सशस्त्र प्रहरीमा वरियता मिच्न विचाैलियाको अनाैठो सक्रियता, एआईजीको चर्को दाैडमा को-को ?
भाग १
काठमाडाैं । सशस्त्र प्रहरीमा विचाैलिया राज माैलाउन थालेपछि रोचक किस्साहरु सार्वजनिक हुन थालेका छन् ।
सशस्त्रमा एआईजी बढुवाका लागि वरियता मिच्न खोज्दा समस्या सिर्जना भएको बताइन्छ । अहिले अध्यागमनको प्रकरणले सरकारमाथि प्रश्न उठिरहेको बेला सशस्त्रको बढुवा प्रकरणमा देखिएको संकटले अर्को ठूलो समस्या निम्तिने स्रोतको दाबी छ ।
गृहमन्त्री रमेश लेखकमाथि चाैतर्फी प्रश्न उठिरहेको बेला गृहसचिवकै नेतृत्वमा हुने बढुवा समितिले अहिलेसम्म बढुवा गर्न नसक्नुले शंका उब्जिएको छ भने विचाैलियाले बन्द कोठामै बढुवाको सूची बनाएर थम्याउन थालेको चर्चा छ ।
बैशाख ३ गते खाली भएको २१ गते सूचना जारी भएपनि बढुवा नहुनुमा विचाैलियाको चलखेल तीब्र बनेको बताइन्छ ।
गृहमन्त्रालयका सचिव गोकर्णमणी दुवाडी नेतृत्वको बढुवा समितिमा सशस्त्र प्रहरीका महानिरिक्षक राजु अर्याल पनि हुन्छन् । तर, उनीहरुले सशस्त्रको एआईजी बढुवामा बरियता मिच्दै कनिष्ठलाई माथिल्लो पदमा पदस्थापन गर्न बढुवाको अन्तिम तयारी गरिरहेको स्रोतको दाबी छ ।
इलामतिरका चर्चित विचाैलिया तारा सापकोटाले ब्रिफकेश नै बोकेर कहिले गृह त कहिले सशस्त्र प्रहरीको हेडक्वाटरदेखि राजनीतिक नेतृत्वसम्म पुग्न थालेको स्रोतको दाबी छ ।
सापकोटाले बढुवामा देखाएको अनाैठो सक्रियताबारे न्यूज नेपालले प्रश्न गर्नका लागि गृहसचिव दुवाडी र महानिरिक्षक अर्याललाई फोन सम्पर्क गर्दा फोन उठेन् ।
सापकोटासंगै २०५८ साल माघ १० गते स्याङ्जाको भालुपहाडमा एक महिलासहित तीनजनालाई हत्तिया गरेको अभियोगमा सम्मानित रुपमा बाँच्न पाउने अधिकार हनन गरेको आरोपमा राष्ट्रिय मानव अधिकार आयोगदेखि अन्य संवैधानिक आयोगमा समेत पटक-पटक बयान दिइरहेका एक अधिकारीसमेत बढुवाको सूचीमा रहेका छन् ।
अहिले सशस्त्र प्रहरीमा विचाैलियाराजले स्थान पाउँदा १ वर्षपछि हुने महानिरिक्षकको नियुक्तिमा ठूलो प्रभाव पार्नेछ । अहिले डीआइजीबाट जो एआईजीमा पहिलो हुँदै बढुवा हुन्छ त्यहि आइजीपी बन्नेहुनाले पनि विचाैलियाको सक्रियता व्यापक बनेको स्रोतको दाबी छ ।
एआईजीका लागि सशस्त्रको एआईजी बढुवाका लागि प्रतिष्पर्धाका लागि डीआईजीहरू कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, कालिदास धौवजी, कुमार न्यौपाने, लक्ष्मणबहादुर सिंह, प्रदीपकुमार पाल, अञ्जनीकुमार पोखरेल, सुरेश श्रेष्ठ लगायतले आवेदन दिएका छन् ।
सम्पादकीय नोटः सशस्त्रमा विचाैलियाले महानिरिक्षकमा कसलाई अघि सार्दैछन भन्ने अर्को भागमा सार्वजनिक गर्नेछाैं ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












