विरोधीलाई कामबाटै ओलीको जवाफ, सडक अराजकताको अन्त्य !
काठमाडाैं । सरकारले सुशासन कायम गराउने अभियानलाई तीब्रता दिएको छ ।
सडकमा देखिएका आन्दोललाई सरकारले सकेसम्म सहमतिबाटै समाधान निकाल्ने गरि अघि बढ्दा नतिजाहरु देखिन थालेका छन् ।
शिक्षक आन्दोलन सरकर ढाल्ने दिशातर्फ उन्मुख गराउन खोजिएको बेला प्रधानमन्त्री केपी ओलीले सावधानीपूर्वक समाधानको निर्देशन दिएपछि शिक्षक सडकबाट विद्यालय फर्किसकेका छन् । यस्तै, विभिन्न अस्पतालका ओपीडी बन्द गरेर सडकमा उत्रिएका चिकित्सक पनि नियमित काममा फर्किने भएका छन् ।
प्रधानमन्त्री ओलीले कानूनको पालना जोकोहिले गर्नुपर्ने भाष्य स्थापित गराउने गरि सरकारका अधिकारीहरुलाई काम गर्न निर्देशन दिएपछि केहिदिन पहिले स्वास्थ्यमन्त्री प्रदीप पाैडेलले कडा निर्देशन दिदै निजी मेडिकल कलेजहरुलाई सम्बन्धन खारेजी हुनसक्ने चेतावनी दिएका थिए ।
पछिल्लो समय सरकारविरुद्धका गतिविधि यस्तै खाले आन्दोलनलाई केन्द्रित पार्ने स्थिति निर्माण गर्न राजनीतिक शक्तिहरु समेत सक्रिय हुन थालेपछि प्रधानमन्त्री ओलीले सक्रियतापूर्वक कानूनले दिने र मिल्ने विषयमा कन्जुस्याई नगरि काम गर्न निर्देशन दिएपछि स्थिति फेरिएको हो ।
उसोतः प्रधानमन्त्री ओलीले यस्तो निर्देशन पहिले नै दिइसकेका थिए तर, विभिन्न कारण कार्यान्वयनको बाटोमा आइपुग्ने स्थिति बन्न सकेको थिएन् । तर, गणतन्त्रविरुद्ध नै षडयन्त्र हुनसक्ने स्थिति सिर्जनाको प्रयासपछि भने प्रधानमन्त्री ओलीले आफै सक्रियता लिएका हुन् ।
शिक्षक, आवासीय चिकित्सकको आन्दोलनलाई समाधानमा पुर्याएपछि अब सुशासन र भ्रष्टाचारविरुद्धको कदलाई सरकारले तीब्रता दिने गरि रोडम्याप तयार पारिसकेको छ भने कांग्रेस एमालेबीच सरकार निर्माणको बेला भएको संविधान संशोधनको सहमतिलाई समेत आगामी वर्षको नीति तथा कार्यक्रममा नै समावेश गरेर सरकारले काम गर्ने संकेत गरेको छ ।
असन्तुष्ट आवाजलाई संविधान संशोधनमार्फत समाधान दिन सकिने भन्दै सरकारले चालेका कदमले कस्तो नतिजा दिन्छ भन्ने विषय विस्तारै प्रभाव पर्ने र ओलीले ड्रिम प्रोजेक्टका रुपमा सामाजिक सुरक्षामा सबैखाले श्रमिकलाई जोड्नैपर्ने अनिवर्य व्यवस्था समेत लागु गराउने भएका छन् ।
सरकारसँग मात्रै गुनासो गर्दै एकहोरो विरोध गर्नेको मुख बन्द गराउने गरि ओलीले आगामी वर्षलाई नेपाल निर्माणको युगको रुपमा लैजाने तयारी गरेको बताइन्छ । तर, सरकारका मन्त्रीहरुले कस्तो क्षमता देखाउछन भन्ने विषयले समेत धेरै कुराको निर्क्याैल गर्नेछ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











