स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष रहने बढुवा समिति अनुरुप तात्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८२ मंसिरमा अतिरिक्त सचिव (बाह्रौँ तह) का लागि बढुवाको दरखास्त माग गरेको थियो।
आठ महिना बितीसक्दा पनि स्वास्थ्य मन्त्रालयभित्र बढुवा प्रक्रिया टुंग्याउन बाँसको टुप्पोमा खिचडी पकाएजस्तै बनेको छ। नीति, नियम, पारदर्शिता, निष्पक्षता, कुशलता तथा कार्य सम्पादनमा देसभरिका स्वास्थ्य निकायहरुका लागि एउटा उदाहरण बन्नुपर्ने मन्त्रालय यतिसम्म अधम, लाचार र निकम्मा छ भन्ने यो एउटा पछिल्लो उदारहण हो।
कर्मचारीहरुको बढुवा नतिजाहरू नितान्त वृत्ति विकास, आत्मा सम्मान र प्रणालीसँग जोडिएको विषयमा पनि यस तहको लापरबाही हुनु सम्पूर्ण स्वास्थ्यका कर्मचारीहरुका लागि पनि अत्यन्तै दुःखद तथा निराशाको विषय बनेको छ।
मंसिरमा खुलेको सूचना बल्ल-बल्ल लोकसेवा आयोगको सदस्यको अध्यक्षतासहितको समितिले डा. सुधा देवकोटा र डा. विनोद विन्दु शर्मा लाई सिफारिस गरेको पनि करिव २० दिन बितिसक्यो, अझै मन्त्रिपरिषदमा प्रस्ताव लगि टुंग्याउने तरखर छैन। अन्य धेरै मन्त्रालयहरूले बढुवा प्रक्रियालाई विशेष प्राथमिकतामा राखी टुंग्याएको विषयले कुनै प्रभाव पार्दैन स्वास्थ्य मन्त्रालयलाई।
उसलाई न त नयाँ सरकार आएको थाहा छ न त समयमा नै कार्य सम्पादन गर्ने जिम्मेवारी नै महसुस गर्छ। नयाँ मन्त्री र मन्त्रीको टीमलाई गुमराहमा राख्ने, बहानाबाजी गर्ने, अनावश्यक कुतर्क निकाल्ने र निर्णयलाई बन्धक बनाई मन्त्रालयलाई निकम्मा बनाउने गिरोहबाट स्वास्थ्य मन्त्री वाहिर निस्कन सक्नु पर्दछ।
Comments
अरु समाचार
-
दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध...
-
गोपनीयता चुहाउनेलाई कुनै उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल (एपीएफ) का अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई गरिएको निलम्बनको प्रसङ्गलाई लिएर राज्यको गोप्य...
-
आज न्यायपरिषद्को बैठकः सर्वोच्चमा ५ न्यायाधीश नियुक्ति मुख्य एजेन्डा, जुनियर पनि आकांक्षी
काठमाडौं। आज (मंगलबार) दिउँसो १ बजे बस्ने न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भएको छ...
-
विशेष अदालत थुना पठाउँदै, सर्वोच्च छोड्दै
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हिमालय रि-इन्स्योरेन्स कम्पनीका सञ्चालक अमित मोरलाई सर्वोच्च...
-
वरिष्ठतम् नायव महान्यायाधिवक्तामा लोकराज पराजुली
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम् नायव महान्यायाधिवक्ता लोकराज पराजुली भएका छन् । निवर्तमान वरिष्ठतम् नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी यही असोज...
-
‘लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन’
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनु...
-
संघीय निजामती सेवा विधेयकका प्रावधान विभेदकारी, अदालत पुगे खारेज हुनसक्छ : उमेश मैनाली
काठमाडौं । लोक सेवा आयोगका पूर्वअध्यक्ष तथा पूर्वगृहसचिव उमेश मैनालीले संसद्मा दर्ता भएको संघीय निजामती सेवा विधेयकका केही प्रावधान गैरन्यायिक,...
-
नेपाली कांग्रेसको १५ ओैं महाधिवेशनको तयारी पूरा, दिउँसो खुलामञ्चमा उदघाटन कार्यक्रम
-किशोर शर्मा (काठमाडौं )। आज असाेज १८ गतेदेखि नेपाली कांग्रेस गगन कुमार थापा पक्षकाे १५ ओैं राष्ट्रिय महाधिवेशन काठमाडौंकाे खुलामञ्चमा...
-
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, ७ हजार पाँच सय बढी प्रतिनिधि सहभागी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका...













