समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकद्वारा निक्षेप फिर्ता सुरु
काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी व्यवस्थापन जिम्मा लिएको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले बुधबारदेखि निक्षेप फिर्ता सुरु गरेको जनाएको छ ।
नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहका सदस्य विष्णुपुकार विश्वकर्माका अनुसार बुधबार बैंकले झन्डै दुई करोड रुपैयाँ निक्षेप फिर्ता गरेको जानकारी दिए। बैंकका १९ शाखामध्ये १६ वटा शाखा मार्फतप्रति व्यक्ति बढीमा २५ हजार रुपैयाँका दरले एउटा शाखामा ५० जनाका दरले ८ सय जना भन्दा बढीलाई रकम फिर्ता गरिएको विश्वकर्माको भनाई छ ।
आज बिहीबार थप तीन शाखाबाट पनि निक्षेप फिर्ता गरिने विश्वकर्माले जानकारी दिए । निक्षेप फिर्ता पाउने शाखामध्ये दाङका ७, बर्दियाका ६ र बाँकेका ३ वटा रहेका छन् ।
नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहका संयोजक टीकाराम खतिवडाले एक सूचना प्रकाशित गरी प्रथम चरणमा बिरामी, वृद्ध, बालबालिकालाई औषधि उपचार प्रयोजनका लागि आवश्यक कागजात पेश गरेको आधारमा अधिकतम् २५ हजार रुपैयाँका दरले ५० जनाका दरले निक्षेप भुक्तानी गर्ने उल्लेख थियो ।
नेपाल राष्ट्र बैंकले व्यवस्थापनको जिम्मा लिए यता कर्णाली बैंकमा दिनहुँ निक्षेपकर्ताको भीड लागिरहेको छ । नेपाल राष्ट्र बैंकको प्रारम्भिक छानबिनमा बैंकमा अनियमिता भएको आशंका गरिएको छ । विश्वकर्माले भने,‘रकम गडबड भएकै हो । बढीमा एक हप्ताभित्र समूहले छानबिन गरिसक्नेछ ।’
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











