सीप मेलाको नाममा बालेनको ब्रह्मलुट, शैलेन्द्र आतंकदेखि एसीकाण्डसम्म के भयो ?
काठमाडाैं महानगरपालिका वेथिति
काठमाडाैं । काठमाडाैं महानगरपालिकाले सीप मेलाको नाममा भ्रष्टाचारलाई बढावा दिन थालेको आरोप लागेको छ । सीप मेलाको नाममा कोटेशनमार्फत लाखाैं रकम झ्वाम पार्ने षडयन्त्र खुलेआम चल्न थालेको छ । काठमाडाैं महानगरका मेयर बेलेन्द्र साह ‘बालेन’का सल्लाहकारले मेयरको निर्देशनमा अनियमितताको डंगुर छ्यापछ्याप पार्न थालेका हुन् ।
अघिल्लो वर्ष सामाजिक विकास विभागले सीप मेलाको आयोजना गरेको थियो । सीप मेलामार्फत गएको वर्ष २०८१ जनालाई सहभागी गराएर टुडिखेलमा हल्लाखल्ला गरिएको थियो । तर, त्यसबाट कुनै उपलब्धि हासिल हुन नसकेको चर्चा काठमाडाैं महानगरभित्रै चल्ने गरेको छ।
महानगरपालिकाका मेयर बालेनले सहरी विकास विज्ञ सल्लाहकार शैलेन्द्र झामार्फत फेरि तीन दिनको समय राखेर सीप मेलाको आवेदन माग गराएका छन् । शुक्रबार मध्यरातमा सार्वजनिक भएको सूचनाअनुसार आइतबारसम्म फारम भरिसक्नुपर्नेछ । तीन दिनको समयसीमामा कसले आवेदन दिन्छन? के का लागि फास्ट ट्र्याकमा जान खोजिएको छ ? प्रश्नहरु छरपष्ट छन् ।
यो पनिः श्रीमति र छोरीको विश्वास नहुँदा बालेनको जापान भ्रमण रद्द, सल्लाहकार महालेखा र अख्तियारको नजरमा !
असार मसान्त आउनै लागेकाले बजेट दुरुपयोग गर्ने योजनाअनुसार छोटो बाटो प्रयोग गरिएको स्रोतको दाबी छ । बजेट फ्रिज हुन नदिने र अनियमिततालाई ढाकछेप गर्न सजिलो उपाय अपनाउनका लागि महानगरमा सल्लाहकार आतंक शुरु भएको हो । जसमा बालेनको सोझो समर्थन र दृढ साथ रहेको स्रोतको दाबी छ ।
‘सीप मेलाको नाममा भ्रष्टाचार गर्ने काम चलरहेको छ । गतवर्ष तामझाम गरिएको मेलाबाट को कस्तो ठाउँमा रोजगारीको अवसर पाउनेमा छन? कतै केहि देखिन्न । सहरी योजना आयोगले सीप मेलाको आयोजना गर्नु नै बडो अचम्मको विषय हो । महानगरपालिका वेथितिको चाङमा चुर्लुम्मै छ । समय आएपछि सबै कुरा सार्वजनिक हुँदै जालान ।’ महानगरका एक कर्मचारीले न्यूज नेपालसंग भने ।
सम्बन्धित समाचार शीर्षकः डिजिटल बोर्ड नहटाउन काठमाडौं महानगरलाई अदालतको आदेश
‘सार्वजनिक खर्चसम्बन्धि कुनै पनि मापदण्डलाई कसरी खण्डित गर्ने, छल्ने ? त्यो काठमाडाैं महानगरबाट सिक्दा हुने भयो । ५ लाखभन्दा माथिका योजना बिडिङमार्फत जानुपर्ने कानूनी प्रावधान छ । तर, महानगरले करोडाैं बजेट खर्च कोटेशनमै गर्छ । योजना टुक्रा-टुक्रा पारेर भ्रष्टाचार भइरहेको छ । यसको पछाडी मेयरका सल्लाहकारको भूमिका गज्जबको छ । अख्तियार, नियामक निकायले अनुसन्धान गर्दा सबै खुलिहाल्छ ।’ एक जनप्रतिनिधिले नाम उल्लेख नगर्ने सर्तमा न्यूज नेपाललाई भने ।
को हुन शैलेन्द्र झा ?
