स्वर्णयुग सुरु भयो, अबैधानिक रुपमा बसोबास गर्नेलाई फिर्ता पठाइने छ: ट्रम्प
काठमाडौं – अमेरिकाको ४७ औं राष्ट्रपतिका रुपमा सोमबार डोनाल्ड ट्रम्पले सपथ लिएका छन् । रिपब्लिकनका तर्फबाट चुनाव जितेका ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेका हुन् । सपथ ग्रहण समारोहमा सहभागी हुँदै ट्रम्पले आफ्नो सम्वोधनमा भने, ‘आजदेखि अमेरिकाको स्वर्ण युग सुरु भयो । हाम्रो देश अब समृद्ध र सम्मानित हुनेछ । म साफसँग भन्न चाहन्छु कि म सधैं अमेरिकालाई प्राथमिकता दिनेछु ।’
राष्ट्रपति ट्रम्पले अमेरिकाको सम्प्रभुता, सुरक्षा र न्यायको सन्तुलन कायम गरिने बताएका छन् । राष्ट्रपति बनेकै दिन उनले अमेरिका–मेक्सिको सीमानामा राष्ट्रिय संकटकाल घोषणा गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने कार्यक्रम राखेर ट्रम्पले आप्रवासीहरुप्रति कडा नीति अख्तियार गर्ने अनुमानलाई बल प्रदान गरेका छन् ।
बीबीसीका अनुसार राष्ट्रपति ट्रम्पले यो पनि भनेका छन् कि अमेरिकामा अबैधानिक रुपमा बसोबास गरिरहेकाहरुलाई उनीहरुको देशमा फिर्ता पठाइने प्रक्रिया सुरु गरिने छ । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस पुग्दा उनलाई ह्वाइट हाउसमा राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले स्वागत गरेका थिए । ट्रम्प पत्नी मेलानियासहित ह्वाइट हाउस पुगेका थिए । सपथ समारोहका लागि दुई राष्ट्रपति क्यापिटल रोटुण्डा पुगेका थिए।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












