पत्रकार शिव भट्टराई भोजपुरेलाई सुन्दरहरैंचा उद्योग वाणिज्य संघले गर्यो सम्मान
विराटचोक । सुन्दरहरैंचा उद्योग वाणिज्य संघको २६ औं साधारणसभाको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई विशेष सम्मान गरिएको छ। पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गदै शनिबार (वैशाख २७ ) सुन्दरहरैंचा–१० स्थित बाघझोडा पर्यटकीय स्थलमा उहाँलाई सम्मान गरिएको हो ।
यसैबीच अपराध अनुसन्धानमा योगदान पुर्याएको भन्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले केही महिनाअगाडि सुन्दरहरैंचा अपडेटका अध्यक्ष तथा सम्पादक भट्टराईलाई उच्च सम्मान गरेको थियो । यस्तै भट्टराई दर्जनौं संघसंस्था तथा कार्यालयहरुबाट पनि सम्मानित भइसक्नु भएको छ ।
उद्योग वाणिज्य संघको साधारणसभाको अवसरमा कृषि क्षेत्रको बिकासमा योगदान पुर्याउने मोहनलाल श्रेष्ठ ,खेल क्षेत्रमा दिपक भन्डारी लगायतलाई सम्मान गरिएको थियो । सुन्दरहरैंचा उद्योग वाणिज्य संघको २६ औं साधारणसभा शनिवार सम्मानलगायतका कार्यक्रमसहित सुन्दरहरैंचा–१० स्थित बाघझोडा पर्यटकीय स्थलमा भव्यरूपमा सम्पन्न भएको थियो ।
साधारणसभाको प्रमुख अतिथि प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी हुनुहुन्थ्यो । कार्यक्रममा उद्योग वाणिज्य संघ कोशीका उपाध्यक्ष भीम पौडेल, संघका पूर्वअध्यक्ष नवराज चापागाईं र भोला दुलाल विशेष अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो ।
स्थानीय उद्योग, व्यापार तथा पर्यटन प्रवर्द्धनलाई लक्षित गर्दै आयोजना गरिएको साधारण सभामा उद्योगा वाण्ज्यि संघका अन्य पदाधिकारी, व्यापारी, उद्योगी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै संघको भावी योजना र रणनीतिबारे विस्तृत छलफल भएको थियो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












