श्रीमति र छोरीको विश्वास नहुँदा बालेनको जापान भ्रमण रद्द, सल्लाहकार महालेखा र अख्तियारको नजरमा !
वडाध्यक्षमाथि अघोषित कारबाही, महानगर भद्रगोल
काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ अन्तिममा आएर जापान जानबाट पछि हटेका छन् ।
मन्त्रिपरिषद्ले ३० वैशाखदेखि १ जेठसम्म जापानमा हुने स्मार्ट सिटी सम्बन्धी इन्टरनेसनल ट्रेनिङ वर्कसपमा जान मेयर बालेनको भ्रमण स्वीकृत गरेको थियो । तर, बालेन श्रीमति र छोरीको विश्वास गर्न नसक्दा सरकारलाई दोष देखाउदै नेपालमै अड्किएका हुन् ।
भ्रमण रद्द गरेको भन्दै कोलाहाल मच्चाएका बालेनले अवैतानिक दूतको रुपमा नियुक्त गरेेका सुनिल लम्साल, ललितपुर महानगरपालिका वडा नम्बर १० मा १० पटकसम्म स्वतन्त्रबाट वडा अध्यक्ष जितेका नरसिंह व्यञ्जनकारका छोरा कुमार व्यञ्जनकार र बालेनका फोटो भिडियो बनाउने विनय शाक्यको खर्च धान्ने स्थिति नदेखिएपछि अन्तिममा भ्रमण रोकिएको स्रोतको दाबी छ । उसोतः बालेनले नरसिंहलाई आफ्ना गुरु मान्ने गर्थे । नरसिंहको निधन भइसकेको छ भने उनका छोरा बालेनको सचिवालयमा छन् ।
उसोतः बालेनसंगै उनकी श्रीमति र छोरीको समेत भिसा लगाइएको थियो । सल्लाहकारको खर्च महानगरको बजेटबाट गर्ने स्थिति नबनेपछि बालेन एक्लै जापान उड्न डराएको बताइन्छ ।
यसअघि फ्रान्स भ्रमणमा जाँदा पनि सल्लाहकारको हुल लिएर महानगरपालिकाको खर्चमा गएपछि त्यो खर्चबारे महालेखाले बेरुजु देखाएको छ । महालेखाको बेरुजुपछि बालेनविरुद्ध अख्तियारले अनुसन्धान गरिरहेको स्रोतको दाबी छ । महालेखाले लम्साल र व्यञ्जनकारसंग २० लाख अशुल्न पत्राचार नै गरेको पाइएको छ । गत वर्ष मे १४ देखि २५ तारिखसम्म फ्रान्स भ्रमणमा जाँदा महानगरको बजेटमा रजाई गरिएको महालेखाको प्रतिवेदनले खुलाएको हो । यसरी महानगरमा बालेनले आफ्ना विभिन्न नामका सल्लाहकारका नाममा ठूलो धनराशीको दुरुपयोग गर्दै आएको महानगर स्रोतको दाबी छ । उसोतः अवैतानि सल्लाहकार लम्सालले महानगरबाट गाडी सुविदा समेत लिएका छन् ।
लम्सालले बा २ झ २७२९ नम्बरको सुजुकी कम्पनीको बलोनो (Baleno) गाडी प्रयोग मात्रै गरिरहेका छैनन्, उनले गाडीको अग्रेजी अक्षर ओ (O) हटाएर बालेन नै बनाएका छन् । गाडीमा अहिले ओ हटेर बालेन (Balen) बनेको छ । भने ओ जानाजान बालेनको चाकडी गर्नलाई हटाइएको स्रोतको दाबी छ । उसोतः महानगरमा यस्ता सवारी सुविधा अवैध ढंगले अत्यधिक नै चलिरहेको दाबी गर्ने गरिन्छ ।

बालेन यतिमात्रै कारण नभई आफ्नै स्वास्थ्यको भर पर्न नसक्दा समेत तनाव सिर्जना भएको बताइन्छ । सांँझमा गाँजाबाट लठ्ठिने गरेको आरोप लागिरहेको बेला जापानजस्तो कडा सुरक्षा जाँच हुने ठाउँमा जाँदा तलतल मेट्न जटिल हुने भन्दै सरकारलाई देखाएर भ्रमण रद्द गरिएको स्रोतको दाबी छ।
विरोधमा उत्रिएका वडाध्यक्षलाई कारबाही
आफ्नो निर्णयविरुद्ध गएर सार्वजनिक अभिव्यक्ति दिने र प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईलाई कार्यकक्ष प्रवेश गराउने वडाध्यक्षहरुलाई समेत कार्यपालिका अन्तर्गत ४ वटा समितिका संयोजकबाट हटाएर बालेनले उपद्रो मच्चाएका छन् ।
नगर कार्यपालिका (कार्य सम्पादन)नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका ४ संयोजकलाई जिम्मेवारीबाट हटाएर उनले उपनियम १ बमोजिम नयाँ संयोजक तोकेको महानगरले जनाएको छ ।
बालेनले वडा नम्बर १७ का वडाध्यक्ष नविन मानन्धरलाई सूचना प्रविधि समितबाट हटाएका छन भने, वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी, वडा नम्बर ८ का अध्यक्ष आशामान संगत र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनलाई क्रमशः सुशासन समिति, सम्पदा तथा पर्यटन समिति तथा विधायन समितिबाट हटाइएको छ।
नविनको ठाउँमा वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिलाई सूचना प्रविधि समिति संयोजक तथा प्रवक्ता बनाइएको छ । सुशासन समितिमा वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समितिमा वडा नम्बर २४ का अध्यक्ष विनोद कुमार राजभण्डारी र विधायन समितिमा वडा नम्बर १६ की अध्यक्ष रोजिना श्रेष्ठ संयोजक तोकिएका छन् । श्रेष्ठ रास्वपाबाट उपचुनावमा वडाध्यक्ष निर्वाचित भएकी हुन् ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











