ताजा समाचार

पतञ्जली जग्गा प्रकरण: विशेष अदालत माधव नेपालको बयान

काठमाडाैं । पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध परेको रिटको बयान शुरु भएको छ ।

विशेष अदालतमा आफै उपस्थित भएर माधव नेपालले बयान दिइरहेका हुन् ।

अदालतको इजलास नम्बर २ मा न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाले नेपालको बयान लिन थालेका छन् । बयान सकिएपछि थुनछेक बहस हुनेछ ।

माधव नेपाल प्रधानमन्त्री हुँदा अवैध ढंगले पतञ्जलीलाई जग्गा विक्रीको अनुमति दिएको आरोप लागिरहेको छ । यहि विषयमा अख्तियारले लामो अनुसन्धानपछि विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । माधवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएसंगै उनकोस सांसद पद समेत निलम्बनमा परिसकेको छ।

गत जेठ २२ गते नेपालसहित ९३ जनाका विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । नेपालका हकमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org