महामन्त्रीमा फर्किन मुकुल सर्वोच्चमा रिट लिएर जाँदै, रविमाथिको सदासयतामा प्रश्न !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको आन्तरिक विवाद चुलिन थालेको छ ।
रास्वपा महामन्त्री मुकुल ढकालले आफूलाई गरिएको कारबाही गैरकानूनी भएको भन्दै आएका छन् । कारबाहीमा परेपछि उनले पार्टीमा साधारण सदस्यता कायम गरिदिन निवेदन नै दिएका थिए । तर, निर्वाचन आयोगले रास्वपाको विवरण अद्यावधिक नगरिदिएपछि ढकाल हाैसिएका छन् ।
‘ममाथि अन्याय भएको छ । अदालत जाने नजाने विषयमा त खास तयारी भएको भन्ने छैन् । कानून व्यवसायीहरुले तयारी गरिरहेका छन् । अदालत जान परे कानून व्यवसायीहरुले आवश्यक काम गर्छन् । अन्यायकाविरुद्ध न्याय माग्ने त आम नागरिकको अधिकार नै हो नि ।’ ढकालले न्यूज नेपालसंग भने ।
ढकालले पार्टी महामन्त्रीले बोलाएको बाहेकका बैठक अवैध हुने र ती बैठकबाट गरिएका निर्णय समेत अवैध हुने भन्दै आफूमाथिको कारबाही खारेजीको मागसहित अदालत जाने भएका छन् ।
ढकालले आफूमाथि रास्वपाबाट अवैध निर्णयका आधारमा कारबाहीको नाटक गरिएको भन्दै सर्वोच्चमा रिट दायर गर्ने भएका छन् ।
‘रास्वपाको विधानमै बैठक महामन्त्रीले डाक्ने प्रावधान छ । महामन्त्रीलाई कारबाही गरिएको बैठक नै महामन्त्री नबोलाएपछि त्यो स्वतः अवैध भयो । फेरि पार्टी अनुशासनको कारबाही भनेको प्रश्न गर्दा गरिने कारबाही होइन् । महामन्त्री आफैमा सार्वभाैम हुन्छ । पार्टीकाविरुद्धको काममा लाग्न सक्दैन् । तर, रास्वपा रवि लामिछानेको सति जाने कुरामा विमति राख्दा कारबाही भोग्ने कुरा लोकतन्त्र, कानून र रास्वपाको विधानकै विपरितको काम हो । यसकारण सर्वोच्चमा रास्वपाको कारबाही निर्णयविरुद्ध अदालत जाने भएका हाैं ।’ ढकाल निकट एक कानून व्यवसायीले न्यूज नेपालसंग भने ।
निर्वाचन आयोगले रास्वपाको विवरण अद्यावधिक गर्न भन्दै दिएको निवेदनमाथिको कारबाही नहुँदा अनेक प्रश्न उठिरहेका छन् । तर, निर्वाचन आयोगले कारबाहीको कारण, प्रमाण तथा अन्य तथ्यहरु नबुझाएकाले विवरण अध्यावधिक गर्न नसकिएको प्रष्टीकरण दिएको छ । आयोगमा रास्वपाले फेरि विवरण अध्यावधिकको निवेदन दिएको छ । अध्यावधिकका लागि आयोगले आन्तरिक तयारी गरिरहेको बताइएको छ ।
रास्वपाले दुई कार्यबाहक पदलाई पुरा गर्दै महामन्त्रीमा कबिन्द्र बुर्लाकोटी र प्रवक्तामा मनिष झालाई नियुक्त गरेको भनेको छ । तर, पार्टी सभापति रवि लामिछानेमाथि गम्भीर सहकारी ठगी, संगठित अपराध गरेको आरोपमा पूर्पक्षका लागि थुनामा हुँदा समेत अनाैठो सदासयता देखाएको छ । जुन कारण पनि मुकुलविरुद्धको कारबाहीको औचित्य पुष्टी गर्न रास्वपालाई कठिन हुने देखिन्छ ।
पार्टी सभापति तथा संसदीय दलको नेतामा रहिरहेका रविको सांसद पद भने निलम्बनमा परिसकेको छ । सांसद पद निलम्बनमा परेपनि संसदीय दलको नेता बनेपछि यसलाई धेरैले अनाैठो मानेका छन् । अझं, कानून र विधिको शासनमा विश्वास गर्ने दाबी गरिरहेको रास्वपाले अदालतले पूर्पक्षका लागि थुनामा पठाउने निर्णयमाथि दबाब सिर्जना गर्न हस्ताक्षर अभियान नै सञ्चालन गरेको छ । जुन विषय कानूनी मान्यताको खिलाफमा रहेको भन्दै आलोचना समेत भइरहेको छ ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...












