शिक्षक महासङ्घले फेरि भदौ ९ गतेदेखि आन्दोलन सुरू गर्ने
काठमाडाैं । नेपाल शिक्षक महासङ्घले फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । शिक्षा विधेयकमा आफूहरूका माग सम्बोधन नभएको भन्दै महासङ्घले असन्तुष्टि जनाउँदै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
महासङ्घले आज काठमाण्डौंमा पत्रकार सम्मेलन गरी यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाउने महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
त्यस्तै भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने र कम्तीमा २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने भएको छ । भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिने महासङ्घले जनाएको छ ।
त्यसपछि भदौ २१ गते अर्को चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने महासङ्घले चेतावनी दिएको छ । सरकारसँग यसअघि भएको सहमति अनुसार आफ्ना माग पूरा नभएको अध्यक्ष सुवेदीले दाबी गरे ।
संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षा विधेयक हिजो बहुमतले पारित गरेको थियो ।
Comments
अरु समाचार
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
कांग्रेस नेतृ विनिता खड्काले भनिन्- सत्य अलिक ढिलो होला, तर पराजित हुँदैन
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ विनिता खड्काले राजनीति र जीवनमा कहिलेकाहीँ नसोचेका परीक्षाहरू आउने उल्लेख गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
कांग्रेस उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न, को-को भए विजयी ?
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार...
-
पूर्व प्रधानन्यायाधीशदेखि उच्च पदस्थ व्यक्ति जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोप, अख्तियारमा उजुरी
काठमाडौँ। “स्याउको कार्टुनमा करोडौँ रकम ओसार्ने चोलेन्द्र शमशेर जबरामाथि अनुसन्धान गर्ने हिम्मत देखाउने सरकारले सर्वोच्च अदालतबाटै ५ हजार रोपनी सरकारी...
-
‘विपद्को समयमा सरकार फराकिलो सोचका साथ अघि बढ्नुपर्छ’
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्निर्माण तथा पुनःस्थापनामा जुट्न...
-
बूढीगण्डकी बाढीबाट प्रभावितको सहयोगमा जुट्न पार्टीका सदस्यहरूलाई लामिछानेको निर्देशन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोरखाको चुमनुब्री क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको...
-
विराटनगरमा हुने ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’ को तयारी पूरा
विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा विराटनगरमा सञ्चालन हुन लागेको ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन-२०८३’ को सम्पूर्ण तयारी पूरा भएको छ ।...












