माओवादीको किचलो पुर्न सत्ता फेरबदलको हावा, देउवा ओली के गर्लान ?
काठमाडाैं । माओवादी केन्द्रले सत्ता उलटफेरका अनेक प्रयासलाई जोडतोडका साथ अघि बढाइरहेको छ ।
मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादीको अभियानको क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराबाट प्रचण्डले देउवालाई फोन गरेको विषयलाई उनीहरुले उछाल्ने खोजे । त्यसलगत्तै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा देउवाको निवासमा पुगेको भन्दै फोटो सार्वजनिक गरेका हुन् ।
सत्त समिकरण फेर्ने अभ्यासको रुपमा यी दुई घटनालाई माओवादी केन्द्रले प्रचार गर्न खोजेपनि विषयवस्तु भने अर्कै रहेको स्रोतको दाबी छ ।
‘सत्ता समिकरणमा खास समस्या नदेखिएपनि प्रचण्डको देउवालाई सत्ता सुम्पिने रहर र माओवादीमा बढ्दै गएको दुरी मेट्ने जनार्दनको प्रयासलाई सत्ता ढाल्ने अस्त्रको रुपमा प्रचार गर्न खोजिएको देखिन्छ । यसले तात्विक असर पर्दैन भन्ने विश्वास छ ।’ कांग्रेसका एक नेताले भने ।
माओवादीको अभियानसहित अहिले वाइसीएलको प्रदेश सम्मेलनहरु चलिरहेका छन् । यसमा जनार्दन भर्सेस प्रचण्डको लडाई चलिरहेको छ । कर्णालीमा जनार्दन निकट लक्ष्मण ओलीले अध्यक्षमा बाजी मारेपछि लुम्बिनीमा भने जनार्दन निकटका हरिश गिरीले लज्जास्पद हार ब्यहोरेका छन् । भने, प्रचण्ड निकटका कृष्ण सारूमगर निर्वाचित भएका हुन् ।
माओवादीमा वाइसीएलमा देखिएको विवादलाई जनार्दनले प्रचण्डलाई सन्तुलन मिलाउन देउवा निवास पुगेर सत्ता फेरबदलमा आफू लागिरहेको सन्देश दिन खोजेका हुन् । उसोतः माओवादी केन्द्रले पहिलेदेखि नै देउवालाई निशर्त सत्ता सुम्पिन तयार रहेको जिकिर गर्दै आएको छ । तर, देउवाले एमालेसंगको सहकार्य नतोड्ने बताइरहेका छन् ।
‘प्रधानमन्त्री केपी ओलीसमग देउवाको सम्बन्ध अत्यन्तै नजिकको रहेका कारण पनि गठबन्धन भत्किने अवस्था होइन् । आन्तरिक तथा बाह्य शक्तिको चलखेलकाबीच देउवाले दह्रो खुट्टा टेकेकाले पनि सत्ता समिकरण आगामी निर्वाचनसम्म जाने विश्वास हो । देउवाजीले नचाहेसम्म केहि हुनेवाला छैन् ।’, एमालेका एक पदाधिकारीले न्यूज नेपालसंग भने ।
Comments
अरु समाचार
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...












