सीडीओको खेलोफड्कोमा गृहमन्त्रीको एकलाैटी, सीडीओ अनुभव लिने पद बन्दा सरकारमा तरङ्ग !
काठमाडाैं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको सरुवामा एकलाैटी गर्दै कांग्रेस पृष्ठभूमीका कर्मचारीलाई अनुभव लिने अवसर सिर्जना गरेको आरोप लागेको छ ।
गृहमन्त्री रमेश लेखकले सीडीओ सरुवा र पदस्थापना ९९ प्रतिशत कांग्रेस पृष्ठभूमीका कर्मचारी रोजेपछि सरकारमा तरङ्ग पैदा भएको स्रोतको दाबी छ । मिलिजुली सरकार भएपनि कांग्रेसले एमालेलाई पेलेरै अघि बढेको स्रोतको दाबी छ । गृहमन्त्री र गृहसचिवले मिलिजुली सरकारमा समेत रोचक दाउ मार्दै सीडीओ सरुवामा एकलाैटी गरेपछि एमाले झस्किने स्थिति बनेको छ । उसोतः मन्त्री फेर्ने विषयमा समेत कांग्रेस सभापति शेरबहादुर देउवाले गृहमन्त्री रमेश लेखकबारेको अडानका कारण स्थिति बिग्रिन पुगेको थियो ।
कांग्रेस बनेकै आधारमा यो पटक विवादास्पद छवीका सहसचिव र उपसचिवहरुले यो पटक गज्जबको माैका पाएका छन् । भक्तपुरको सीडीओ बनेर पुगेका नवराज घिमिरे प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयमा पुगेर सीडीओ बन्न पुगेका हुन् । घिमिरे इमान्दार र क्षमतावान भएपनि प्रशासन चलाएको अनुभव भने छैन् । यस्तै, काठमाडाैं पठाइएका छवि रिजाल विवादास्पद पात्र हुन् । भिजिट भिसा र गृहमन्त्री रमेश लेखकलाई विवादास्पद बनाउन भूमिका खेलेका रिजाललाई लेखकले सीडीओको पुरस्कार दिदै आफ्नो चरित्र उदाङ्गो पारेको स्रोतको दाबी छ ।
केहि समय धादिङको सीडीओ चलाएका सुमन घिमिरेले पनि ललितपुर जिल्लाको जिम्मेवारी पाएका छन् । उनीसंग समेत खास अनुभव नरहेको बताइन्छ । एक महिना अघि मात्रै पाल्पाको सीडीओ बनेर पुगेका तोयानारायण सुवेदीलाई पर्साजस्तो महत्वपूर्ण जिल्लाको नेतृत्व गर्ने गरि पठाइएको छ । सुवेदी इमान्दार भएपनि पर्सा जिल्ला हाँक्ने क्षमता नदेखिएको उनलाई नजिकबाट चिन्नेहरुले बताउने गरेका छन् । कांग्रेस नेतालाई प्रभावमा पारेर पर्साको सीडीओ बन्न सफल भएका सुवेदीले कसरी कार्यसम्पादन गर्छन भन्ने विषय समेत चासोमा छ ।
कांग्रेस सहमहामन्त्री समेत रहेका जीवन परियारकी श्रीमति सीता परियार रुकुम पूर्वको प्रमुख जिल्ला अधिकारी भएर गएकै विषयले कांग्रेसले कर्मचारीलाई जिम्मेवारी दिएर अनुभव लिने अवसर जुराएको विषय थप पुष्टी हुने स्रोतले जानकारी दिएको छ ।
गृहमन्त्री रमेश लेखकको पीए बसेका बद्रीप्रसाद तिवारीले पनि म्याग्दीको सीडीओ बन्ने माैका पाएका छन् । तिवारी उनै पात्र हुन, जसले भिजिट भिसा प्रकरणमा ठूलो भूमिका खेलेको आरोप लाग्ने गरेको छ । तिवारी पनि नागरिकता बनाउनबाहेक जिल्ला प्रशासन कार्यालय नपुग्ने कर्मचारी हुन् । अख्तियारको छानविनको राडारमा रहेका उनी गृहप्रशासनमार्फत सुशासनको धज्जी उडाउने पात्रमा कहलिने खतरा समेत देखिन्छ ।
सहकारी ठगी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको पीए बसेका गृहमा मस्ती गरेका नवराज पाैडेललाई मनाङको सीडीओ बनाएर रविविरुद्ध लाग्ने गरि तयार पारिएको स्रोतको दाबी छ । इलाका कार्यालय फर्पिङबाहेक प्रशासनिक अनुभव नभएका पाैडेल रविका कर्तुतको सूचना गृहमन्त्री लेखकलाई उपलब्ध गराएपछि सीडीओ बन्न सफल भएको स्रोतको दाबी छ ।
कांग्रेस-एमालेसहितको सत्ता समिकरणमा कांग्रेसले सीडीओको सरुवा तथा पदस्थापनमा ९९ प्रतिशत हिस्सेदारी लिएपछि यो विषयमा कर्मचारीमा समेत आश्चार्य छाएको बताइन्छ । विभिन्न जिल्लाका खटाइएका केहि सहसचिव र उपसचिव नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय जानुबाहेकको अनुभव नभएकाहरु समेत पुगेका छन् ।
भोजपुरमा राम्रो कार्यसम्पादन गरिरहेका सुरेश पन्थी डेढ महिनामै गृहमन्त्रालय तानिएका छन् । उनको स्थानमा बाबुराम गाैतमलाई पठाइएको छ । गाैतम राजस्व माराको रुपमा कर्मचारीतन्त्रमा चिन्ने गरिन्छ । कर क्षेत्रमा गम्भीर षडयन्त्र गर्न सक्ने गाैतम भोजपुर पुगेका छन भने पन्थीले कार्यसम्पादनमा अब्बल हुँदाहुँदै सरुवाको डण्डा सहनु परेको स्थिति छ ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...
-
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले दिए सामूहिक राजीनामा
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको...












