ताजा समाचार

एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।

थापाले एमालेका नेताहरू ईश्वर पोखरेल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र योगेश भट्टराईलगायतलाई लक्षित गर्दै ‘१२ भाइले छाड्नुस्’ भन्न मिल्ने तर पार्टीको पुनर्गठनको विषय उठाउन नमिल्ने धारणा व्यक्त गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “ईश्वर पोखरेल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र योगेश भट्टराईलगायत १२ भाइले छाड्नुस् भन्न मिल्छ। अध्यक्ष केपी शर्मा ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन!”

थापाको उक्त टिप्पणीले एमालेभित्र नेतृत्व, प्यानल र संगठन पुनर्गठनसम्बन्धी बहसलाई संकेत गरेको देखिन्छ।

सुर्य थापाको फेसबुक स्टाटस जस्ताको तस्तै:

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org