पूर्वप्रधानमन्त्री प्रचण्डको आग्रहमा पारिवारिक भ्रमण रोकेकी पूर्वराष्ट्रपति विद्यादेवी चीन जाँदै
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाने भएकी छन् ।
२०८१ जेठ २७ गते प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहणमा जान लागेको बेला भण्डारीले चीन भ्रमण रोकेकी थिइन् । प्रचण्डले भारत भ्रमण गर्न लागेको बेला चीन जानु उपर्युक्त नहुने र भारतसंगको सम्बन्ध बिग्रिन सक्ने भन्दै विशेष आग्रह गरेपछि भण्डारीले चीन भ्रमण रोकेकी थिइन् ।
चीन भ्रमण रोकेर प्रचण्डलाई साथ दिएकी भण्डारी अन्ततः जेठ १० गते चीनको बेइजिङ प्रस्थान गर्ने भएकी हुन् । भण्डारीले चीनमा उच्चस्तरिय राजनीतिक भेटवार्ता गर्ने बताइएको छ भने उनलाई चिनियाँ सरकार र चिनियाँ कम्युनिस्ट पार्टीले निमन्त्रणा दिएको बताइएको छ।
प्रचण्डको आग्रहमा रोकिएको चीन भ्रमणको बेला भण्डारीले आफ्नी छोरी, ज्वाईसहितको पारिवारिक टोली तयार पारेकी थिइन् । भने चिनियाँ राष्ट्रपति सी जिनपिङसहितसंग भेटवार्ता तय भएको थियो । तर, अहिले राष्ट्रपति सीसंग भेट सम्भव नभएपनि चिनियाँ उपराष्ट्रपति हान जिङसंग भेटवार्ता तय भएको स्रोतको दाबी छ ।
‘तत्कालीन प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ हुनुअगाडी चीन जाँदा समस्या आउन सक्छ भनेर विशेष आग्रह गरेपछि पूर्वराष्ट्रपति ज्यूले भ्रमण स्थगित गर्नुभएको थियो । तर, चीनबाट भ्रमणको निम्तो र उपर्युक्त समयमा भ्रमण गर्ने बताउदै आउनुको अर्थ नै भ्रमण हुन्छ भन्ने त हो । अहिले भ्रमण तय भइसकेको छ । भ्रमण र चिनियाँ महत्वको विषयले पनि नेपालको राजनीतिमा केहि संकेत गर्ला ।’, भण्डारी निकट एक नेताले न्यूज नेपालसंग भने ।
भण्डारीको चीन भ्रमणमा एमाले विदेश विभाग प्रमुख रघुवीर महासेठ लगायतका नेताहरु सहभागी हुने स्रोतको दाबी छ ।
भण्डारी एमालेको सक्रिय राजनीतिमा आउने चर्चा चलिरहेको छ । उनले एमाले नेताहरुसंग निरन्तर सम्वाद गर्नुका साथै देशदाैडाह समेत गर्ने गरेकी छन्।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












