समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकद्वारा निक्षेप फिर्ता सुरु
काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी व्यवस्थापन जिम्मा लिएको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले बुधबारदेखि निक्षेप फिर्ता सुरु गरेको जनाएको छ ।
नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहका सदस्य विष्णुपुकार विश्वकर्माका अनुसार बुधबार बैंकले झन्डै दुई करोड रुपैयाँ निक्षेप फिर्ता गरेको जानकारी दिए। बैंकका १९ शाखामध्ये १६ वटा शाखा मार्फतप्रति व्यक्ति बढीमा २५ हजार रुपैयाँका दरले एउटा शाखामा ५० जनाका दरले ८ सय जना भन्दा बढीलाई रकम फिर्ता गरिएको विश्वकर्माको भनाई छ ।
आज बिहीबार थप तीन शाखाबाट पनि निक्षेप फिर्ता गरिने विश्वकर्माले जानकारी दिए । निक्षेप फिर्ता पाउने शाखामध्ये दाङका ७, बर्दियाका ६ र बाँकेका ३ वटा रहेका छन् ।
नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहका संयोजक टीकाराम खतिवडाले एक सूचना प्रकाशित गरी प्रथम चरणमा बिरामी, वृद्ध, बालबालिकालाई औषधि उपचार प्रयोजनका लागि आवश्यक कागजात पेश गरेको आधारमा अधिकतम् २५ हजार रुपैयाँका दरले ५० जनाका दरले निक्षेप भुक्तानी गर्ने उल्लेख थियो ।
नेपाल राष्ट्र बैंकले व्यवस्थापनको जिम्मा लिए यता कर्णाली बैंकमा दिनहुँ निक्षेपकर्ताको भीड लागिरहेको छ । नेपाल राष्ट्र बैंकको प्रारम्भिक छानबिनमा बैंकमा अनियमिता भएको आशंका गरिएको छ । विश्वकर्माले भने,‘रकम गडबड भएकै हो । बढीमा एक हप्ताभित्र समूहले छानबिन गरिसक्नेछ ।’
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












