रौतहटमा करेन्ट लागेर मृत्यु हुनेकाे संख्या २७ पुग्याे
काठमाडाैं । विद्युत् सुरक्षाको बेवास्ताले रौतहटमा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । ज्यान गुमाउनेको संख्या बढेपछि रौतहट प्रहरी प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रहरीका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा मात्रै करेन्ट लागेर २३ जनाको मृत्यु भएको थियो भने चालू आर्थिक वर्ष २०८२/८३ को असार ८ गतेसम्म थप ४ जनाको मृत्यु भइसकेको छ । यसरी २७ जनाको करेन्ट लागेर ज्यान गएको छ ।
पछिल्लो पटक रौतहटको मौलापुर नगरपालिका ७, ननकार पथराका नगर प्रवक्ता तथा आम जनता पार्टीका नेता चन्देश्वर बैठाको करेन्ट लागेर ज्यान गएको थियो । प्रहरीद्वारा जारी सूचनामा खेतबारी, घर, खोला, नाला वा भिजेको जमिनमा विद्युतीय उपकरण वा मोटर चलाउँदा विशेष सतर्कता अपनाउन भनिएको छ।
साथै, बिजुली मर्मत तथा जडान कार्य केवल दक्ष इलेक्ट्रीशियनबाट मात्र गराउन, तारको अस्थायी प्रयोग नगर्न, चोरी विद्युत हुकिङ नगर्न, र बालबालिकालाई यस्ता जोखिमयुक्त स्थान र उपकरणबाट टाढा राख्न अनुरोध गरिएको छ ।
खेतबारीमा मोटर जडान गर्दा वा मर्मत कार्य गर्दा एक्लै नगई दोस्रो व्यक्तिलाई साथमा राख्न र रातको समयमा अँध्यारोमा तार तान्ने वा मोटर चलाउने कार्य नगर्न चेतावनी दिइएको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











