साइबर अपराधको नियन्त्रण कुनै एक राष्ट्रको मात्र पहलमा सम्भव छैन्ः नायब महान्यायाधिवक्त घिमिरे
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्त डा.टेक बहादुर घिमिरेले डिजिटल अपराधहरू सीमाहीन भएकाले अपराधीहरू अन्तर्राष्ट्रिय कानुनी जटिलताहरूको फाइदा उठाउँदै अनुसन्धान प्रक्रियाबाट उम्कने प्रयास गर्ने गरेको बताएका छन् ।
आज काठमाडौंमा “डिजिटल युगका अपराधःपूर्वानुमान र प्रतिकार” विषयक दुईदिने डिजिटल अपराध सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा स्वागत मन्तव्य राख्दै उनले यस्तो बताएका हुन् । नेपाल, भारत, चीन, श्रीलंका, बेलायत लगायत देशका अनुसन्धानकर्ता, अपराधशास्त्रका विज्ञहरु, एआई विशेषज्ञ, अभियोजक, कानूनविज्ञ तथा न्यायाधीश हरुको समेत सहभागिता रहेको सम्मेलनमा घिमिरेले, अहिलेको परिप्रेक्ष्यमा, हाम्रो मूल चिन्ताको विषय डिजिटल अपराधहरूको वृद्धिभन्दा बढी, यस्ता अपराधहरूसँग प्रभावकारी रूपमा सामना गर्न हाम्रो कानुनी संरचना, अनुसन्धानका साधनहरू तथा अभियोजन रणनीतिहरू पर्याप्त र सशक्त छन् वा छैनन् भन्ने रहेको समेत बताएका छन् ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै उनले भने, ‘‘यस सम्मेलनमा नेपाल तथा मित्र राष्ट्रहरुबाट विभिन्न तहका सरकारी वकीलहरू, अदालतका अधिकृतहरू, नेपाल राष्ट्र बैंकका पदाधिकारीहरू तथा सम्बन्धित मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिताले यस कार्यक्रमको महत्त्वलाई अझ बढाएको छ । यहाँहरूको उपस्थिति ज्ञान आदानप्रदानका लागि मात्र नभई डिजिटल अपराध नियन्त्रणका लागि हाम्रो साझा प्रतिबद्धताको प्रतीक पनि हो ।’’
त्यस्तै घिमिरेले, सूचना प्रविधिको विकासले हाम्रो जीवनशैलीसँगै अपराधको स्वरूपमा पनि व्यापक परिवर्तन आएको प्रष्ट पारे । उनले प्रविधिको तीव्र प्रगतिले विश्वव्यापी नवप्रवर्तन, आर्थिक वृद्धिलाई तिव्र गतिमा अघि बढाएको छ, तर यसको दुरुपयोगले नयाँखाले आपराधिक गतिविधिहरूको विस्तार भइरहेको बताउँदै, पहिचान चोरी, वित्तीय ठगी, साइबर आतंकवाद, मानव बेचबिखन तथा प्रविधिको दुरुपयोगद्वारा गरिने यौनजन्य हिंसा जस्ता अपराधहरू नियन्त्रण गर्न चुनौतीपूर्ण बन्दै गएको जिकिर गरे ।
त्यस्तै, महान्यायाधिवक्त घिमिरेले प्रभावकारी अभियोजनको आधार आधुनिक प्रविधि Digital Forensic मा आधारित अनुसन्धान भएको बताए । उनले भने, ‘‘डिजिटल अपराधका घटनाहरूको अनुसन्धानमा परम्परागत अनुसन्धान विधिले मात्र पर्याप्त हुँदैन, किनभने अपराधीहरू Encrypted Network, Dark Web, तथा प्रमाण नष्ट गर्ने जटिल प्रविधिहरूको प्रयोग गर्दै अनुसन्धान प्रक्रियालाई चुनौती दिइरहेका छन् । तसर्थ, डिजिटल अपराध अनुसन्धानलाई प्रविधिसँग अभिसम्पन्न बनाउन अत्याधुनिक उपकरण तथा प्रविधिको प्रयोग अनिवार्य छ । विशेष साइबर अपराध अनुसन्धान इकाइहरूको स्थापना गर्दै कानुनी तथा प्राविधिक विज्ञहरूको संयुक्त कार्यदल परिचालन गर्नु अपरिहार्य छ । साथै, अन्तर्राष्ट्रिय सहकार्यलाई थप सशक्त पार्दै साइबर अपराध अनुसन्धानका लागि द्रुत, सुरक्षित, र प्रभावकारी म्बतब– भ्हअजबलनभ संयन्त्रको विकास गर्न आवश्यक छ । ’’
साइबर अपराध नियन्त्रणको जिम्मेवारी कुनै एक राष्ट्रको मात्र हुन बताउँदै उनले भने, ”अपराधीहरू बहुराष्ट्रिय कानुनी अपूर्णतालाई उपयोग गरेर सजिलै उम्कन सक्छन्। त्यसैले, अन्तर्राष्ट्रिय कानुनी मापदण्डहरूमा एकरूपता ल्याउने, कानुनी सहयोग संयन्त्रहरू (Mutual Legal Assistance) लाई प्रभावकारी बनाउने, तथा विद्युतीय प्रमाणहरूको सुरक्षित आदानप्रदान सुनिश्चित गर्न खाँचो छ । अन्तर्राष्ट्रिय कानुनी संस्थाहरूसँग सहकार्य गर्दै साइबर अपराधका मुद्दाहरूमा संयुक्त अनुसन्धान तथा अभियोजन गर्न आवश्यक छ। नेपालले पनि डिजिटल अपराध नियन्त्रणका लागि ठोस पहल गरिरहेको छ । डिजिटल फरेन्सिक क्षमताको विस्तार, अन्तरसंस्थागत समन्वय अभिवृद्धि, तथा अन्तर्राष्ट्रिय सहकार्यलाई मजबुत बनाउने कार्यलाई हामी प्राथमिकतामा राखिरहेका छौँ ।”
यो सम्मेलन नीति–निर्माण, अभियोजन दक्षता तथा न्याय प्रणाली सुधारका लागि मार्गचित्र बन्नेमा उनले विश्वास व्यक्त गरेका छन् । डिजिटल अपराध नियन्त्रणको जिम्मेवारी केवल कानुन कार्यान्वयन निकायहरूको मात्र होइन, सरकार, अन्तर्राष्ट्रिय संस्थाहरू, निजी क्षेत्र तथा नागरिक समाजको सक्रिय भूमिका पनि अनिवार्य रहेको उनको भनाई छ ।
उक्त कार्यक्रममा प्रधानमन्त्री के.पी. शर्मा ओली, सर्वोच्च अदालतका न्यायाधीश श्रीमान् सपना प्रधान मल्ल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख, प्रेमकुमार राई,महालेखा परीक्षक तोयम राया, मुख्य सचिव एकनारायण अर्याल, मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल सहित सुरक्षा निकायका प्रमुखहरु र विभिन्न १३ देशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
नायब महान्यायधिवक्त घिमिरले प्रस्तुत गुर्नभएको मन्तव्यको पूर्णपाठः
Welcome Speech by Dr. Tek Bahadur Ghimire
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...












