महामन्त्रीमा फर्किन मुकुल सर्वोच्चमा रिट लिएर जाँदै, रविमाथिको सदासयतामा प्रश्न !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको आन्तरिक विवाद चुलिन थालेको छ ।
रास्वपा महामन्त्री मुकुल ढकालले आफूलाई गरिएको कारबाही गैरकानूनी भएको भन्दै आएका छन् । कारबाहीमा परेपछि उनले पार्टीमा साधारण सदस्यता कायम गरिदिन निवेदन नै दिएका थिए । तर, निर्वाचन आयोगले रास्वपाको विवरण अद्यावधिक नगरिदिएपछि ढकाल हाैसिएका छन् ।
‘ममाथि अन्याय भएको छ । अदालत जाने नजाने विषयमा त खास तयारी भएको भन्ने छैन् । कानून व्यवसायीहरुले तयारी गरिरहेका छन् । अदालत जान परे कानून व्यवसायीहरुले आवश्यक काम गर्छन् । अन्यायकाविरुद्ध न्याय माग्ने त आम नागरिकको अधिकार नै हो नि ।’ ढकालले न्यूज नेपालसंग भने ।
ढकालले पार्टी महामन्त्रीले बोलाएको बाहेकका बैठक अवैध हुने र ती बैठकबाट गरिएका निर्णय समेत अवैध हुने भन्दै आफूमाथिको कारबाही खारेजीको मागसहित अदालत जाने भएका छन् ।
ढकालले आफूमाथि रास्वपाबाट अवैध निर्णयका आधारमा कारबाहीको नाटक गरिएको भन्दै सर्वोच्चमा रिट दायर गर्ने भएका छन् ।
‘रास्वपाको विधानमै बैठक महामन्त्रीले डाक्ने प्रावधान छ । महामन्त्रीलाई कारबाही गरिएको बैठक नै महामन्त्री नबोलाएपछि त्यो स्वतः अवैध भयो । फेरि पार्टी अनुशासनको कारबाही भनेको प्रश्न गर्दा गरिने कारबाही होइन् । महामन्त्री आफैमा सार्वभाैम हुन्छ । पार्टीकाविरुद्धको काममा लाग्न सक्दैन् । तर, रास्वपा रवि लामिछानेको सति जाने कुरामा विमति राख्दा कारबाही भोग्ने कुरा लोकतन्त्र, कानून र रास्वपाको विधानकै विपरितको काम हो । यसकारण सर्वोच्चमा रास्वपाको कारबाही निर्णयविरुद्ध अदालत जाने भएका हाैं ।’ ढकाल निकट एक कानून व्यवसायीले न्यूज नेपालसंग भने ।
निर्वाचन आयोगले रास्वपाको विवरण अद्यावधिक गर्न भन्दै दिएको निवेदनमाथिको कारबाही नहुँदा अनेक प्रश्न उठिरहेका छन् । तर, निर्वाचन आयोगले कारबाहीको कारण, प्रमाण तथा अन्य तथ्यहरु नबुझाएकाले विवरण अध्यावधिक गर्न नसकिएको प्रष्टीकरण दिएको छ । आयोगमा रास्वपाले फेरि विवरण अध्यावधिकको निवेदन दिएको छ । अध्यावधिकका लागि आयोगले आन्तरिक तयारी गरिरहेको बताइएको छ ।
रास्वपाले दुई कार्यबाहक पदलाई पुरा गर्दै महामन्त्रीमा कबिन्द्र बुर्लाकोटी र प्रवक्तामा मनिष झालाई नियुक्त गरेको भनेको छ । तर, पार्टी सभापति रवि लामिछानेमाथि गम्भीर सहकारी ठगी, संगठित अपराध गरेको आरोपमा पूर्पक्षका लागि थुनामा हुँदा समेत अनाैठो सदासयता देखाएको छ । जुन कारण पनि मुकुलविरुद्धको कारबाहीको औचित्य पुष्टी गर्न रास्वपालाई कठिन हुने देखिन्छ ।
पार्टी सभापति तथा संसदीय दलको नेतामा रहिरहेका रविको सांसद पद भने निलम्बनमा परिसकेको छ । सांसद पद निलम्बनमा परेपनि संसदीय दलको नेता बनेपछि यसलाई धेरैले अनाैठो मानेका छन् । अझं, कानून र विधिको शासनमा विश्वास गर्ने दाबी गरिरहेको रास्वपाले अदालतले पूर्पक्षका लागि थुनामा पठाउने निर्णयमाथि दबाब सिर्जना गर्न हस्ताक्षर अभियान नै सञ्चालन गरेको छ । जुन विषय कानूनी मान्यताको खिलाफमा रहेको भन्दै आलोचना समेत भइरहेको छ ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
एमाले उपाध्यक्ष ज्ञवालीद्वारा सक्रिय राजनीतिबाट विश्राम लिएकोको घोषणा
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेको छन् । पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपबाट उनले...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












