ताजा समाचार

एमालेले नपत्याएपछि एक हुने भए माधव र वामदेव

काठमाडौं । लामो समयसम्म नेकपा एमालेमा फर्कने प्रयास गरेका बामदेव गौतमको प्रयास असफल भएपछि अन्ततः उनि माधव कुमार नेपालको पार्टी नेकपा एसमा जाने भएका छन् ।

आज बसेको माधव नेपाल र वामदेव गौतमबिच बसेको बैठकले एकता गर्ने सहमति गरेसँगै उनि नेकपा एसमा जाने निश्चित भएको हो ।

गौतम नेकपा एमालेका पूर्वउपाध्यक्षसमेत समेत हुन् । उनले हाल नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्षको रुपमा नेतृत्व गरिरहेका छन् ।

पार्टी एकता आउँदो साउन २ गते राष्ट्रिय सभा गृहमा एक समारोहका बीच एकताको घोषणा गर्ने सहमति भएको दुई नेताद्वारा हस्ताक्षरित सहमति पत्रमा उल्लेख छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org