जति गर्दा पनि जस पाइएन भनेर गुनासाे पाेख्दै विदेशिए माओवादी बाट निर्वाचित वडाध्यक्ष
काठमाडाैं । माअाेवादीबाट निर्वाचित गोरखाको चुमनुब्री गाउँपालिका–६ वडाध्यक्ष सरोज लामा रोजगारीका लागि विदेशिएका छन् ।
सामाजिक सन्जालमा इमान्दारीपूर्वक काम गरेको तर जस नपाएकाे गुनासाे पाेख्दै लामा विदेशिएका हुन् । उनले यस विषयका बारेमा सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । लामाले भनेका छन्, ‘सकेसम्म सबैको चित्त बुझाउने गरी इमान्दारिताका साथ मेरो क्षमताले भ्याएसम्मको भूमिका र कार्य सम्पादन गरियो तर जति गर्दा पनि कहिले पनि जस नपाउने कामले आफूले गरेको कामबाट मलाई कहिले पनि आत्मसन्तुष्टि भएन । त्यसैले अबदेखि यो राजनीतिबाट सदाको लागि बिदा भएको निर्णयसहितको घोषणा गर्दै जिन्दगीलाई पुन: एकपटक शून्य अर्थात जिरोबाट सुरुवात गर्न यो युवा पनि परदेश लागियो,’ ।
लामा २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । उनले वडा सदस्य ठिन्ले घ्याम्छो लामालाई कार्यवाहकको जिम्मेवारी दिएर रोजगारीका लागि जर्मनी गएको परिवारिक स्रोतले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले पनि वडाध्यक्ष लामा स्वदेश नफर्किने भनेर विदेश गएको जानकारी पाएको बताए । ‘उहाँले लिखित रुपमा राजीनामा दिनुभएको छैन । कार्यवाहक तोकेर जानु भएको रहेछ,’ लामिछाने भने, ‘तर उहाँ नफर्किने रे भन्ने जानकारी आएको छ । यदि त्यसो हो भने, पछि राजीनामा पत्र पनि आउला ।’
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












