नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा
काठमाडौं । गोँगबुस्थित नयाँ बसपार्कभित्र यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा परेका छन् । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुरक्षित बसपार्क निर्माणका लागि आइतबार नयाँ बसपार्कमा आयोजना गरिएको कार्यक्रममा यात्रुलाई अनावश्यक दुःख दिनेलाई कारबाही गरिएको जानकारी दिएको हो ।
महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले मुलुकको राष्ट्रिय बसपार्कलाई सुरक्षित र यात्रुमैत्री बनाउन नेपाल प्रहरी, यातायात व्यवसायी, यातायात मजदुर उत्तिकै जिम्मेवार रहेको बताए । महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नयाँबसपार्कमा जथाभावी रुपमा यात्रुको झोला तान्ने तथा यात्रुलाई अनावश्यक दुःख दिने कार्य रोक्नुपर्नेमा जोड दिए ।
प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायव उपरीक्षक निरन्जन थापाले राष्ट्रिय बसपार्कलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले काम गरिरहेको उल्लेख गरे । प्रहरी प्रभाग नयाँबसपार्कका प्रमुख, प्रहरी निरीक्षक राजन खड्काले चालू आर्थिक वर्षमा पक्राउ परेकामध्ये आठ जनालाई मुद्दा चलाइएको जानकारी दिए ।
नयाँबसपार्कबाट हाल देशभरका ७० जिल्लामा सार्वजनिक यातायात सञ्चालन हुँदै आएको छ ।नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लले पछिल्लो समय नयाँबसपार्कभित्र कार्यरत कर्मचारीलाई पोशाक र परिचयपत्रको व्यवस्था गरिएकाले सुरक्षित यात्राका लागि कर्मचारीसँग समन्वय गर्न सबैलाई आग्रह गरे ।
Comments
अरु समाचार
-
राजावादीले भाटभटेनीमा तोडफोड र लुटपाट गर्दा ८० लाख बढीको क्षति
काठमाडौं । चैत १५ गते काठमाडौंको तिनकुनेमा भएको राजावादी प्रर्दशन अराजक र हिंसात्मक बन्दा कोटेश्वरस्थित भाटभोटेनी सुपरमार्केट्समा करिब ८० लाखभन्दा...
-
कार्यसम्पादनमा उत्पन्न बाधा हटाउन प्रतिपक्षी दलहरुलाई एमालेको आग्रह
काठमाडौं । नेकपा (एमाले)ले संविधान र कानुनको व्यवस्थाअनुरुपको कार्यसम्पादनमा उत्पन्न बाधा हटाउनका लागि प्रतिपक्षी दलहरुलाई आग्रह गरेको छ । पार्टी...
-
नेपालमा सामाजिक सुरक्षाका कार्यक्रमको दायित्व वृद्धिदर उच्च
काठमाण्डाै । नेपालमा सामाजिक सुरक्षाका कार्यक्रमको दायित्व वृद्धिदर उच्च बनेको छ । विश्व बैंकको सामाजिक संरक्षण प्रतिवेदन अनुसार आर्थिक वर्षा...
-
थप अनुसन्धान गर्न रवीन्द्र र धवललाई ५ दिनको म्याद थप
काठमाडौं । राजावादीहरुको प्रदर्शनबाट भएको घटनालगायतका विषयबारे अनुसन्धानका लागि पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर...
-
दुर्गा प्रसाईंले प्रहरीसँग मागे माफी, भने- म भागेको छैन
काठमाडौं । चैत १५ गते वानेश्वरमा राजावादी प्रर्दशनलाई हिंसात्मक बनाउन मुख्य भूमिका खेलेका राजावादी प्रर्दशनका कमाण्डर दुर्गा प्रसाईंले भिडियो मार्फत...
-
तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार : सभामुख घिमिरे
काठमाडौं । सभामुख देवराज घिमिरेले शुक्रबार तीनकुनेमा भएको घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसदमा छलफल र बहस गर्ने वातावरण बनाउन दलहरूलाई...
-
प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अोलीले सर्वदलीय बैठक बोलाएका छन् । सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले...
-
काठमाडौं महानगरले पठाएको जरिवाना पत्र बुझ्न ज्ञानेन्द्रले गरे अस्वीकार
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेका छन् । गत चैत १५ गते शुक्रबार...
-
म्यानमार भूकम्प: मृतकको संख्या १ हजार ६४४ पुग्यो
बर्मा । म्यानमारमा शुक्रबार गएको ठूलो भूकम्पमा परी ज्यान गुमाउनेहरुको सङ्ख्या एक हजार छ सय ४४ पुगेको छ । तीन...