माओवादीको किचलो पुर्न सत्ता फेरबदलको हावा, देउवा ओली के गर्लान ?
काठमाडाैं । माओवादी केन्द्रले सत्ता उलटफेरका अनेक प्रयासलाई जोडतोडका साथ अघि बढाइरहेको छ ।
मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादीको अभियानको क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराबाट प्रचण्डले देउवालाई फोन गरेको विषयलाई उनीहरुले उछाल्ने खोजे । त्यसलगत्तै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा देउवाको निवासमा पुगेको भन्दै फोटो सार्वजनिक गरेका हुन् ।
सत्त समिकरण फेर्ने अभ्यासको रुपमा यी दुई घटनालाई माओवादी केन्द्रले प्रचार गर्न खोजेपनि विषयवस्तु भने अर्कै रहेको स्रोतको दाबी छ ।
‘सत्ता समिकरणमा खास समस्या नदेखिएपनि प्रचण्डको देउवालाई सत्ता सुम्पिने रहर र माओवादीमा बढ्दै गएको दुरी मेट्ने जनार्दनको प्रयासलाई सत्ता ढाल्ने अस्त्रको रुपमा प्रचार गर्न खोजिएको देखिन्छ । यसले तात्विक असर पर्दैन भन्ने विश्वास छ ।’ कांग्रेसका एक नेताले भने ।
माओवादीको अभियानसहित अहिले वाइसीएलको प्रदेश सम्मेलनहरु चलिरहेका छन् । यसमा जनार्दन भर्सेस प्रचण्डको लडाई चलिरहेको छ । कर्णालीमा जनार्दन निकट लक्ष्मण ओलीले अध्यक्षमा बाजी मारेपछि लुम्बिनीमा भने जनार्दन निकटका हरिश गिरीले लज्जास्पद हार ब्यहोरेका छन् । भने, प्रचण्ड निकटका कृष्ण सारूमगर निर्वाचित भएका हुन् ।
माओवादीमा वाइसीएलमा देखिएको विवादलाई जनार्दनले प्रचण्डलाई सन्तुलन मिलाउन देउवा निवास पुगेर सत्ता फेरबदलमा आफू लागिरहेको सन्देश दिन खोजेका हुन् । उसोतः माओवादी केन्द्रले पहिलेदेखि नै देउवालाई निशर्त सत्ता सुम्पिन तयार रहेको जिकिर गर्दै आएको छ । तर, देउवाले एमालेसंगको सहकार्य नतोड्ने बताइरहेका छन् ।
‘प्रधानमन्त्री केपी ओलीसमग देउवाको सम्बन्ध अत्यन्तै नजिकको रहेका कारण पनि गठबन्धन भत्किने अवस्था होइन् । आन्तरिक तथा बाह्य शक्तिको चलखेलकाबीच देउवाले दह्रो खुट्टा टेकेकाले पनि सत्ता समिकरण आगामी निर्वाचनसम्म जाने विश्वास हो । देउवाजीले नचाहेसम्म केहि हुनेवाला छैन् ।’, एमालेका एक पदाधिकारीले न्यूज नेपालसंग भने ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











