एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समार्फत गराउने क्यानको तयारी
काठमाडौं। नेपालमा पहिलोपटक हुन लागेको फ्रेन्चायज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समार्फत गराउने तयारी भइरहेको क्रिकेट एसोसिएसन नेपाल(क्यान)ले जनाएको छ ।
एनपीएलको कमर्सियल पार्टनर ब्रान्ड लोजिकले प्रतियोगिताको ब्रोडकास्टिङ राइट्सका लागि स्टार स्पोर्ट्ससँग छलफल गरिरहेको र अन्तिम चरणको कुराकानी भइरहेको क्यान स्रोतले जनाएको हो।
ब्राण्ड लजिकका प्रमुख कार्यकारी अधिकारी रोशन निरौलाले पनि नेपाल प्रिमियर लिगको प्रसारण अधिकारका लागि स्टार स्पोर्ट्स नेटवर्कसँगको छलफल सकारात्मक रूपमा अघि बढिरहेको र छिट्टै सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरेका छन् । उनले भनेका भने, ‘स्टार स्पोर्ट्ससँगको छलफल अहिले अन्तिम चरणमा पुगेको छ र हामी छिट्टै सकारात्मक नतिजा सार्वजनिक गर्छौं ।’
स्टार स्पोर्ट्स विश्वको चर्चित खेलकुद च्यानल हो जसमा विश्वकप क्रिकेटदेखि आइपीएलसम्म प्रसारण हुँदै आएको छ । विभिन्न ८ टोलीले सहभागीता जनाउने लिग नेपाल प्रिमियर लिग (एनपीएल) आगामी मंसिर १५ गते देखि पुस ६ गते सम्म काठमाडौंमा आयोजना हुँदैछ ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