शैलेन्द्र झा मेयर बालेनले सहरी विकास विज्ञ सल्लाहकारमा नियुक्त सामान्य सल्लाहकारमात्रै हुन् । तर, उनले महानगरका धेरै विभागलाई प्रभावित पार्ने गरेका छन् । यसअघि टिच फर नेपाल नामक संस्थामा काम गर्ने झा पेशाले इन्जिनियर हुन भने उनी त्यो संस्थाबाट आर्थिक अनियमितताको आरोपमा निश्काषनमा परेका थिए । अहिले बालेनको विज्ञ सल्लाहकारको रुपमा अवैध कामलाई वैध बनाउनेमा उनी सक्रिय देखिन्छन् ।
शैलेन्द्रका कर्तुत कस्ता ?
सहरी विकास विज्ञ शैलेन्द्र झाले सीप मेलाको आयोजना गर्ने चाँजो मिलाएका हुन् । कानूनतः यस्तो काम सामाजिक विकास विभागले गर्नुपर्ने हुन्छ । तर, बालेनको आशिर्वादकै कारण सहरी विकास विभागले सीप मेलाको आयोजना गरेको छ । उसोतः दुबै विभागमा झाको ठाडो हस्तक्षेप हुने गरेको स्रोतको दाबी छ।

भ्रष्टाचारको अर्को रुप एसी काण्ड र डिजिटल बोर्ड
काठमाडाैं महानगर भ्रष्टाचारको आहालमा चुर्लुम्मै डुबेकोमा शंका रहेन् । अख्तियारले समेत केहि विषयमा अनुसन्धान गरिरहेको बेला काठमाडाैं महानगरपालिकाले सामूदायिक शिक्षा उकास्ने नाममा गरेको भ्रष्टाचारदेखि गर्मी छल्न चिसो बनाउने काममा समेत वेथिति उदाङ्गिएको देखिन्छ ।
हरेक विद्यालयलाई डिजिटल माध्यममा लैजान भन्दै डिजिटल बोर्ड बाँड्न १ करोड २० लाख रकम खर्चिएपनि ती बोर्ड महानगरपालिकामै थन्किएका छन् ।
माैखिक आदेशमा खरिद गर्दा भुक्तानी हुन सकेको छैन् । पहिले सामान किन्ने अनि कर्मचारीलाई दबाब दिएर भुक्तानी गर्न लगाउने बालेन शैलीका कारण डिजिटल बोर्डमा धुलो जम्न थालेको महानगर स्रोतको दाबी छ । उसोतः महानगरले खरिद गरेको एयर कन्डिसनर (एसी) समेत ठेकेदारले धमाधम निकाल्न थालेका छन् । पहिले सामान, पछि भुक्तानीको मोडलमा जोडिएका एसी ठेकेदारले भुक्तानी नपाएपछि निकाल्न थालेका हुन् । यी सबै काण्डमा शैलेन्द्रसहित बालेनका सल्लाहकारहरुको प्रत्यक्ष भूमिका रहेको स्रोतको दाबी छ ।
‘कर्मचारीलाई यस्ता भुक्तानीमा दबाब दिने । भुक्तानी नदिए कारबाहीको चेतावनी दिने र नभए कुनै न कुनै काण्डमा फसाएर बिल्लीबाठ पार्ने बालेनको पुरानै शैली हो । यसमा को बलिको बोको बन्ने हो । चिन्ता लाग्छ ।’ एक उच्च अधिकारीले न्यूज नेपाललाई दुख पोखे ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...












