श्रीमति र छोरीको विश्वास नहुँदा बालेनको जापान भ्रमण रद्द, सल्लाहकार महालेखा र अख्तियारको नजरमा !
वडाध्यक्षमाथि अघोषित कारबाही, महानगर भद्रगोल
काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ अन्तिममा आएर जापान जानबाट पछि हटेका छन् ।
मन्त्रिपरिषद्ले ३० वैशाखदेखि १ जेठसम्म जापानमा हुने स्मार्ट सिटी सम्बन्धी इन्टरनेसनल ट्रेनिङ वर्कसपमा जान मेयर बालेनको भ्रमण स्वीकृत गरेको थियो । तर, बालेन श्रीमति र छोरीको विश्वास गर्न नसक्दा सरकारलाई दोष देखाउदै नेपालमै अड्किएका हुन् ।
भ्रमण रद्द गरेको भन्दै कोलाहाल मच्चाएका बालेनले अवैतानिक दूतको रुपमा नियुक्त गरेेका सुनिल लम्साल, ललितपुर महानगरपालिका वडा नम्बर १० मा १० पटकसम्म स्वतन्त्रबाट वडा अध्यक्ष जितेका नरसिंह व्यञ्जनकारका छोरा कुमार व्यञ्जनकार र बालेनका फोटो भिडियो बनाउने विनय शाक्यको खर्च धान्ने स्थिति नदेखिएपछि अन्तिममा भ्रमण रोकिएको स्रोतको दाबी छ । उसोतः बालेनले नरसिंहलाई आफ्ना गुरु मान्ने गर्थे । नरसिंहको निधन भइसकेको छ भने उनका छोरा बालेनको सचिवालयमा छन् ।
उसोतः बालेनसंगै उनकी श्रीमति र छोरीको समेत भिसा लगाइएको थियो । सल्लाहकारको खर्च महानगरको बजेटबाट गर्ने स्थिति नबनेपछि बालेन एक्लै जापान उड्न डराएको बताइन्छ ।
यसअघि फ्रान्स भ्रमणमा जाँदा पनि सल्लाहकारको हुल लिएर महानगरपालिकाको खर्चमा गएपछि त्यो खर्चबारे महालेखाले बेरुजु देखाएको छ । महालेखाको बेरुजुपछि बालेनविरुद्ध अख्तियारले अनुसन्धान गरिरहेको स्रोतको दाबी छ । महालेखाले लम्साल र व्यञ्जनकारसंग २० लाख अशुल्न पत्राचार नै गरेको पाइएको छ । गत वर्ष मे १४ देखि २५ तारिखसम्म फ्रान्स भ्रमणमा जाँदा महानगरको बजेटमा रजाई गरिएको महालेखाको प्रतिवेदनले खुलाएको हो । यसरी महानगरमा बालेनले आफ्ना विभिन्न नामका सल्लाहकारका नाममा ठूलो धनराशीको दुरुपयोग गर्दै आएको महानगर स्रोतको दाबी छ । उसोतः अवैतानि सल्लाहकार लम्सालले महानगरबाट गाडी सुविदा समेत लिएका छन् ।
लम्सालले बा २ झ २७२९ नम्बरको सुजुकी कम्पनीको बलोनो (Baleno) गाडी प्रयोग मात्रै गरिरहेका छैनन्, उनले गाडीको अग्रेजी अक्षर ओ (O) हटाएर बालेन नै बनाएका छन् । गाडीमा अहिले ओ हटेर बालेन (Balen) बनेको छ । भने ओ जानाजान बालेनको चाकडी गर्नलाई हटाइएको स्रोतको दाबी छ । उसोतः महानगरमा यस्ता सवारी सुविधा अवैध ढंगले अत्यधिक नै चलिरहेको दाबी गर्ने गरिन्छ ।

बालेन यतिमात्रै कारण नभई आफ्नै स्वास्थ्यको भर पर्न नसक्दा समेत तनाव सिर्जना भएको बताइन्छ । सांँझमा गाँजाबाट लठ्ठिने गरेको आरोप लागिरहेको बेला जापानजस्तो कडा सुरक्षा जाँच हुने ठाउँमा जाँदा तलतल मेट्न जटिल हुने भन्दै सरकारलाई देखाएर भ्रमण रद्द गरिएको स्रोतको दाबी छ।
विरोधमा उत्रिएका वडाध्यक्षलाई कारबाही
आफ्नो निर्णयविरुद्ध गएर सार्वजनिक अभिव्यक्ति दिने र प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईलाई कार्यकक्ष प्रवेश गराउने वडाध्यक्षहरुलाई समेत कार्यपालिका अन्तर्गत ४ वटा समितिका संयोजकबाट हटाएर बालेनले उपद्रो मच्चाएका छन् ।
नगर कार्यपालिका (कार्य सम्पादन)नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका ४ संयोजकलाई जिम्मेवारीबाट हटाएर उनले उपनियम १ बमोजिम नयाँ संयोजक तोकेको महानगरले जनाएको छ ।
बालेनले वडा नम्बर १७ का वडाध्यक्ष नविन मानन्धरलाई सूचना प्रविधि समितबाट हटाएका छन भने, वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी, वडा नम्बर ८ का अध्यक्ष आशामान संगत र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनलाई क्रमशः सुशासन समिति, सम्पदा तथा पर्यटन समिति तथा विधायन समितिबाट हटाइएको छ।
नविनको ठाउँमा वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिलाई सूचना प्रविधि समिति संयोजक तथा प्रवक्ता बनाइएको छ । सुशासन समितिमा वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समितिमा वडा नम्बर २४ का अध्यक्ष विनोद कुमार राजभण्डारी र विधायन समितिमा वडा नम्बर १६ की अध्यक्ष रोजिना श्रेष्ठ संयोजक तोकिएका छन् । श्रेष्ठ रास्वपाबाट उपचुनावमा वडाध्यक्ष निर्वाचित भएकी हुन् ।
Comments
अरु समाचार
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...











