बालेनका राइट ह्याण्ड राजुनाथ पाण्डे कारबाहीको अन्तिम चरणमा !
सिंघम राजु स्पष्टीकरणले थिलोथिलो
काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’का राइटह्यण्ड राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधिएको छ ।
काठमाडाैं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले आफूलाई चैत्र २१ गते कार्यालय प्रवेश गर्दा रोक्ने काम गरेकोदेखि गाडीको ह्वील लक लगाएको लगायतका विषयमा किन कारबाही नगर्ने भन्दै ७ बुँदे स्पष्टीकरण सोधेका हुन् ।
पाण्डे महानगर प्रहरी प्रमुख हुन भने उनले बालेनको माैखिक आदेशमा काम गर्दै आएका थिए ।
महानगर प्रहरी प्रमुख प्रशासकीय अधिकृत मातहत हुने भएपनि बालेनको राइट ह्याण्डको रुपमा सिंघम शैलीमा उत्रिने गरेका राजुनाथ कारबाहीको भागीदार बन्ने सम्भावना बढेको छ ।
उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दासमेत प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको ताला खोल्ने काममा समेत राजुनाथले बालेनको माैखिक आदेशमा अवरोध सिर्जना गरेका थिए । त्यसपछि उपमेयर सुनिता डंगोलले लिखित वा कुनै त्यस्तो पत्र छ ? अवरोध गर्नलाई भनेपछि नाजवाफ भएका उनले मेयरको माैखिक आदेशको भरमा कारबाहीमा उत्रिएको जवाफ दिएका थिए ।
काठमाडाैं महानगरपालिका महानगर प्रहरी ऐन २०८० को दफा ५ बमोजिम काम गर्नुपर्नेमा किन ऐन पालना नगरेको भन्दै स्पष्टीकरण सोधिएको हो । स्पष्टीकरण जेठ ५ गत सोधिएको हो भने पत्र बुझेको मितिले ७ दिनभित्र जवाफ पेश गर्न समेत भनिएको छ ।
‘म्यादभित्र स्पष्टीकरण नबुझाएमा वा स्पष्टीकरण चित्त बुझ्दो नभएमा कानून बमोजिम कारवाही हुने ब्यहोरा समेत जानकारी गराउँदछु’, स्पष्टीकरण पत्रमा भनिएको स्रोतको दाबी छ ।
के छन राजुनाथमाथि मुख्य आरोप ?
– प्रमुख प्रशासकीय अधिकृतको सवारी साधनमा ह्वील लक लगाएर काममा अवरोध सिर्जना गरेको ।
– प्रमुख प्रशासकीय अधिकृत काममा आउँदा प्रहरी साङ्ग्लो बनाइ अवरोध सिर्जना गरेको र हुलहुज्जत गरेको ।
– कार्यालयमा उपस्थित जनप्रतिनिधिको समेत बाटो छेकी अमर्यादीत एवं अभद्र व्यवहार गरेको ।
– प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएको र उपप्रमुखदेखि अन्यले आग्रह गर्दा पनि अस्वीकार गरेको ।
– हाजिर पुस्तिका कब्जामा लिएको ।
– कर्मचारीले पालना गर्नुपर्ने कानून पालना नगरेको ।
– सञ्चारमाध्यममा अनाधिकृत बयानवाजी गरेको लगायत
सिंघम राजुको बहिर्गमन कति नजिक ?
काठमाडाैं महानगरपालिकामा केहि वडाध्यक्ष र मेयर बालेन्द्रको साथ पाएपछि मैमत्त बनेका राजुनाथ पाण्डेमाथि अन्ततः कारबाही हुने बाटो देखिन थालेको छ । बालेनको माैखिक आदेशमा जस्तोसुकै कदम चाल्छु भन्दै आतंक फैलाएका राजुनाथमाथि कारबाही हुने भएपछि बालेन्द्रलाई समेत झड्का लाग्ने देखिन्छ । उसोतः राजुनाथले राष्ट्रिय परिचयपत्र बनाउदा समेत तनाव व्यहोरेका थिए । महानगरमा राष्ट्रिय परिचयपत्र बनाउन जाँदा दुई पत्नीका कारण बन्न नसक्दा एक मधेसी मूलका कर्मचारीलाई तीन महिनासम्म शक्तिको दुरुपयोग गर्दै निलम्बनमा नै राखेका थिए । केहि विभागका प्रमुख र मेयर बालेन्द्रलाई पट्याएका राजुनाथमाथि स्पष्टीकरणपत्र पछि महानगरमा रहेका प्रहरी नै खुशी देखिएको स्रोतको दाबी छ ।
उसोतः राजुनाथले पाएको प्रहरी प्रमुखको जिम्मेवारी नै वैध नभएको बताइन्छ । बालेनले फुली लगाएपनि त्यसले वैधता भने पाइनसकेको महानगर स्रोतको दाबी छ ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...












