ताजा समाचार

त्रिवि कार्यकारी परिषदद्वारा ८ डीन सहित ३ निर्देशक नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत ८ डीन र ३ निर्देशक नियुक्त भएका छन् । शनिबार त्रिविको कार्यकारी परिषद्ले डीन र निर्देशक नियुक्त गरेको हो ।

नवनियुक्त डीनहरुमा शिक्षाशास्त्र संकायतर्फ प्रा‍.डा. बेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक ठाकुर सिलवाल, चिकित्साशास्त्र अध्ययन संस्थानमा प्रा‍.डा. मोहनराज शर्मा, मानविकी तथा सामाजिकशास्त्रतर्फ प्रा‍.डा. दुबिनन्द ढकाल छन् ।

त्यस्तै, व्यवस्थापन संकायमा प्रा‍.डा. महानन्द चालिसे, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्रा‍.डा. शंकर खनाल, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक डा.किशोरचन्द्र दाहाल र इन्जिनियरिङ अध्ययन संस्थानमा प्रा‍.डा. सुशीलबहादुर बज्राचार्य रहेका छन् ।

यसैगरी परिषदले शिक्षा विकास तथा अनुसन्धान केन्द्रको निर्देशकमा डा.सहप्राध्यापक राजेन्द्र कुँवर, व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशकमा प्रा‍.डा. म‍ीना राजभण्डारी र योजना निर्देशनालयको निर्देशकमा सहप्राध्यापक डा.लक्ष्मीकान्त शर्मालाई नियुक्त गरेको छ ।

यसअघि त्रिविको सिनेट बैठकमा त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पुस ७ गतेभित्र सबै नियुक्ती गर्न निर्देशन दिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org