ताजा समाचार

पूर्वप्रधानमन्त्री प्रचण्डको आग्रहमा पारिवारिक भ्रमण रोकेकी पूर्वराष्ट्रपति विद्यादेवी चीन जाँदै

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाने भएकी छन् ।

२०८१ जेठ २७ गते प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहणमा जान लागेको बेला भण्डारीले चीन भ्रमण रोकेकी थिइन् । प्रचण्डले भारत भ्रमण गर्न लागेको बेला चीन जानु उपर्युक्त नहुने र भारतसंगको सम्बन्ध बिग्रिन सक्ने भन्दै विशेष आग्रह गरेपछि भण्डारीले चीन भ्रमण रोकेकी थिइन् ।

चीन भ्रमण रोकेर प्रचण्डलाई साथ दिएकी भण्डारी अन्ततः जेठ १० गते चीनको बेइजिङ प्रस्थान गर्ने भएकी हुन् । भण्डारीले चीनमा उच्चस्तरिय राजनीतिक भेटवार्ता गर्ने बताइएको छ भने उनलाई चिनियाँ सरकार र चिनियाँ कम्युनिस्ट पार्टीले निमन्त्रणा दिएको बताइएको छ।

प्रचण्डको आग्रहमा रोकिएको चीन भ्रमणको बेला भण्डारीले आफ्नी छोरी, ज्वाईसहितको पारिवारिक टोली तयार पारेकी थिइन् । भने चिनियाँ राष्ट्रपति सी जिनपिङसहितसंग भेटवार्ता तय भएको थियो । तर, अहिले राष्ट्रपति सीसंग भेट सम्भव नभएपनि चिनियाँ उपराष्ट्रपति हान जिङसंग भेटवार्ता तय भएको स्रोतको दाबी छ ।

‘तत्कालीन प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ हुनुअगाडी चीन जाँदा समस्या आउन सक्छ भनेर विशेष आग्रह गरेपछि पूर्वराष्ट्रपति ज्यूले भ्रमण स्थगित गर्नुभएको थियो । तर, चीनबाट भ्रमणको निम्तो र उपर्युक्त समयमा भ्रमण गर्ने बताउदै आउनुको अर्थ नै भ्रमण हुन्छ भन्ने त हो । अहिले भ्रमण तय भइसकेको छ । भ्रमण र चिनियाँ महत्वको विषयले पनि नेपालको राजनीतिमा केहि संकेत गर्ला ।’, भण्डारी निकट एक नेताले न्यूज नेपालसंग भने ।

भण्डारीको चीन भ्रमणमा एमाले विदेश विभाग प्रमुख रघुवीर महासेठ लगायतका नेताहरु सहभागी हुने स्रोतको दाबी छ ।

भण्डारी एमालेको सक्रिय राजनीतिमा आउने चर्चा चलिरहेको छ । उनले एमाले नेताहरुसंग निरन्तर सम्वाद गर्नुका साथै देशदाैडाह समेत गर्ने गरेकी छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org