ताजा समाचार

नेपालबाट शिक्षाका लागि १ खर्ब ३८ अर्ब रुपैयाँ बाहिरियो, भ्रमण खर्च पनि बढ्दो

काठमाडौँ । देशमै उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय र शैक्षिक संस्थाहरू प्रशस्तै रहेका भए पनि ठूलो मात्रामा रकम अझै पनि विदेशिन रोकिएको छैन ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१र८२ को तथ्यांकअनुसार, गत वर्ष मात्रै शिक्षाका नाममा एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको छ । यसअघि २०८०र८१ मा भने शैक्षिक प्रयोजनका लागि एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बाहिरिएको थियो ।

त्यस्तै, केन्द्रीय बैंकका अनुसार सेवा खाताअन्तर्गत भ्रमण खर्चमा समेत उल्लेख्य वृद्धि भएको छ । यो खर्च १८।१ प्रतिशतले बढ्दै दुई खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही शीर्षकअन्तर्गतको खर्च एक खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँमा सीमित थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org