ताजा समाचार

विद्यादेवी भण्डारीकाे व्यक्तिगत वेबसाइट सार्वजनिक

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को सक्रिय राजनीतिमा फर्किएको घोषणा सँगै आफ्नो व्यक्तिगत वेबसाइट सार्वजनिक गर्नुभएको छ ।

वेवसाइटमा उहाँका सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिका रुपमा निर्वाह गरेका भूमिका, अन्तर्राष्ट्रिय मञ्चहरुमा जनाएको सहभागिता, विचार, अभिव्यक्तिहरु र तस्वीरसहितका स्मृतिहरु संग्रहित गर्न वेबसाइट निर्माण गरिएको उनका स्वकीय सचिव राजकुमार राईले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

वेबसाइटमा समावेश सामग्रीहरु थप परिमार्जन र अद्यावधिक गर्दै जाने स्वकीय सचिव राईले जानकारी दिए ।

यस्ताे छ वेवसाइट हेर्नुहाेस्ः विद्यादेवी भण्डारी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org