प्रधानन्यायाधीश श्रेष्ठ इजलाशमा बस्न छाडे
काठमाडौं। सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले आज भदौ १७ गतेबाट इजलाशमा बसेर मुद्दा हेर्न छाडेका छन्। भोली भदौ १८ गतेबाट उनले विधिवत रूपमा इजलाशमा नबस्ने स्रोतले बताएको छ। तर पुराना मुद्दाको विस्तृत फैसला लेख्ने र निर्णय सुनाउने कार्य भने गर्ने भएका छन्।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले अनिवार्य अवकास हुनुभन्दा एक महिना अगाडिबाट घर विदामा बसेर कामु प्रधानन्यायाधीशलाई जिम्मेवारी दिदै पुराना फैसलामा निर्णय लेख्ने,निर्णय सुनाउने र हस्ताक्षर गर्ने प्रचलन रहिआएको छ।
प्रधानन्यायाधीश श्रेष्ठ आगामी २०८१ असोज २० गतेबाट ६५ वर्ष पूरा भएर अनिवार्य अवकासमा जादैछन। त्यही भएर उनले भोली भदौ १८ गतेबाट विदामा बस्ने भएका हुन्। प्रधानन्यायाधीश श्रेष्ठले अवकास पाएपछि वरिष्ठ न्यायाधीश प्रकाश बहादुर सिंह राउत भावी प्रधानन्यायाधीश हुने र न्यायाधीश सपना प्रधान वरिष्ठ न्यायाधीश बन्ने सर्वोच्च अदालत निकट स्रोतले बताएको छ।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...












