निजामती कुलिङ पिरियडमा कर्मचारीको विरोध किन ?
भाग १
काठमाडाैं । निजामती कर्मचारीलाई अवकाशपछि सरकारी नियुक्तिमा राख्न खोजिएको कुलिङ पिरियडको विवाद चर्किएको छ ।
सरकारी नियुक्तिमा कुलिङ पिरियड राख्दा यसले कर्मचारीलाई अयोग्य घोषित गरेर रिटायर्ड गराउन हुदैन भन्ने कुरा राख्दै कर्मचारी विरोधमा उत्रिएका हुन् ।
निजामती बिधयेकमा कर्मचारीलाई अवकाशपछि दुई वर्ष सार्वजनिक नियुक्ति दिन नहुने भन्दै संसदको राज्य व्यवस्था तथा सुशासन समितिले विधयेक पारित गरेपछि कर्मचारीहरुले प्रधानमन्त्री केपी ओली, सत्तारुढ दलका नेता शेरबहादुर देउवा लगायतलाई भेटेर विरोध जनाएका छन् ।
‘रिटायर हुने बेला डिसक्वालिफाइड गराएर रिटायर्ड गराउनु उपर्युक्त हुँदैन् । नियुक्ति गर्ने कि नगर्ने भन्ने कुरा सम्बन्धित निकाय, सरकारले आफैले गर्न सकिहाल्छ । त्यसकारण यो अपमानित गर्न खोज्ने व्यवस्था गर्न गइरहेको छ ।’ संसदका महासचिव पद्मप्रसाद पाण्डेयले भने ।
‘कुलिङ पिरियड राख्नु भनेको आफैमा संवैधानिक विषय होइन । किनभने कुन संवैधानिक निकायमा कुन पदाधिकारी वा व्यक्ति नियुक्त गर्नुपर्छ भन्ने कुरा संविधानले नै भनेको छ । निजामति कर्मचारीलाई गभर्न गर्ने निजामती सेवाले हो । निजामतीबाट आउट भइसकेको कर्मचारीलाई त्यो कानूनले गभर्न गर्न सक्दैन । यसकारण कुलिङ पिरियड राख्ने हो भने त्यसमा कर्मचारीको विरोध छैन् । तर, त्यो सम्बन्धित ठाउँमा राख्नु पर्यो । संविधान वा संवैधानिक नियुक्ति सम्बन्धित नियुक्त गर्ने ठाउँमा राख्नु पर्यो । नभए यो समानताको हकविरुद्ध हुन जान्छ भन्ने हो ।’ महासचिव पाण्डेले भने ।

उसोतः मुख्यसचिव एकनारायण अर्यालसहित उच्चपदस्थ सरकारी कर्मचारीहरुले प्रधानमन्त्रीदेखि सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायतलाई भेटेर यसबारे विरोध जनाइसकेका छन् ।
कर्मचारी अवकाशमा गइसकेपछि संवैधानिक नियुक्ति दिने नदिने सरकारको कुरा भएको कर्मचारीको तर्कमा समितिका सदस्यहरुको मत समेत एकरुपता देखिन्न । एमालेले कुलिङ पिरियड राख्दा १ वर्षको राख्नुपर्ने जिकिर गरेको थियो भने माओवादीसहितका अन्य दलहरुले २ वर्ष राख्नैपर्ने अडान राखेका थिए ।
कुलिङ पिरियडले अव्वल कर्मचारीलाई सेवा प्रवाहबाट रोक्ने र अहिले रहेका कर्मचारीहरुलाई प्रभावमा पार्न यस्तो व्यवस्था गरिएको कतिपयले आरोप लगाइरहेका छन् ।
निजामतीमा मात्रै कुलिङ पिरियड राख्नभन्दा सबैमा राख्दा यसले समानता कायम गर्ने भन्दै विज्ञहरुले समेत सुझाव दिइरहेका छन् ।
यता, सरकारी उच्च तहका कर्मचारीहरुले भने कुलिङ पिरियड राख्न निजामती ऐनमा व्यवस्था गर्ने कुरा नै नमिल्ने भनिरहेका छन् । उनीहरुले कुलिङ पिरियड राख्ने नै हो भने संवैधानिक नियुक्ति सम्बन्धि कानूनमा वा संविधानमा नै व्यवस्था गर्नुपर्ने निजामती ऐनमा यस्तो प्रावधान राख्नु गलत भएको भनिरहेका छन्।
कुलिङ पिरियड जति राखेपनि भयो । तर, सेवाबाट अवकाश पाइसकेको कर्मचारीलाई यो ऐनले कसरी छुन्छ ? झट्ट हेर्दा नै यो अस्वभाविक छ ।’ एक कर्मचारीले भने ।
सम्पादकीय नोटः कुलिङ पिरियड कसरी आयो ? राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले कस्तो भूमिका खेले ? यसका अन्तरकुन्तर अर्को भागमा आउनेछ ।
Comments
अरु समाचार
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
पार्टीका नवनिर्वाचित सांसदहरुलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुका लागि जारी आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गयो, ५ जना घाइते
उदयपुर । उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । हावाहुरीले मृत्यु हुनेमा...
-
ग्यास सिलिण्डर कालोबजारी नियन्त्रणका लागि विभाग सक्रिय, ६ हजार सिलिन्डर बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगको गोदामबाट ठूलो मात्रामा ग्यास सिलिन्डर लुकाएर...
-
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित...












