ताजा समाचार

काठमाडौं इन्द्र–अन्नपूर्ण योग लायन्स क्लव र सान इन्टरनेशनल कलेजको छात्रवृत्तिमा सहकार्य

काठमाडौं – लायन्स क्लब अफ काठमाडौं इन्द्र–अन्नपूर्ण योगले सान इन्टरनेशनल कलेजसँग सहकार्यमा “प्रविधि–विधि–नेतृत्व छात्रवृत्ति” शीर्षकमा विशेष छात्रवृत्ति कार्यक्रम सुरू गरेको छ।

यस कार्यक्रमअन्तर्गत ६ लोकप्रिय स्नातक तहका कार्यक्रमहरूमा पूर्ण छात्रवृत्ति उपलब्ध गराइने बताइएको छ ।

बीएससी बायोटेक्नोलोजीमा ५, बीबीएमा ५, बीआटीमा ५, बीएससी सीएसआइटीमा ४, बीसीएमा ४ र बीएएलएलबीका लागि ६ सिटमा छात्रवृत्ति दिइने बताइएको छ ।

यो छात्रवृत्तिले प्रविधिमा नवप्रवर्तन र प्रविधिगत दक्षता विकास, विधि अन्तर्गत न्याय, नैतिकता र सुशासन सुदृढीकरणसहित नेतृत्वतर्फ जिम्मेवार र दूरदर्शी नेतृत्व विकासका निम्ति काम गर्ने सहमति जुटेको सान इन्टरनेशनल कलेजका कार्यक्रम निर्देशक ध्रुब खड्कालेले जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org