बल्खुमा ज्ञानेन्द्र ल्याउने आन्दोलनः रवीन्द्र र धवल पक्राउमा राप्रपाको खुच्चिङ !
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था, हिन्दु राष्ट्र र संघीयता खारेजीको माग राख्दै आज काठमाडाैंमा प्रदर्शन गर्दैछ । सरकारले राप्रपालाई बल्खुमा प्रदर्शन गर्न स्थान दिएको छ । तर, राप्रपाले भने आन्दोलनमा सरकारी घुसपैठ हुने भन्दै अनेक तानाबाना बुन्न थालेको छ ।
सरकारले दमन गरेको भाष्य निर्माण गर्दै धमिलो पानीमा माछा मार्ने राप्रपाको योजनामा सरकारले भने सुरक्षा सतर्कतालाई चुस्त बनाउने भएको छ ।
सुरक्षा निकायका तीन प्रमुखले बैठक नै गरेर सुरक्षालाई चुस्त पार्ने, षडयन्त्रसम्बन्धिका रिपोर्ट तयार पार्ने र हरहालतमा घुसपैठ रोक्ने रणनीति अख्तियार गरेको बताइएको छ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा पक्राउ परेपछि राप्रपाको मुल नेतृत्वले खुच्चिङ गरिरहेको स्रोतको दाबी छ । कट्टर राजावादी बन्ने नाममा रवीन्द्र र धवलले पार्टी नै हाइज्याकको तयारी स्वरुप कदम चाल्न थालेपछि रिसाएको राप्रपाको मुल नेतृत्व अहिले सहानुभूति देखाएजस्तो गर्नेबाहेक कुनै निर्णायक कदम चाल्ने पक्षमा नभएको स्रोतको दाबी छ ।
निर्मल निवाससँग एकाएक नजिक बनेका दुई नेता प्रहरी हिरासतमा हुँदा हाइसन्चो मानिरहेको राप्रपा नेतृत्वले राजसंस्थाको पक्षमा आन्दोलन गरेजस्तो गरेपनि उनीहरुको खास मक्सद भने हिन्दु राष्ट्र र संघीयता खारेजीको विषय नै प्रमुख रहेको बताइन्छ । तर, राजावादी मतका लागि पनि प्रयास भने चलिरहेको छ ।
यस्तोमा राप्रपाले गर्न लागेको प्रदर्शन कस्तो होला ? तीनकुनेको जस्तो स्थिति सिर्जना होला ? अनेक कोणबाट सुरक्षा निकायले विश्लेषण भने गरिरहेको बताइन्छ । तर, सुरक्षा व्यवस्था कडाई पार्न गरिएको तीब्र तयारी र राप्रपाको सम्भावित योजनाले पनि थप प्रष्ट हुनेछ । यद्यपी राप्रपाले गर्न लागेको प्रदर्शनमा सभ्य हुन अपिल गरेको छ । राप्रपाले हिंसामा विश्वास नगर्ने भन्दै दुर्गा प्रसाईदेखि रवीन्द्र-धवललाई राप्रपाले राजनीतिक दलको प्रदर्शन कस्तो हुन्छ भन्ने देखाउने गरि काम गर्ने समेत भनिरहेको छ ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












