईई परीक्षामा भाग लिँदा ५ जनाले एनजी ल्याएका छन्। जसका कारण शतप्रतिशत नतिजा ल्याउने आशा गरेको बि.के.भी.एम.को नतिजा ९७ दशमलव ७ प्रतिशत मात्र उतिर्ण भएका छन्।
यस्तै विराटनगरकै सेन्ट जोसेफ स्कुलबाट ८८ जनाले परीक्षा दिएकोमा १३ जनाले एनजी ल्याएका छन्। यो नतिजा हेर्दा ८५ दशमलव २२ प्रतिशत विद्यार्थी पास भएका छन्। सगरमाथाबाट १०७ जनाले एसईई परीक्षा दिएका थिए भने एभरेष्ट विद्यालयबाट २१२ जना एसईई परीक्षामा सहभागी थिए । यी दुई विद्यालयले भने शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन् । यीनै तथ्याङ्कलाई हेर्ने हो भने पनि नीजि विद्यालयसँग प्रतिष्पर्धा गर्न सामुदायिक विद्यालयले निकै मेहनत गर्नुपर्ने देखिन्छ ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...












