एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समार्फत गराउने क्यानको तयारी
काठमाडौं। नेपालमा पहिलोपटक हुन लागेको फ्रेन्चायज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समार्फत गराउने तयारी भइरहेको क्रिकेट एसोसिएसन नेपाल(क्यान)ले जनाएको छ ।
एनपीएलको कमर्सियल पार्टनर ब्रान्ड लोजिकले प्रतियोगिताको ब्रोडकास्टिङ राइट्सका लागि स्टार स्पोर्ट्ससँग छलफल गरिरहेको र अन्तिम चरणको कुराकानी भइरहेको क्यान स्रोतले जनाएको हो।
ब्राण्ड लजिकका प्रमुख कार्यकारी अधिकारी रोशन निरौलाले पनि नेपाल प्रिमियर लिगको प्रसारण अधिकारका लागि स्टार स्पोर्ट्स नेटवर्कसँगको छलफल सकारात्मक रूपमा अघि बढिरहेको र छिट्टै सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरेका छन् । उनले भनेका भने, ‘स्टार स्पोर्ट्ससँगको छलफल अहिले अन्तिम चरणमा पुगेको छ र हामी छिट्टै सकारात्मक नतिजा सार्वजनिक गर्छौं ।’
स्टार स्पोर्ट्स विश्वको चर्चित खेलकुद च्यानल हो जसमा विश्वकप क्रिकेटदेखि आइपीएलसम्म प्रसारण हुँदै आएको छ । विभिन्न ८ टोलीले सहभागीता जनाउने लिग नेपाल प्रिमियर लिग (एनपीएल) आगामी मंसिर १५ गते देखि पुस ६ गते सम्म काठमाडौंमा आयोजना हुँदैछ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











