प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दै
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दै छ, जसमा प्रमुख एजेन्डा संक्रमणकालीन न्याय हुने बताइएको छ। राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीहरूले सक्रियता बढाएपछि प्रमुख दलका नेताहरूको संयुक्त बैठक पहिलोपटक बस्न लागेको हो।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा अपराह्न ४ बजे बैठक बस्नेछ। प्रधानमन्त्री केपी शर्मा ओलीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलले बैठकको मुख्य एजेन्डा संक्रमणकालीन न्याय रहेको बताएका छन् ।
बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया लगायतका विषयमा छलफल गरिने तयारी छ। यसअघि यी दुवै आयोगमा पदाधिकारी नियुक्तिका लागि सर्च कमिटी गठन भएपनि, उक्त कमिटीले सिफारिस नगरी म्याद गुजारेको थियो। पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समितिले आवेदन आह्वान गर्ने, सूची बनाउने र आवेदकहरूसँग अन्तर्वार्ता गर्ने लगायतका प्रक्रिया पूरा गरेपनि, नियुक्तिका लागि नाम सिफारिस गर्न सकेका थिएनन्।
आजको बैठकमा राजावादीहरूको बढ्दो गतिविधि र गणतन्त्रवादी दलहरूको भूमिकाबारे पनि छलफल हुने बताइएको छ।
Comments
अरु समाचार
-
पूर्वराजाले हिंसात्मक गतिविधिका लागि दुर्गा प्रसाईंलाई खटाए ( संवोधनको पूर्णपाठ)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजाले अवाञ्जित व्यक्तिलाई जनकमाण्डर बनाएर दुर्गा प्रसाईंलाई खटाएको विषयमा आपत्ति जनाएका छन्। सोमबारको बैठकलाई सम्बोधन...
-
ज्ञानेन्द्र शाहीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन एमालेको माग
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले ज्ञानेन्द्र शाहीको अभिव्यक्ति प्रतिनिधिसभाको रेकर्डबाट हटाउन माग गरेका छन्। प्रधानमन्त्री केपी शर्मा...
-
राजावादीको आन्दोलनमा २ युवा मारिँदा पनि निर्मल निवासलाई दुखेन: विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राजावादीको हिँसात्मक आन्दोलनमा दुई युवाले ज्यान गुमाउँदा पनि पूर्वराजा ज्ञानेन्द्रले दुःख व्यक्त नगरेकोमा...
-
दंगा भड्काउने एक वर्षदेखिको प्रयासमा पूर्वराजा मिसिए : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह एक वर्षदेखि सामाजिक सद्भाव भड्काएर समाज बिथोल्ने प्रयासमा मिसिँदा तीनकुने घटना...
-
प्रतिनिधिसभामा आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ...
-
त्रिवि क्याम्पसमा रोकिएको स्ववियु निर्वाचन आज
काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा रोकिएको स्ववियु निर्वाचन आज हुँदै छ । आज बिहान ८ बजेदेखि मतदानको तयारी गरिएको...
-
गणतन्त्र विरुद्धको गतिविधिमा मुख्य जिम्मेवार ज्ञानेन्द्र शाह: प्रमुख दलहरु
काठमाण्डौ । गणतन्त्र पक्षधर प्रमुख दलहरुले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध भइरहेको गतिविधिमा मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र भएको निष्कर्ष...
-
राजावादीले भाटभटेनीमा तोडफोड र लुटपाट गर्दा ८० लाख बढीको क्षति
काठमाडौं । चैत १५ गते काठमाडौंको तिनकुनेमा भएको राजावादी प्रर्दशन अराजक र हिंसात्मक बन्दा कोटेश्वरस्थित भाटभोटेनी सुपरमार्केट्समा करिब ८० लाखभन्दा...
-
कार्यसम्पादनमा उत्पन्न बाधा हटाउन प्रतिपक्षी दलहरुलाई एमालेको आग्रह
काठमाडौं । नेकपा (एमाले)ले संविधान र कानुनको व्यवस्थाअनुरुपको कार्यसम्पादनमा उत्पन्न बाधा हटाउनका लागि प्रतिपक्षी दलहरुलाई आग्रह गरेको छ । पार्टी...